काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्व) गण्डकी प्रदेश कार्यालयले पोखरामा रोपाईँ महोत्सवको आयोजना गरेको छ।
शुक्रबार पोखरास्थित एक खेतमा पार्टी कार्यकर्ताहरूले सामूहिक धान रोप्दै परम्परागत शैलीमा रोपाईँ महोत्सव मनाएका हुन्।
कार्यक्रममार्फत विप्लव नेतृत्वले श्रम, कृषि र आत्मनिर्भरताको सन्देश दिन खोजिएको बताइएको छ।
यसअघि सोही पार्टीले चितवनमा पनि यस्तै खालको रोपाईँ महोत्सव आयोजना गरिसकेको थियो।