काठमाडौं- कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
मानव तस्करीमा संलग्न रहेको आरोपमा आइतबार विराटनगरस्थित आफ्नै निवासबाट पक्राउ परेका अधिकारीलाई आइतबार नै काठमाडौं ल्याइएको थियो ।
सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेकोमा २ दिन हिरासतमा राख्न अनुमति पाएको हो ।
अधिकारी एउटा कार्यक्रममा भाग लिन जापान गएका बेला ३ जना मन्त्रालयसँग असंलग्न व्यक्ति पनि उनीसँगै गएका थिए ।
उनीहरुलाई भने नेपाल फर्किँदा त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रहरीको हिरासतमा रहेका उनीहरुले आफूहरु १० लाखदेखि १३ लाख रुपैयाँ तिरेर मन्त्री अधिकारीसँग जापान गएको बयान दिएका छन् ।