काठमाडौं- नेकपा एमालेले आगामी ७ मंसिरमा काठमाडौंमा गर्ने जनसभाको तयारीका लागि संयोजन समिति बनाएको छ ।
बागमती प्रदेश इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय समिति बनाइएको छ ।
समितिको सहसंयोजकमा कैलाश ढुंगेल, सदस्यहरु टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, तिक्षिज थेबे, समिक बडाल र जनन चौधरी छन् ।
आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनलाई केन्द्रीत गरेर सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा जनसभा गर्दैछ ।