झापा / बिर्तामोडमा सी एफ एन कफन पूर्वाञ्चल डिभिजन कार्यलयको उद्घाटन गरिएको छ । राजसंस्था, साम्यवाद र नेपाल एकीकरण जस्ता नाराका साथमा अगि बढेको विद्रोही सङ्गठनले अहिलेका दर्ता गरेका गणतान्त्रिक पार्टी मासेर एक दलीय कफन राज्य सत्ताले राजा घोषण गर्ने छ र राजाले चुनाब आव्हान गरे पछि मात्र संगठन दर्ता गर्ने कफन पूर्वाञ्चल डिभिजनमा प्रमुख बृज किशोर ठाकुरले बताए । बुधबार सम्पन्न कार्यक्रममा सङ्गठनकी मेची अञ्चलकी संयोजक लिला राईले स्वागत गरेकी थिइन । कोसी अञ्चल संयोजक गणेश दाहालले सञ्चालन गरेको कार्यक्रममा १५० मनिसको सहभागिता रहेको थियो ।
काठमाडौं / सत्तारुढ गठबन्धन दलको ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ ।बिहीबार (आज) बिहान नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेबहादुर देउवा र नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि दुई नेताबीच छलफल भएको हो । बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवा आगामी प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्न चाहन्छन् भने प्रचण्ड सहमति कायम गरेरमात्र अगाडि बढाउने अडानमा छन् । प्रधानमन्त्रीले जबरजस्ती एमसीसी
बिर्तामोड / वाइसिएल झापा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले एमसीसी विरुद्ध आज बिर्तामोडमा विरोध प्रदर्शन गरेका छन् । यथास्थितिमा एमसीसी टेबल गर्ने राष्ट्रघाती कदम विरुद्ध वाईसीएल र अनेरास्ववियु (क्रान्तिकारी) ले प्रदर्शन गरेको वाइसिएल झापा इन्चार्ज कुमार आचार्यले बताएका हुन् । प्लेकार्डसहित बिर्तामोडमा भेला भएका विद्यार्थी र बाइसिएलका नेता तथा कार्यकर्ताले नारासहित मुक्तिचोकमा र्याली गरेका थिए । उनीहरूले एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी चाइदैन, देश बेच्न पाइदैन, लगायतका नारासहित बिर्तामोड मुक्तिचोकको
काठमाडौं /प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरुबीच बिहीबार अपराह्न ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने सहमति भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
काठमाडौं / कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले अबको संसद बैठकमा एमसीसी टेबुल गर्ने गरी दलहरुसँग छलफललाई तीव्र बनाउने बताएका छन् । उनले दलहरुबीच सहमति जुटाएर अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गने बताएका हुन् ।संसद बैठकपछि पत्रकारसँग कुरा गर्दै बडुले भने, ‘ दलहरुका लागि केहि समय चाहिन्छ भनेपछि थप सहमति जुटाएर अबको संसद बैठकमा एमसीसी टेबल हुन्छ । ६ गते संसदमा टेबल गर्ने पर्यत्न गर्छौं । दुई दिनको समय पर्याप्त हुन्छ । यो समयको उपयोग गर्छौं । ’उनले भने,‘संसदमा एमसीसी टेबल हुनुपर्छ । सदनमा प्रवेश गराउनुपर्छ । संसद सार्वभौम हो ।यसलाई संस
काठमाडौं / प्रतिनिधिसभाको बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच थारु आयोगको प्रतिवेदन पेश तथा शोक प्रस्ताव पारित गर्दै सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् ।सापकोटाले अर्को बैठक फागुन ६ गते एक बजे बस्ने जानकारी गराए । अर्को बैठकमा एमसीसी टेबल हुने सम्भावना छ ।
काठमाडौँ / एमसीसीको बारे अन्तिम निर्णय लिन भोली(बिहिवार) ३ बजे बस्दै छ । आज मध्याह्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको छलफलले भोलीका लागि बालुवाटारमा बैठक बोलाउने निर्णय गरेको हो ।केही बेर अघिमात्रै देउवा र दाहालबीचको छलफल सकिएको थियो । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार दुई नेताबीचको छलफलले भोलि ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको जानकारी दिएका हुन् ।
काठमाडौं / एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो ।बुधबार संसदीय दलको बैठक सकेर सोझै बालुवाटार पुगेका प्रचण्ड र देउवाबीच भएको ‘वान टु वाट’ वार्तामा सो सहमति भएको हो ।
काठमाडौं / प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । संसद भवन नयाँ बानेश्वरमा बैठक केहीबेर अघि सुरु भएको हो ।सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठक बस्नुअघि संसद बैठकका कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । प्रमुख प्रतिपक्षी दल एमाले भने बैठकमा उपस्थित भएको छैन् ।संसद बैठक आज दिउँसो एक बजे बोलाइएको छ । आजको बैठकमा एमसीसी टेबल गर्ने तयारी छ ।
काठमाडौँ / नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यथास्थितिमा एमसीसी परियोजना अनुमोदन गर्न नसकिने निर्णय गरेको हो ।सरकारले जबरजस्ती अघि बढाए विपक्षमा मतदान गर्ने र सत्तारुढ गठबन्धन तोडिने चेतावनी माओवादी केन्द्रले जनाएको छ ।सरकारले आजको संसद् बैठकमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरिरहेका बेला माओवादी निर्णय आएको हो । राष्ट्रिय सहमति नजुटी एमसिसी अगाडि बढ्न नसक्ने उनले बताएका छन् । सदन सुचारु नगरी कुनै पनि एजेन्डा अगाडि बढ्न नसक्ने माओवादीले बताएको छ ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.