राजनीति

    Showing 4,831-4,840 of 9,609 items.
  • राजाको आह्वानलाई जनताले अनुमोदन र आत्मसात गरे : कमल थापा

    काठमाडौं— राप्रपा नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा फागुन ६ गते सहयोगका निम्ति गरेको आह्वानलाई जनताले अनुमोदन र आत्मसात गरेका निष्कर्ष निकालेको छ । सोमबार अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । ‘त्यसको ज्वलन्त र जीवन्त उदाहरण फागुन २५ गते काठमाडौँमा देखापरेको वृहत जनप्रदर्शन भएको पार्टीको ठहर छ । उक्त ऐतिहासिक जनप्रदर्शनले अब चाँडै नै हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना हुने सुस्पष्ट सङ्केत गरेको छ’,बैठकपछि महामन्त्री तथा सचिवालय प्रमुख राजाराम बर्तौलाले जारी गरेको विज्ञप्तिमा भनिए

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 518 पटक पढिएको
  • राप्रपाले कामपालाई दुईपटक जरिवाना बुझायो

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाले फोहोरमैला गराएको भन्दै जरिवाना तोकेपछि दुईपटक जरिवाना तिरेको छ। राप्रपाले आइतबारको प्रदर्शनमा फोहोरमैला भएबापत महानगरपालिकालाई एकलाख जरिवाना बुझाएको छ।यसअघि पनि राप्रपाले जरिवाना तिरेको छ। गत वैशाखमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चैत २७ गते प्रदर्शन गर्ने क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेकाले पाँच हजार र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको भन्दै मर्मतका लागि २२२ रुपैयाँ ८१ पैसा जरिवाना तिराएको थियो।राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सुशासन र विधिको शासन मान्ने बताए। उनले आज फेसबुकमा भनेका छन्,‘हामी राप्रपा सुशासन मान्छ

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 358 पटक पढिएको
  • परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गरेकी छन् । मन्त्री डा राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्ने कार्यक्रम छ ।मन्त्री डा राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए। त्यसपछि मन्त्री डा राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुनेछिन् ।भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरुको सहभागिता रहनेछ । स

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 254 पटक पढिएको
  • दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थाले: अध्यक्ष नेपाल

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार र सत्तारुढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेको बताए। साथै उनले वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताए। पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा जारी सचिवालय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘लोकतन्त्रको रक्षा, संघीय गणतन्त्रको रक्षा र प्रतिगामी यथास्थितिवादीहरुले टाउको उठाउन थालेका छन्। यसलाई हामीले गम्भीर रुपमा लिएका छौँ।’

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 307 पटक पढिएको
  • किन पुगे रवि उच्च अदालत बुटवल?

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् ।रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा आफूसँग माग भएको १ करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै रवि सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् ।लामिछानेले दिएको निवेदन दर्ता भइसकेको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।‘सुप्रिम सहकारी ठगीमा माग भएको धरौटी आफूलाई चित्त नबुझेको र साधारण तारेखमा रिहा हुनुपर्ने आशयको माग राखेर उहाँले निवेदन दिनुभएको छ,’ कुँवरले भने, ‘निवेदन दर्ता भइसकेको छ ।’लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश गरेक

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 507 पटक पढिएको
  • राजा फर्कने कुरा असम्भवः सापकोटा

    काठमाडौं  । नेकपा माओवादी केन्द्रले जनताले रगतको पोखरीमा पौडी खेल्दै गणतन्त्र ल्याएकाले राजा फर्कने कुरा असम्भव रहेको जनाएको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपनि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्नी सापकोटाले संसारभरी नै अहिले अराजकता र अन्यौल जस्तो स्थिति रहेको भन्दै धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर सोच बनाउनु सपना मात्र हुने बताए । उनले भने,‘ हामीले गणतन्त्र त रगतको पोखरीमा पौडी खेल्दै ल्याएका हौ नि त । हामीलाई जनताप्रति धेरै विश्वास छ । संसारभरी अहिले अराजकता छ । अन्यौल जस्तो स्थिति छ । यही परिस्थितिमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मारतिमा

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 387 पटक पढिएको
  • सरकार सञ्चालनमा कुनै समस्या छैनः सभापति देउवा

    सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन् ।आज धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे ।अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताउनुभयो । उनले भने, ‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।’कांग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका छन् ।

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 243 पटक पढिएको
  • महानगरले पठाएको जरिवानापत्र राप्रपाले अझै पाएन

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाले काटेको भनिएको जरिवानापत्र प्राप्त नगरेको जनाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले महानगरले पठाएको भनिएको जरिवानापत्र नपाएको बताए ।“महानगरले पठाएको जरिवानापत्र आइपुगेको छैन, सामाजिक सञ्जालमार्फत मात्र थाहा पायौँ । आधिकारिकरूपमा पत्र आएपछि छलफल हुन्छ,” प्रवक्ता श्रेष्ठले भने ।आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गर्नुपर्ने बेहोराको पत्र काटेको थियो ।महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापामगरले महानगरले

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 392 पटक पढिएको
  • जसपा नेपालमा पदाधिकारी र कार्यकारिणी सदस्य थपिँदै

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालमा केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गरिने भएको छ ।केन्द्रीय समितिको बैठकबाट पार्टी विधानको धारा २९ को उपधारा ३ संशोधन गरिएको पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न जसपा नेपालका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।उनका अनुसार, जातीय, सामुदायिक तथा लैंगिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको छ । संशोधित विधानानुसार थप दुई उपाध्यक्ष र एक महासचिव तथा ११ केन्द्रीय कार्यकारिणी सदस्य थप गरिनेछ ।अब केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 221 पटक पढिएको
  • ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभा बैठकमा विपक्षी दल सहभागी नहुने

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभाको बैठकमा अहिलेकै परिस्थिति रहे विपक्षी दलहरू सहभागी नहुने भएका छन् ।प्रधानमन्त्री ओलीले भोली दिउँसो २ बजेदेखि सुरु हुने प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेशसभाका विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राप्रपा र नेकपा (एकीकृत समाजवादी) ले सो बैठकमा अनुपस्थित रहनेबारे छलफल अगाडि बढाएका हुन् ।विपक्षी दलहरूसँग प्रदेश सरकारले कुनै छलफल नगरेको, विपक्षीले उठाएका प्रश्नको उत्तर मुख्यमन्त्रीले नदिएको र विपक्षीप्रति सरकार उदासीन भएको भन्दै उनीहरूले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्नसक्ने जनाएका हुन् । यसअघि आइतबार ब

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 350 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.