काठमाडौं। नेपाल–भारत संसदीय सम्बन्धलाई थप मजबुत बनाउने प्रयासस्वरूप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट गरेका छन्। भेटमा दुवै देशबीच संसदीय कूटनीति, उच्चस्तरीय भ्रमण र प्रविधिमैत्री संसद् प्रणाली विस्तारमा जोड दिइएको छ।भारतीय राजदूत नवीन श्रीवास्तवले सभामुख डोलप्रसाद अर्याललाई भारत भ्रमणको औपचारिक निम्तो दिएका छन्। भेटका क्रममा सभामुख अर्यालले पनि भारतका लोकसभा सभामुख ओम बिरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।भेटवार्तामा नेपाल–भारतबीच व्यापार, ऊर्जा, कनेक्टिभिटी, नागरिक उड्डयन, रेल तथा बस सेवा विस्तारसँगै संसदीय सहयोगलाई थप प्रभावकारी बनाउ
काठमाडौं। सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्मा विरोध जारी रहँदा राप्रपाले सत्ता पक्ष र विशेषगरी रास्वपालाई निशाना बनाएको छ। राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले सीमा जस्तो संवेदनशील विषयमा मौन बस्नेहरूलाई इतिहासले मूल्याङ्कन गर्ने चेतावनी दिएकी छन्।प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक खुश्बु ओलीले राष्ट्रिय स्वाभिमानभन्दा माथि कुनै दल वा व्यक्ति हुन नसक्ने बताइन्। प्रधानमन्त्रीले संसद्भन्दा दलको महाधिवेशनलाई प्राथमिकता दिएको आरोप लगाउँदै उनले सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने धारणा राखिन्।ओलीले सीमा सम्बन्धी प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई सार्वजनिक रूपमा सच्या
काठमाडौं। प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर जारी संसद् अवरोधबीच अब सभामुखको भूमिकामाथि पनि प्रश्न उठेको छ। नेपाली कम्युनिस्ट पार्टीले विपक्षीलाई आन्दोलनको शैली फेर्न आग्रह गर्ने सभामुखले प्रधानमन्त्रीलाई जवाफ दिन किन निर्देशन नदिएको भन्दै आपत्ति जनाएको छ।प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद प्रमेशकुमार हमालले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रधानमन्त्रीसँग स्पष्टीकरण मागिरहेका विपक्षीलाई आन्दोलनको शैली फेर्न आग्रह गर्नुको सट्टा प्रधानमन्त्रीलाई सदनमा बोलाएर जवाफ दिन रुलिङ गर्नुपर्ने उनको भनाइ छ।नेकपाले प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिबारे त
काठमाडौं / शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले वर्तमान सरकारले गठन भएको एकसय दिनमा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण र डिजिटल सेवा विस्तारमा उल्लेख्य काम गरेको दाबी गरेकी छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारका सय दिनका प्रमुख कार्य तथा उपलब्धि प्रस्तुत गर्दै मन्त्री पोखरेलले जनआकांक्षाअनुसार शासकीय सुधारका कामलाई प्राथमिकतामा राखेर अघि बढाइएको बताए । उनले सरकार गठनसँगै मन्त्रिपरिषद्को पहिलो बैठकबाट शासकीय सुधारका एकसय कार्यसूची स्वीकृत गरिएको र प्रत्येक कार्यसूचीका लागि समयसीमा, जिम्मेवार निकाय तथा कार्यसम्पादन सूचक निर्धारण गरी नियमित अनुगमन भइरहेको जानकारी दिए ।
काठमाडौं। प्रतिनिधिसभा नियमावलीको केही व्यवस्था संविधानविपरीत रहेको दाबी गर्दै कांग्रेस सर्वोच्च अदालत पुगेको छ। नियमावलीका विवादित प्रावधान तत्काल बदर गर्न र कार्यान्वयन रोक्न कांग्रेसले रिट दर्ता गरेको हो।कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधिसभा संसदीय दलका चार पदाधिकारीले प्रतिनिधिसभा नियमावली, २०८३ को प्रस्तावना, नियम १४०(११)(१०) र नियम २५९ संविधानसँग बाझिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।रिटमा ती प्रावधानले संविधानले परिकल्पना गरेको दुई सदनात्मक व्यवस्थाको मर्मविपरीत प्रतिनिधिसभालाई अतिरिक्त अधिकार दिएको तथा राष्ट्रिय सभाको संवैधानिक भूमिकामा हस्तक्षेप गरेको जिकिर गरिएको छ
