काठमाडौं / निर्वाचन आयोगमा थप २९ दल दर्ता भएका छन् । आगामी वैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै त्यसमा सहभागी हुनका लागि फागुन ५ गतेदेखि अहिलेसम्म २९ दल दर्ता भएको आयोगको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइयो ।आयोगका अनुसार ६ वटा नयाँ दल पनि दर्ता भएका छन् । योसँगै आयोगमा दर्ता भएका दलको सङ्ख्या १ सय ९ पुगेको छ ।फागुन ५ गतेदेखि आयोगमा दर्ता भएका दलहरूःजनता प्रगतिशील पार्टीराष्ट्रिय जनमुक्ति पार्टीसामाजिक एकता पार्टीनागरिक उन्मुक्ति पार्टीनेपाल कम्युनिष्ट पार्टी (गौरवशाली)साझा पार्टी नेपालसमावेशी लोकतान्त्रिक पार्टीजनमत पार्टीमंगोल नेशनल अर्गनाइजेशननेपाल मजदूर किसान पार्टीराष
काठमाडौं / प्रतिनिधिसभाको (भोलि)शुक्रबार बस्ने बैठकमा एमसीसीबारे सामान्य छलफल हुने भएको छ ।संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एससीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव उल्लेख रहेको छ ।प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने सम्भावित कार्यसूची छ । यद्यपि बिहीबार तोकिएको बैठकमा भने अर्थमन्त्री शर्मा सहभागी नहुने जनाएका थिए । एमसीसी प्रस्ताव टेबल गर्ने समयमा पनि मन्त्री शर्मा संसद बैठकमा उपस्थित रहेका थिएनन्।यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन’ पेश गर्ने प्रस्
काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली संसद भवनमै छलफलमा जुटेका छन् । प्रतिनिधिसभाको बैठक स्थगित भएपछि देउवा र ओली छलफलमा जुटेका हुन् ।स्रोतका अनुसार बानेश्वरस्थित संसद् भवनमा अहिले प्रधानमन्त्री देउवा र ओलीबीच छलफल चलिरहेको छ। संसदमा एमसीसीको विषयमा छलफल भइरहेको सन्दर्भमा दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् भने काँग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् ।नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मसीसीसँगक
बिर्तामोड / वाई सी एल झापा र अनेरास्ववियु (क्रान्तिकारी) झापाले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत संग्रह गरेको छ । बिहान ७ बजे देखी बेलुकी ४ सम्म झापाका ४ वटा निर्वाचन क्षेत्रमा एकै पटक सडक जनमत संग्रह गरिएको हो ।एमसीसीको विषयमा आम धारणा बुझेर सो धारणा सत्तामा बस्ने नेतालाई सुनाउनका लागि भन्दै वाई सी एल झापा र अनेरास्ववियु (क्रान्तिकारी)ले बिर्तामोड बजारको मुक्तीचोकमा यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको हो ।सडकमै मत पेटिका राखेर गरिएको उक्त जनमत संग्रहको नतिजा भोलि मात्र आउने अनेरास्ववियु (क्रान्तिकारी) झापाका अध्यक्ष रञ्जन
काठमाडौं/ प्रतिनिधिसभाको आज बस्न भनिएको बैठक स्थगित भएको छ । आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो तर, बैठक आकस्मिक स्थगित गरिएको हो ।सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् । बैठक भोलि १ बजे पुनः बस्नेछ ।
बिर्तामोड / एमसीसी खारेजी गर्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरेको छ । राप्रपा क्षेत्र नं २ को आयोजनामा भएको कार्यक्रम बिर्तामोडको पार्टी कार्यलयबाट सुरु भएको थियो । प्रदर्शनमा मुक्तिचोक क्षेत्र परिक्रमा गरेर कोण सभामा परिणत भएको हो । प्रर्दशनकारीले अमेरिकी सहायता परियोजना एमसीसी राष्ट्रघाती भएको भन्दै त्यसको खारेजी गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए । कार्यक्रममा बिर्तामोड नगर कमिटी अध्यक्ष रञ्जु प्याकुरेल , पार्टीका युवा नेता केशव कार्की , युबक संगठनका पुर्व केन्द्रिय उपाध्यक्ष धु्र्ब शिवाकोट
काठमाडौं / संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा बैठक जारी रहेको छ ।अहिले १ बजे संसद बैठक बस्दैछ । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) माथि छलफल गर्ने कार्यसूची छ । बैठकमा एमाले भने सहभागी छैन ।
काठमाडौं / संसदमा आज एमसीसीबारे छलफल हुने भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चालगायतका भ्रातृसंगठनले आन्दोलन गर्ने भएका छन् ।राष्ट्रिय सहमतिमा मात्र एमसीसी पास गर्नुपर्ने भन्दै आएको माओवादी र समाजवादीका भातृ संगठनले आज पनि प्रदर्शन गर्ने भएका हुन् । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ ।संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ । सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन् । फागुन ८ गते आइतबार एमसीसी स
काठमाडौं / नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ । कांग्रेसले आज एक सूचना जारी गरी ती जिल्लाको अधिवेशन स्थगित गरेको हो ।अब ती अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जनाएको छ ।फागुन १५ गते ती जिल्लामा अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका थियो ।
काठमाडौँ / बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु हुनुअघि सत्तारुढ दुई दलका शीर्ष नेता छलफलमा जुटेका छन् । एमसीसीको विपक्षमा उभिने निर्णय गरेका सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको हो ।नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र समाजवादीकै सम्मानित नेता झलनाथ खनाल सहभागी छन् । तीन नेताबीच एमसीसी निर्णयार्थ प्रस्तुत गर्दा कस्तो भूमिकामा रहने भन्ने रणनीतिका बारेमा छलफल भएक
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.