काठमाण्डौ  ।   नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १०  जना सदस्य मनोनयन गरिएको छ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ ९९ अन्तर्गत पार्टीका केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहेको सो विभागमा आज १० सदस्य मनोयन गरिएको हो।

OM Sai Pathibhara Hospital

मनोनयन हुनेमा रामकृष्ण लकान्द्री (तेह्रथुम), दीपक सोनी (दैलेख), कलावती पासवान (बारा), विपेन्द्र रामुदामु (चितवन), कुमार टेलर (डोटी), शान्ता सुनार (धादिङ), प्रकाश घतानी (काठमांडू ), सुनिल बुढाथोकी (पाल्पा), कुमारी सार्की (कैलाली) र केदार गान्धारी (गोरखा) रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन ।