राजनीति

    Showing 4,671-4,680 of 7,570 items.
  • काँग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

    काठमाडौँ / नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए । आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम बिसीले जानकारी दिए । 

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 179 पटक पढिएको
  • ‘जबराको आचरणमा प्रश्न उठेपछि महाभियोग प्रस्ताव ल्याउनुपरेको हो’

    झापा / सांसद मीन बहादुर विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाभियोग प्रस्ताव पास हुनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाभियोग प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद विश्वकर्माले सडकबाट जबराको विषयमा प्रश्न उठेपछि महाभियोग प्रस्ताव ल्याउनुपरेको बताएका हुन् ।उनले भने, ‘सडकबाट चोलेन्द्रशमशेर जबराको आचरणमा प्रश्न उठेपछि महाभियोग प्रस्ताव ल्याउनुपरेको हो । महाभियोग प्रस्ताव संसद्मा दर्ता भएपनि छलफलमा विलम्ब भयो भन्ने हामीलाई पनि लागेको छ । ९ महिनापछि संसद् सुचारु हुन सकेन । बजेट ल्याउनुपर्‍यो । त्यही भएर पनि ढिलो भयो । महाभियोग प्रस्ताव पास

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 74 पटक पढिएको
  • संघ र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आजदेखि दल दर्ता

    झापा / निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ । सरकारले मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन तयारी तथा व्यवस्थापन अन्तर्गत दल दर्ता आह्वान गरेको हो। निर्वाचन सहभागी हुने राजनैतिक दलले आजदेखि ३१ गतेभित्र आयोगमा दल दर्ता गर्न सक्नेछन् ।दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 100 पटक पढिएको
  • नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव

    झापा / पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । भट्टराईले आफू पहिलो नम्बरमा र महेन्द्र राय यादवलाई दोस्रो अध्यक्ष बनाउँदै पार्टी गठन गरेका हुन् । उनको पार्टीको सहअध्यक्ष उनी प्रधानमन्त्री हुँदाका प्रमुख स्वकीय सचिव गंगानारायण श्रेष्ठलाई बनाएका छन् । श्रेष्ठ माओवादी जनयुद्धमा लामो समय होमिएका सिन्धुलीका नेता हुन् ।नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति भने १ सय ८९ सदस्यीय छ । पार्टीमा तीन उपाध्यक्ष बनाइएको छ । जसमा पहिलो नम्बरमा भट्टराई पत्नी हिसिला यमि समेत छिन् । उपाध्यक्षमा जाजरकोट घर भएका नेता भक्त बहादुर शाह र दुर्गा सोव र महासचिव रमेशप्रसाद यादवलाई

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 93 पटक पढिएको
  • प्रचण्डको प्रमुख सुरक्षा अधिकृतमा डीएसपी न्यौपाने

    झापा / माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का सुरक्षा अधिकृतको रुपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेलाई खटाइएको छ।यसअघि प्रचण्डका सुरक्षा अधिकृतको रुपमा खटिएका डीएसपी नरेन्द्रराज सुवेदी प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि न्यौपानेलाई खटाइएको हो।डीएसपी न्यौपाने यसअघि जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत थिए। प्रहरीमा व्यावसायिक अधिकृतको छवि बनाएका डीएसपी न्यौपाने जिल्ला प्रहरी कार्यालय कालिकोटको प्रमुख थिए ।

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 135 पटक पढिएको
  • आज प्रचण्ड जापान जाँदै

    झापा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान प्रस्थान गर्दैछन् । पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेको छ ।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धनले प्रचण्डको जापान भ्रमणको सफलताको कामना गरेको हो ।जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी आज राति १०:३० बजे जापान जान लागेका हुन् । यसअघि उनी भारत भ्रमणमा गएका थिए ।

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 112 पटक पढिएको
  • गठबन्धनमा सिटको भागबन्डा मिलाउन कार्यदल गठन, कार्यदलमा को-को छन् ?

    काठमाडौँ / सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ ।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।उनका अनुसार कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुई/दुई जना सदस्य छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् । त्यस्तै कार्यदल सदस्यमा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसप

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 131 पटक पढिएको
  • धर्मेन्द्र बाँस्तोला र मोहन वैद्यबीच पार्टी एकता गर्ने सहमति

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) पार्टीबीच एकता गर्ने सहमति भएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ सहितको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।शुक्रबार बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति समेत गठन गरेको छ । दुई पार्टीबाट ६/६ जना गरी १२ सदस्यीय संयोजन रहने गरी समिति गठन गरिएको छ । समितिमा किरण, सिपी गजुरेल, हरिभक्त कँडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रीस र धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली, दीपक चला

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 94 पटक पढिएको
  • संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको घोषणा

    झापा / सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।  बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकै चरणमा गर्ने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । यसअघि निर्वाचन आयोगले मङ्सिर २ गतेका लागि सिफारिस गरे पनि सरकारले मङ्सिर ४  गते निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो । निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 125 पटक पढिएको
  • आज मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचनको मितिबारे छलफल हुने

    काठमाडौँ / आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्ने सम्भावना रहेको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले आगामी ४ मङ्सिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री देउवालाई सुझाएका थिए । त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्न सक्नेछन् ।निर्वाचन आयोगले पनि आगामी ४ मङ्सिरमा एकै चरणमा प्

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 113 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा