काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानअनुसार स्थानीय तह परिचालन विभाग र पर्यटन विभागमा नयाँ सदस्य–सचिव र सदस्यहरू मनोनयन गरी विभागहरूलाई पूर्णता दिएका छन् ।

स्थानीय तह परिचालन विभागमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको नेतृत्वमा केन्द्रीय सदस्य भरत पाठकलाई सदस्य–सचिव नियुक्त गरिएको छ। सदस्यहरूमा ताहिर अली, रामहरि थापा, तीर्थराज चटौत, देवकुमारी पराजुली, र विनोद भारती रहेका छन्।

OM Sai Pathibhara Hospital

पर्यटन विभागमा सहायक महामन्त्री विजय खड्काको नेतृत्वमा गणेश रिमाललाई सदस्य–सचिव नियुक्त गरिएको छ। सदस्यहरूमा सांसद आशा लामा, अर्जुन खनाल, आराधना पुडासैनी, रामप्रसाद सापकोटा, रिना खड्का, र सुशील पन्तसहित अन्यको मनोनयन भएको छ।