काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको अनुसन्धानका लागि अदालतले दिएको पछिल्लो १० दिनको म्याद आज सकिएको छ। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र सङ्गठित अपराधका मुद्दामा अनुसन्धानका लागि अदालतले कात्तिक २० गतेदेखि गणना हुनेगरी थप १० दिनको म्याद दिएको थियो, जसको म्याद आज समाप्त भएको छ। प्रहरीलाई पाएको म्याद सकिएपछि आज उनलाई पुनः अदालतमा उपस्थित गराइनेछ।

लामिछानेको पक्षमा रास्वपाले पोखरामा आज पनि प्रदर्शन गर्ने तयारी गरेको छ। बिहान १० बजे जिरोमा समर्थकहरूलाई बोलाइएको छ, जहाँबाट वाइचोकसम्म जुलुस निकालेर सभा आयोजना गरिने छ।