काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औं बैठक बसिरहेको छ।

मुलुकको समग्र विकास प्रक्रियामा देखिएका समस्याहरूको पहिचान र समाधानका उपायहरूबारे छलफल गर्न बैठक आह्वान गरिएको हो। समितिको यो बैठक विकास योजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय र रणनीतिमा केन्द्रित रहेको बताइएको छ।