राजनीति

    Showing 5,831-5,840 of 10,353 items.
  • रवि लामिछानेलाई फेरि पोखरा लगियो

    बुटवल— बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । बयानका लागि गत मंगलबार कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका सभापति लामिछानेको बयान बिहीबार साँझ अबेर सकिएको थियो ।लामिछानेलाई शुक्रबार बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध यएरको विमानबाट कास्की लगिने तयारी भए पनि एयरपोर्ट नखुलेका कारण यति एअरलाइन्सको विमानबाट साढे एक बजे पोखरा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।विमानस्थल खुल्नेबित्तिकै लामिछानेलाई पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले जा

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 351 पटक पढिएको
  • नेपाली कांग्रेसको दलित बिभागमा सदस्यहरु मनोनित

    काठमाण्डौ  ।   नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १०  जना सदस्य मनोनयन गरिएको छ।कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ ९९ अन्तर्गत पार्टीका केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहेको सो विभागमा आज १० सदस्य मनोयन गरिएको हो।मनोनयन हुनेमा रामकृष्ण लकान्द्री (तेह्रथुम), दीपक सोनी (दैलेख), कलावती पासवान (बारा), विपेन्द्र रामुदामु (चितवन), कुमार टेलर (डोटी), शान्ता सुनार (धादिङ), प्रकाश घतानी (काठमांडू ), सुनिल बुढाथोकी (पाल्पा), कुमारी सार्की (कैलाली) र केदार गान्धारी (गोरखा) रहेको नेपाली कांग्

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 251 पटक पढिएको
  • जनसभा तयारीका लागि एमालेको संयोजन समिति गठन

    काठमाडौं- नेकपा एमालेले आगामी ७ मंसिरमा काठमाडौंमा गर्ने जनसभाको तयारीका लागि संयोजन समिति बनाएको छ ।बागमती प्रदेश इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय समिति बनाइएको छ । समितिको सहसंयोजकमा कैलाश ढुंगेल, सदस्यहरु टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, तिक्षिज थेबे, समिक बडाल र जनन चौधरी छन् ।आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनलाई केन्द्रीत गरेर सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा जनसभा गर्दैछ ।

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • 442 पटक पढिएको
  • सरकारमा नरहनुको छटपटी माओवादी केन्द्रको विरोध : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताएका छन्। सोमबार साँझ विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको टिप्पणी गरे।प्रधानमन्त्री ओलीले हाल अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपिपी)बारे कुनै पनि चर्चा वा सम्झौताको तयारी नभएको स्पष्ट पारे। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसपिपी सम्झौताको तयारीले राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजिएको बताएका थिए, तर प्रधानमन्त्री ओलीले यस विषयमा कुनै कदम नचालिएको बताएका छन्।संविधान संशोधनका लागि आयोग गठ

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 435 पटक पढिएको
  • राप्रपाका अध्यक्ष लिङ्देनद्वारा दुई विभागलाई पूर्णता

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानअनुसार स्थानीय तह परिचालन विभाग र पर्यटन विभागमा नयाँ सदस्य–सचिव र सदस्यहरू मनोनयन गरी विभागहरूलाई पूर्णता दिएका छन् । स्थानीय तह परिचालन विभागमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको नेतृत्वमा केन्द्रीय सदस्य भरत पाठकलाई सदस्य–सचिव नियुक्त गरिएको छ। सदस्यहरूमा ताहिर अली, रामहरि थापा, तीर्थराज चटौत, देवकुमारी पराजुली, र विनोद भारती रहेका छन्।पर्यटन विभागमा सहायक महामन्त्री विजय खड्काको नेतृत्वमा गणेश रिमाललाई सदस्य–सचिव नियुक्त गरिएको छ। सदस्यहरूमा सांसद आशा लामा, अर्जुन खनाल, आराधना पुडासै

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 426 पटक पढिएको
  • नेता कार्यकर्तालाई माओवादीको निर्देशन— उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन एकताबद्ध हुनू

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) ले मङ्सिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ ।सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्देशन दिएको हो । मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसहरूलाई अनुमोदन गरेको पनि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।उनले भने, ‘मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि तलबाट आएका सबै सिफारिसहरूलाई अनुमोदन गरेको छ । निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिनुपर्छ भन्ने अपिल गरेको छ । उपनिर

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 276 पटक पढिएको
  • कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जान्छ

    धनगढि  ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन ।धनगढी विमानस्थलमा  पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गरे । सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा देउवाले भने , “हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ ।”

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • 336 पटक पढिएको
  • कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं- कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।मानव तस्करीमा संलग्न रहेको आरोपमा आइतबार विराटनगरस्थित आफ्नै निवासबाट पक्राउ परेका अधिकारीलाई आइतबार नै काठमाडौं ल्याइएको थियो । सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेकोमा २ दिन हिरासतमा राख्न अनुमति पाएको हो । अधिकारी एउटा कार्यक्रममा भाग लिन जापान गएका बेला ३ जना मन्त्रालयसँग असंलग्न व्यक्ति पनि उनीसँगै गएका थिए । उनीहरुलाई भने नेपाल फर्किँदा त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरिसकेको

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • 623 पटक पढिएको
  • जापान भ्रमण विवादमा रहेका लिलाबल्लभ अधिकारीलाई एमालेले गर्यो कारबाही

    मोरङ   ।   कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा (एकीकृत माले)ले कारबाही गरेको छ ।अधिकारी मोरङको निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आज शनिबार विज्ञप्ति जारी गर्दै अधिकारीलाई पार्टीबाट कारबाही गरिएको जानकारी दिएका छन् ।अधिकारी र पार्टीमाथि मानव तस्करीजस्तो गम्भीर आरोप विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लगाएर घटनालाई ढाकछोप गर्ने वा हल्का बनाउने प्रयास भइरहेको भन्दै एकीकृत मालेले ध्यानाकर्षण भएको जनाएको छ। एकीकृत मालेले मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • 372 पटक पढिएको
  • रवि लामिछानेविरुद्धको म्याद सकियो, आज पुन: अदालतमा उपस्थित गराइने

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको अनुसन्धानका लागि अदालतले दिएको पछिल्लो १० दिनको म्याद आज सकिएको छ। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र सङ्गठित अपराधका मुद्दामा अनुसन्धानका लागि अदालतले कात्तिक २० गतेदेखि गणना हुनेगरी थप १० दिनको म्याद दिएको थियो, जसको म्याद आज समाप्त भएको छ। प्रहरीलाई पाएको म्याद सकिएपछि आज उनलाई पुनः अदालतमा उपस्थित गराइनेछ।लामिछानेको पक्षमा रास्वपाले पोखरामा आज पनि प्रदर्शन गर्ने तयारी गरेको छ। बिहान १० बजे जिरोमा समर्थकहरूलाई बोलाइएको छ, जहाँबाट वाइचोकसम्म जुलुस निकालेर सभा आयोजना गरिने छ।

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • 552 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.