काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त भएका छन् । सोमबार अर्थमन्त्री डा. वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।मन्त्रालयमा आयोजित एक कार्यक्रममा एफसीए अर्याललाई अर्थमन्त्री डा.वाग्लेले नियुक्तिपत्र प्रदान गरे । नवनियुक्त सल्लाहकार अर्याललाई निर्देशन दिँदै उनले सरकारको १६ खर्ब राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताको इमानदारीपूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताए ।उनले नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीको विश्वासलाई आफ्नो दक
काठमाडौं— महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी माननीय मन्त्री सिता बादीको पहल तथा मन्त्रालयको समन्वयमा भक्तपुरस्थित खरीपाटी होल्डिङ सेन्टर र बोडे होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई अत्यावश्यक सामग्री वितरण गरिएको छ ।संरक्षणमा रहेका व्यक्तिहरूको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा लत्ताकपडा, चप्पललगायतका आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो ।मन्त्री सिता बादीले संरक्षण आवश्यक पर्ने नागरिकहरूको आधारभूत आवश्यकता सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र मानवीय बनाउँदै
काठमाडौं— प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘न्याय परिषद्को वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’ पेस गर्ने, ‘न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२ पेस गने र ‘लोक सेवा आयोगको धैयसट्टीसौ वार्षिक प्रतिवेदन (२०८१ श्रावण २०८२ आषाढ)’ पेस गर्ने कार्यसूची रहेको छ ।अर्थ मन्त्री डा.मा.स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘अर्थसम्बन्धी केही नेप
काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाएको र त्यससम्बन्धी सूचना चुहाएको आशंकामा प्रधानमन्त्री शाहले उद्योगमन्त्री गौरी कुमारी यादवलाई तत्कालै थुनेर सोधपुछ गर्न नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई निर्देशन दिएका छन् ।अनियमितता गरेको आशंका लागे स्पष्टीकरण लिने वा पदबाट बर्खास्त गर्ने अभ्यास विपरीत प्रधानमन्त्री शाहले आफ्नै मन्त्रीलाई पक्राउ गर्न सिधै आइजीपीलाई निर्देशन दिएको घटना आश्चर्यजनक छ।पेट्रोलियम पदार्थको मूल्य घटाउने सम्बन्धी सूचना चुहाएको आशंकामा त्यसदिन नेपाल प्रहरीका साथै राष्ट्रिय अनुसन्धान विभागलाई पनि मन्त्री यादवको
काठमाडौं— आज चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । मंगलबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो ।मंगलबार बिहान ८ः३० बजे बस्ने अर्थ समिति बैठक बस्ने भएको छ ।आजको बैठकमा नेपाल वीमा प्राधिकारणसँग देहायका विषयहरूमा जानकारी लिने कार्यसूची छ । आ।व। २०८३/८४ मा नेपाल वीमा प्राधिकारणबाट भएगरेका मुख्य—मुख्य कामकारबाही सम्बन्धमा, बिमा क्षेत्रको नियमनमा रहेका नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीहरूका सम्बन्धमा, बीमित हित संरक्षण एवं बिमा व्यवसायको जोखिम न्यूनीकरणका सम्बन्धमा भएका प्रयासहरू, नेपाल
मस्को— रुसी प्रहरीले युद्धविरोधी क्रेमलिन आलोचक तथा विपक्षी नेता बोरिस नादेज्दिनलाई पक्राउ गरेको छ। आगामी सेप्टेम्बरमा हुन लागेको संसदीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेका ६३ वर्षीय नादेज्दिनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो।सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिनविरुद्ध उम्मेदवारी दिन खोज्दा व्यापक चर्चा बटुलेका नादेज्दिनलाई यस पटक पनि निर्वाचन प्रक्रियाबाट रोक्ने प्रयास गरिएको छ। पक्राउ पर्नुअघि टेलिग्राममा जानकारी दिँदै उनले आफूविरुद्ध ‘उग्रवादी प्रतीक प्रदर्शन’ गरेको आरोप लगाइएको कागजात सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको उक्त भिडियोमा दिवङ्गत विपक्षी नेता एल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सञ्चारगृहको प्रवेशद्वारअगाडि गाडी पार्किङ गरेर अवरोध सिर्जना गरिएको घटनाको कडा विरोध गरेका छन्।सामाजिक सञ्जालमार्फत उनले उक्त घटनालाई निन्दनीय, अराजक र सस्तो स्टन्ट को संज्ञा दिँदै स्वतन्त्र प्रेसलाई तर्साउने प्रयास सफल नहुने बताएका छन्।पौडेलले राज्यले आफ्ना कमजोरी लुकाउन अराजक गतिविधिको संरक्षण गर्न नहुने उल्लेख गर्दै राज्यशक्तिको दुरुपयोग भएको भए सम्बन्धित निकायले तत्काल जवाफ दिनुपर्ने माग गरेका छन्।
काठमाडौं। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले सुकुम्वासी र अव्यवस्थित बस्तीको भूमि व्यवस्थापनमा भएका कामको विस्तृत विवरण ७ दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ।समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग लिखित प्रतिवेदन माग गरेको हो। साथै, यसअघि सरकारलाई दिइएका निर्देशनहरूको कार्यान्वयन अवस्था पनि सात दिनभित्र जानकारी गराउन भनिएको छ।यस्तै, बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थासम्बन्धी प्रतिवेदनमा सुझाव दिन सांसदहरूलाई तीन दिनको समय दिइएको समितिले जनाएको छ।
काठमाडौं। सुकुम्बासी र निमुखाहरुलाई विचल्लीमा पारेको बालेन नेतृत्वको सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न सहुलियतपूर्ण ऋण दिने नयाँ व्यवस्था ल्याउने तयारी गरेको छ।तयार गरिएको निर्देशिकाको मस्यौदाअनुसार मुख्यसचिव, सचिव र १२औँ तहका कर्मचारीले ६० लाख रुपैयाँसम्म, सहसचिवले ५० लाख र उपसचिवले ४० लाख रुपैयाँसम्म शतप्रतिशत ब्याज अनुदानमा ऋण पाउने प्रस्ताव छ। तल्लो तहका कर्मचारीलाई भने दुई पाङ्ग्रे सवारी किन्न २ देखि ४ लाख रुपैयाँसम्म ब्याजमुक्त ऋण दिने व्यवस्था गरिएको छ। सवारी कर्मचारीकै नाममा दर्ता हुनेछ भने इन्धन, मर्मत, बीमा र अन्य सञ्चालन खर्च कर्मचारी स्वयंले व्यहोर्नुपर्ने प्रस्ता
काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको न्यायिक हिरासत पाँचौँ पटक थपिएको छ। विशेष अदालतले सोमबार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।सम्पत्ति शुद्धीकरण विभागले मनी लाउन्डरिङसम्बन्धी अनुसन्धान अघि बढाइरहेको छ। पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए र त्यसयता अदालतबाट पटक–पटक म्याद थप गर्दै अनुसन्धान जारी छ।अनुसन्धान अझै निष्कर्षमा नपुगेपछि अदालतले फेरि हिरासतको अवधि बढाएको हो।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.