राजनीति

    Showing 4,771-4,780 of 10,339 items.
  • प्रधानमन्त्री ओलीको स्पष्ट भनाइ: “विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व सुम्पिने अवस्था छैन”

    काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्व सुम्पिने विषय हाललाई सम्भव नरहेको स्पष्ट पारेका छन्।पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीको पार्टीमा सक्रिय भूमिकाको चर्चा भइरहेका बेला यस्तो प्रतिक्रिया दिएका हुन्।"अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था छैन," ओलीले भने, "उहाँ राजनीतिमा फर्किनुहुन्छ भनेर पार्टीले न सोचेको छ, न निर्णय गरेको छ। उहाँ पार्टीको जिम्मेवारी छाडेर लामो समय बाहिर बस्नुभयो।"ओलीका अनुसार, पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्कनेबारे कुन

    • प्रकाशित मितिः साउन १, २०८२
    • 412 पटक पढिएको
  • राप्रपाले भोली भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित आयोगमा ज्ञापनपत्र बुझाउने

    काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएका छन् लिङ्देनको नेतृत्वमा  भोली साउन २ गते  दिउँसो १ बजे आयोगमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन,अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित ज्ञापनपत्र बुझाउन लागेका हुन् ।

    • प्रकाशित मितिः साउन १, २०८२
    • 295 पटक पढिएको
  • नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेदवरा पद तथा गोपनियताको सपथ ग्रहण

    काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् ।बुधबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ ग्रहण गराएका हुन् । सपथ कार्यक्रममा उपसभापति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल सहभागी थिए ।विवादित अडियो प्रकरणमा मुछिएपछि सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 279 पटक पढिएको
  • काठमाडौं नगर सभाको १७ औँ अधिवेशनबाट दुई वटा विधेयक स्वीकृत

    काठमाडौं । काठमाडौं महानगरपालिका नगर सभाको १७ औँ अधिवेशनको दोस्रो बैठकले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम दुई वटा विधेयक स्वीकृत गरेको छ । बुधबार भएको उक्त बैठकले काठमाडौं महानगरपालिका राजस्व विधेयक २०८२ र काठमाडौं महानगरपालिका सम्पदामैत्री भवन संरक्षण एंव निर्माण मापदण्ड सहुलियत विधेयक २०८२ स्वीकृत गरेको नगर प्रमुख बालेन शाहले जानकारी दिएका छन् । यसको साथै, उनले आज नगरसभामा प्रस्तुत भएका ९ वटा कार्यसूची मध्य, कार्यसूची नम्बर १, २, ३, ४, ८ र ९ मा भएको प्रस्तावहरु संशोधन सहित पारित भएको र प्रस्ताव नम्बर ५, ६ र ७ पेश मात्र भएको घोषणा गरेका छन् । 

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 234 पटक पढिएको
  • अन्तिममा स्पेन गएकाहरू उतै लुकेको घटनाबारे सरकारले स्वीकार गर्यो

    काठमाडौं— सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी ओली सहभागी स्पेनको कार्यक्रममा गएर नफर्किएकाहरूको विषयमा सरकारले अनुसन्धान गरिरहेको बताएका छन् । सिंहदरबारमा बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गुरुङले संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन स्पेन गएका केही व्यक्ति सरकारी सूचीबाहिरबाट गएको र उनीहरू नफर्किएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका केही व्यक्तिहरू उतै बस्न लागेको भन्ने आरोपलाई असत्य ठहराउँदै उनले भने, 'प्रधानमन्त्रीसँग गएको र मान्छे छोडेर आएको कुरा बत्तिसै आना गलत हो ।'

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 600 पटक पढिएको
  • ‘नेपाल इभीको युगमा प्रवेश गरिसक्यो’ — मन्त्री देवेन्द्र दाहाल

    काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल अब इलेक्ट्रिक सवारीसाधन (इभी) को युगमा प्रवेश गरिसकेको बताएका छन्।मंगलबार आयोजित महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री दाहालले, यद्यपि नेपाल केही पछि सुरु भए पनि हाल यातायात पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको बताए।"पूर्वदेखि पश्चिमसम्मको राजमार्ग तथा उत्तर–दक्षिण करिडोरहरू आकर्षक ढंगले निर्माण भइरहेका छन्," उनले भने, "यो परिवर्तन द्रुत गतिमा अगाडि बढिरहेको छ।"उनले यातायात क्षेत्रसँग सम्बन्धित सेवाहरू क्रमशः प्रदेश सरकारको अधिकारमा जाने जानकारी पनि दिए। उनका अनुसार साउन १ गत

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 284 पटक पढिएको
  • यस कारण भएको थियो च्यासल भेलामा एमाले कार्यकर्ताहरुको कमि

    काठमाडौं–नेकपा (एमाले) ले पार्टीलाई थप सशक्त र व्यवस्थित बनाउने लक्ष्यसहित विधान अधिवेशनको मिति तोकेको छ। तर, पछिल्ला दिनहरूमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियतासँगै च्यासलस्थित पार्टी मुख्यालयमा कार्यकर्ताको उपस्थिति घट्दै गएको देखिएको छ।महासचिव शंकर पोखरेलको प्रमुख सम्बोधन रहने भनिएको विधान अधिवेशनसम्बन्धी तयारी भेलामा उपस्थिति अत्यन्तै कम देखिएको हो। भेलामा परिभाषित कार्यकर्ताहरू नै न्यून संख्यामा उपस्थित भएका छन्।गत साता च्यासलमा जनसंगठनका पदाधिकारीहरूको भेला आयोजना गरिएको थियो। सोको केही दिनमै केन्द्रीय विभागमा कार्यरत सदस्यहरूको छुट्टै भेला राखिएको थियो। दुबै कार्यक्रममा महासचिव प

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 212 पटक पढिएको
  • रास्वपा सासंद कठायतको हट अवतार

    काठमाडौं–संसद देशको कानुन निर्माण गर्ने सर्वोच्च संस्था हो, जहाँ जनता आफ्ना जनप्रतिनिधिमाथि ठूलो विश्वास राख्छन्। त्यसैले सांसदहरूको बोली, व्यवहार र सार्वजनिक आचरण सधैं जनचासोको विषय बन्छ।यद्यपि, सांसदहरूले पदको गरिमा कायम राख्न नसकेको धेरै उदाहरणहरू सार्वजनिक भइरहेका छन्। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायत यस्तै विवादमा तानिएकी छन्।पूर्व टेलिभिजन कार्यक्रम सञ्चालिका कठायत, जो समानुपातिक सांसद बनेकी हुन्, हालै सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोका कारण चर्चामा आएकी हुन्। भिडियोमा उनी एक युवकसँग फिट्नेस सेन्टरमा 'रोम्यान्टिक' शैलीमा देखिन्छिन्। ‘सपनाभरी म ति

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 521 पटक पढिएको
  • सांसद बजगाईंको कटाक्ष : “देश ऋणमा डुबेको छ, विजयको गर्जन गर्न लाज लाग्छ”

    काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मुलुक चरम ऋणभारमा डुबिरहेको भन्दै वर्तमान परिस्थितिमा विजयको उद्घोष गर्न लाज लाग्ने अवस्था आएको टिप्पणी गरेका छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईंले सरकारका मन्त्रीहरू व्यापक भ्रष्टाचार र घुस प्रकरणमा मुछिएका कारण जनप्रतिनिधिहरू नै अनुहार लुकाएर हिँड्नुपर्ने अवस्थामा पुगेको बताए।“अनुहार छोपेर हिँड्न बाध्य छौं,” उनले भने, “धेरै मन्त्रीहरू भ्रष्टाचार र घुसमा तल्लिन छन्। मैले यसबारे पहिले नै चेतावनी दिएको थिएँ।”उनले शान्ति प्रक्रिया सुरु भएको २०६२/६३ यता देशको सार्वजनिक ऋण २.६११ ट्रिलियन रुपैयाँ पुगेको उ

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 483 पटक पढिएको
  • पूर्वमन्त्री बालाराम घर्तीबाट इमान्दारिता र शालिनता सिक्नुपर्छ : अध्यक्ष लिङ्देन

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री बालाराम घर्ती मगरको निधनप्रति श्रद्धाञ्जली सभा गरिएको छ । मंगलबार चावहिल स्थिति राप्रपा पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखी श्रद्धाञ्जली दिएको हो । श्रद्धाञ्जली सभापछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले नेपाली राजनीतिलाई मगरको अभाव सँधै महशुस हुने बताए । नेता मगर आफ्नो निष्ठामा कहिल्यैपनि विचलित नभएको स्मरण गर्दै उनले उनीबाट निरन्तरता, इमान्दारिता र शालिनता सिक्नुपर्ने धारणा राखे । उनले भने,‘नेपाली राजनीतिलाई उहाँको अभाव सँधै महशुस हुने नै छ । उहाँबाट निरन्तरता, इमान्दारिता र शालिनता सिक्न

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 361 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.