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले राष्ट्रिय मानवअधिकार आयोग संवैधानिक संस्था मात्र नभई विश्व मानवअधिकार प्रणालीसँग जोडिएको महत्वपूर्ण संरचना भएको बताए । उनले आयोगले संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रणाली तथा अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी संस्थाहरूसँग सहकार्य गर्दै नेपालको मानवअधिकार अवस्थाबारे विश्व समुदायलाई जानकारी गराउने काम गर्दै आएको उल्लेख गरे ।उनले भने, ‘नेपाल राष्ट्रिय मानवअधिकार आयोग संवैधानिक संस्था मात्र हैन यो विश्व मानव
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बानुले गृहमन्त्रालयसँग आफ्ना समस्या राख्न खोज्दा नागरिकले सहज पहुँच नपाएको गुनासो आइरहेको बताएकी हुन् । उनले भनिन्, ‘म सरकारको एउटा गम्भीर कमजोरीतर्फ ध्यानाकर्षण गराउन चाहन्छु । जनता वा मुलुकको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी लिएको गृहमन्त्रालयसँग आफ्नो समस्या पोख्न सम्पर्क गर्दा गृहमन्त्रीज्यूको स्वकीय सचिवले कुनै प्रतिक्रिया नदिने तथा फोन नउठाउने जस्ता गुनासा तारन्तार आइरह
काठमाडौं / राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १६ लाख ७८ हजार घरधुरी लाभान्वित भएका छन् ।बिहीबार बसेको समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् नार्क र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गतका अनुसन्धान केन्द्र तथा कार्यक्रमहरूको स्थलगत अनुगमन र अन्तरक्रिया कार्यक्रमको समीक्षा गरिएको थियो । बैठकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक हिक्मत कुमार श्रेष्ठले कार्यक्रमका लागि हालसम्म ५६ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ बजेट प्राप्त भएको जानकारी दिए ।उनले परियोजना निर्माणका क्रममा अनुमानित लागत १ खर्ब ३० अर्ब रुपैयाँ रहे पनि विभिन्न कारणले अपेक्षित बजेट प्राप्त
काठमाडौं / सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान प्रश्न उठाएको भएकाले संसदमै स्पष्ट जवाफ दिन माग गरेकी छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण आफूहरू बोल्न बाध्य भएको बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिकै विषयमा बोल्न बाध्य भएको छौँ । यो हाम्रो रहर भन्दा पनि बाध्यता हो ।’संसद्को नियमित कार्यसूची प्रभावित नहोस् र जनताका मुद्दा ओझेलमा नपरून् भन्ने जिम्मेवारीबोधका साथ संयमता अपनाएको भए पनि सरकारले त्यसलाई कमजोरीका रूपमा बुझेको जस्तो देखिएको उनले बता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद नितिमा भण्डारीले सर्लाही जिल्लामा शान्ति सुरक्षा र कानुन व्यवस्था कमजोर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीमा पछिल्लो समय आपराधिक घटना बढ्दै गएको दाबी गर्दै नागरिकले असुरक्षित महसुस गर्ने अवस्था आएको बताइन् । उनले लालबन्दी नगरपालिका–७ बाट ९ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटामाथि तीन जनाको समूहले आक्रमण गरी लुटपाटको प्रयास गरेको र चार राउण्ड गोली चलाएको घटना उल्लेख गरिन् । प्रहरी चौकी नजिकै यस्तो घटना हुनु गम्भीर विषय भएको उनको भनाइ थियो ।सांसद भण्डारील
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.