काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन नागरिकले प्राप्त गरेका अधिकारहरू संकुचित गर्न नभई तिनलाई थप विस्तार, सुदृढ र गहिरो बनाउन केन्द्रित हुनुपर्ने बताएका छन् ।‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै थापाले संविधान संशोधनको प्रक्रिया स्वाभाविक र स्वागतयोग्य भएको बताए । उनले संविधान जारी भएको करिब एक दशक पूरा हुन लागेकाले यसको पुनरावलोकन आवश्यक रहेको उल्लेख गरे ।‘नागरिकहरूले प्राप्त गरेका अधिकारहरूलाई संकुचित गर्ने होइन, थप फैलाउने, विस्तार गर्ने र गहिरो बनाउने सन्दर्भमा संविधान संशोधन गरौँ भन्ने कुरा आफैंमा स्वागतयोग्य हो,’ उनले
काठमाडौं / ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचनका सन्दर्भमा आयोजित प्रश्रय राजभण्डारी समावेशी समूहका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार प्रश्रय राजभण्डारीले आफ्नो समूहका मुख्य एजेण्डा सुरक्षा व्यवस्थापन, डिजिटल ठमेल र व्यवसायीबीच प्रभावकारी सञ्चार रहेको बताएका छन् ।कार्यक्रममा बोल्दै उनले परिषद्भित्र व्यवसायी र नेतृत्वबीच बलियो सञ्चार प्रणाली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हाम्रा एजेण्डा र योजनाबारे मैले पटक–पटक भन्दै आएको छु। सर्वप्रथम सुरक्षा व्यवस्थापन, दोस्रो डिजिटल ठमेल र तेस्रो कम्युनिकेशन हो। हामी तपाईंहरू र हाम्रोबीच प्रभावकारी सञ्चारको वाता
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गरेका छन् ।बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले गरेका कामबारे पत्रकारहरूले प्रश्न गर्ने गरेको उल्लेख गर्दै जनताले नै सरकारको मूल्यांकन गरिरहेको बताए । उनले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोएको तथा विस्थापनका तस्बिरहरू सञ्चारमाध्यममै देखिएको भन्दै सरकारको कार्यशैलीप्रति आलोचना गरे । उनले अहिले नेपालमा खुसी हुने ठाउँ कम भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल प्रतियो
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गरेका छन् ।बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले गरेका कामबारे पत्रकारहरूले प्रश्न गर्ने गरेको उल्लेख गर्दै जनताले नै सरकारको मूल्यांकन गरिरहेको बताए । उनले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोएको तथा विस्थापनका तस्बिरहरू सञ्चारमाध्यममै देखिएको भन्दै सरकारको कार्यशैलीप्रति आलोचना गरे । उनले अहिले नेपालमा खुसी हुने ठाउँ कम भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल प्रतियो
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवद्र्धन र भौतिक पूर्वाधार विकासका सन्दर्भमा आज विहीबार नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग विस्तृत छलफल गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटघाटका क्रममा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै यस क्षेत्रका व्यावहारिक अड्चनहरू फुकाउन सरकार सकारात्मक रहेको बताए । उनले विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्न तथा निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी र जिम्मेवार
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रलाई तत्काल बन्द गर्नेभन्दा निश्चित समयसीमा दिएर सुधार गर्दै लैजानुपर्ने बताएकी छन् ।विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री रावलले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न विगतका अध्ययन, सुझाव तथा विशेष छानबिन समितिका प्रतिवेदनले समेत छुट्टै संयन्त्र आवश्यक रहेको औंल्याएको बताइन् । उनले सहकारी बन्द गर्ने विषयमा सरकारको उद्देश्य नरहेको भन्दै तत्काल बन्द गर्दा भविष्यमा अर्को समस्या निम्तिन सक्ने भएकाले निश्चित समय दिएर व्यवस्थापन गर्नुपर्ने धारणा राखिन् ।उनले भनिन्,‘तत्काल बन्द गर्यौँ भने तीन
काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दक्षिण एसियामा ऊर्जा जडान र अन्तरदेशीय विद्युत व्यापार विस्तारले क्षेत्रीय ऊर्जा सुरक्षालाई मजबुत बनाउने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘दक्षिण एसियामा ऊर्जा तथा सम्पर्क सञ्जालसम्बन्धी क्षेत्रीय दिवाभोज कार्यक्रम’ मा बोल्दै मन्त्री श्रेष्ठले स्वच्छ ऊर्जा, प्रसारण पूर्वाधार विस्तार र क्षेत्रीय सहकार्यमार्फत दक्षिण एसियाले दिगो ऊर्जा भविष्य निर्माण गर्न सक्ने बताए । उनले नेपालका लागि युरोपेली संघका राजदूत निकोलस चेनेट, ‘एक्सपर्टिज फ्रान्स’ का प्रतिनिधि, परियोजना निर्देशक, बंगलादेश, भुटान, भारत, श्रीलंकालगायतका प्रत
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार हमालले विधि, सुशासन र पारदर्शितालाई बेवास्ता गर्दै अघि बढिरहेको आरोप लगाएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले आफूलाई तीव्र गतिमा अघि बढिरहेको देखाएर संस्थागत प्रक्रियालाई बेवास्ता गरेको बताए । उनले भने, ‘वर्तमान सरकारले हाइवेमा एक्सप्रेस गाडी चलाएर अगाडि बढिरहेको दाबी गरेको छ । सरकारलाई विधि विधानको लेन मार्किङको अनुभूति चाहिदैन् । सरकारलाई कुनैपनि रोड लाइटको वास्ता गर्नु पदैन् ।’उनले भने, ‘डिजिटलाइजेसनका कुरा उठी रहेको छ । अल्गोरिदमको पनि कुराहरू उठेको छ । म प्रश्न गर्न चाहन्छु कतै त्यो गाडी अटो ड्राइभमा त छैन । सरक
काठमाडौं। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको छ।प्रहरीका अनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली हुन्। बिहीबार दिउँसो राहदानी विभागको गेट नजिक उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।घटनालगत्तै प्रहरी टोलीले उनको उद्धार गरी वीर अस्पताल पुर्याएको थियो। अस्पताल स्रोतका अनुसार शरीरका विभिन्न भाग जलेका छन् र अवस्था गम्भीर छ। प्रहरीले घटनाको कारण खुल्न
काठमाडौं। लामो समयदेखि वन क्षेत्रको स्वीकृतिका कारण रोकिएको ढल्केबर–हेटौंडा ४०० केभी प्रसारण लाइन निर्माणले अब गति लिने भएको छ। मन्त्रिपरिषद्ले वनको जग्गा प्रयोग गर्न स्वीकृति दिएसँगै करिब १२ वर्षदेखिको अवरोध हटेको हो।मन्त्रिपरिषद्को निर्णयसँगै मकवानपुरस्थित राष्ट्रिय वनको २।२ हेक्टर जग्गा प्रयोग गर्न र आवश्यक रुख हटाउन अनुमति दिइएको छ। यससँगै नेपाल विद्युत प्राधिकरणले रोकिएको प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाउने भएको छ।ऊर्जा मन्त्रालयका अनुसार वन स्वीकृतिको अभावमा वर्षौंदेखि रोकिएको आयोजना अब डेढदेखि दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ। निर्माण सकिएपछि देशको विद्युत प्रसारण प्रणाली थप
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.