राजनीति

    Showing 451-460 of 7,478 items.
  • भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र पेश गरेको हो।अनुसन्धानका क्रममा भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलिएको आरोप पुष्टि भएको थियो। भट्टराईलाई गत जेठ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। उनी त्यसबेला विमानस्थल अध्यागमन कार्यालयका प्रमुख थिए।विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, घुस र रिसवतको मामिलामा ६ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।आयोगले भट्टराईविरु

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 395 पटक पढिएको
  • प्रकाण्ड भन्छन जेनजी विद्रोहलाई साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको छन्

    काठमाडौं—  नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जेनजी विद्रोहलाई साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित वैचारिक राजनीति प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जेनजी विद्रोहपछि खतरनाक ढंगले साम्राज्यवादीहरुले त्यसलाई दुरुपयोग गर्ने कुचेष्टाका साथ राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप गरिरहेको बताएका हुन् ।त्यस्तै उनले आन्दोलन जेनजीले गरेकोभएतापनि शासन अमेरिकी साम्राज्यवादका तत्वहरुले गरिरहेको आरोप लगाए ।उनले भने,‘जेनजी विद्रोहपछि खतरनाक ढंगले साम्राज्यवादीहरुले त्यसलाई दुरुपयोग गर्ने कुचेष्टाकासाथ राष्ट्रियतामाथि गम्भीर हस

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 375 पटक पढिएको
  • सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

    काठमाडौं— सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् ।सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा पुस्ताका मतदाता बढी थपिएका जानकारी दिए।“निर्वाचन सामग्री व्यवस्थापन र मतदाता नामावली अद्यावधिक कार्य हुँदैछ”, प्रमुख भट्टले भने, “मतदाता दाबी विरोध, त्रुटी सच्याउनेलगायत कार्यका लागि शुक्रबारसम्मको समयावधि दिइएको छ ।”गत असोज १० देखि मङ्सिर ५ गतेसम्म अद्यावधिक लागि खोलिएको समयमा सबैभन्दा बढी कैलालीमा १८ हजार २१३ र सबैभन्दा कम बाजुरामा एक हजार ५१७ नयाँ मतदाता थपिएका उनले जानकारी दिए। औँठाछाप र फोटोसहित

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 386 पटक पढिएको
  • डडेल्धुराबाट प्रतिनिधिसभा चुनाव लड्न देउवाको नाम एकल सिफारिस

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट एकल रूपमा सिफारिस गरिएको छ।डडेल्धुरा कांग्रेसको बिहीबार बसेको बैठकले पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो। जिल्ला सभापति भीमबहादुर साउँदले प्रदेश समितिलाई देउवाको नाम सिफारिस गरिएको जानकारी दिएका छन्।देउवाले यसअघि पनि पार्टी नेताहरूसँग अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने योजना पुष्टि गरिसकेका थिए। उनी डडेल्धुराबाट आठौँपटक संघीय निर्वाचन लड्ने तयारीमा छन्। यसअघि उनी २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा डडेल्धुराबाटै विजयी भएका थिए।सम

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 375 पटक पढिएको
  • काठमाडौं महानगरद्वारा रानीवारीका कवाडी केन्द्रमा डोजर सञ्चालन

    काठमाडौं— काठमाडौं महानगरपालिकाले रानीवारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा बिहीबार डोजर चलाएको छ।महानगर प्रहरी बलले टाउनप्लानिङ क्षेत्रभित्र अवस्थित दुई वटा कवाडी संकलन केन्द्र हटाएको हो। बस्तीको बीचमा यी केन्द्र रहँदा जोखिम हुने भन्दै महानगरले यस्तो कदम चालिएको जनाएको छ।महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै कवाडी संकलन केन्द्र हटाउने अभियान अघि बढाइरहेको छ। कवाडी व्यवसायीहरूले यस अभियानको विरोध गर्दै आएका छन्। यसअघि पनि महानगरले विभिन्न स्थानमा रहेको कवाडी संकलन केन्द्रमा डोजर चलाउने काम गरिसकेको छ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 396 पटक पढिएको
  • वर्तमान व्यवस्था र संविधानमा चुनावले समस्या टार्न सक्दैन: अध्यक्ष लिङदेन

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन् ।विहीबार काठमाडौंमा भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा उनले निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकास दिनुपर्ने बताए । यही अवस्थामा निर्वाचन भइहाल्यो भने पनि राप्रपा निर्वाचनबाट नभाग्ने बताए ।उनले भने, ‘यही संविधान र यही अवस्थामा निर्वाचन गर्नु समस्याको समाधान होइन । निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकाश दिएर अगाडि जानुपर्छ । जेनजीहरुका मागला

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 380 पटक पढिएको
  • विद्या भण्डारीद्वारा क्षतिग्रस्त संसद भवनको अवलोकन

    काठमाडौं— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संसद भवनको अवलोकन गरेकी छन् । विहीबार दिउँसो उनले नयाँ वानेश्वरस्थित संसद भवनको अवलोकन गरेकी हुन् ।उनले संसद भवनभित्र र बाहिर, जलेका सवारी साधनहरु भएको स्थान सबै अवलोकन गरेकी छन् । अवलोकनमा भण्डारीसँगै निवर्तमान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसहित विभिन्न पदका कर्मचारीहरु सहभागि थिए ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 383 पटक पढिएको
  • आज समानुपातिकतर्फ आवेदन दिएका दलले नाम फिर्ता लिन सक्ने

    काठमाडौं— निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ ।आयोगले एक सूचना प्रकाशन गरी आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन सक्ने जनाएको छ । आयोगमा १०० राजनीतिक दलले यस प्रणालीका लागि आवेदन दिएका छन् ।प्राप्त भएको आवेदनमाथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 360 पटक पढिएको
  • एमाले निकट आदिवासी जनजाति महासंघमा विवाद चर्कियो

    काठमाडौं— नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघभित्र अध्यक्ष पासाङ शेर्पालाई लिएर डेढ वर्षदेखि जारी विवाद अझ तीव्र बनेको छ । महासचिव पेमा गुरुङका अनुसार फौजदारी मुद्दामा अदालतबाट तीनै तहमा दोषी ठहर भइसकेका शेर्पालाई संगठनको शीर्ष जिम्मेवारीमा राखिराख्न केही नेताहरू सक्रिय भएपछि संगठनभित्र नैतिकता, अनुशासन र प्रक्रियाको गम्भीर प्रश्न उठेको छ ।उनले सार्वजनिक पद धारण गर्न अयोग्य ठहर भएको व्यक्तिलाई जोगाउन खोजिँदा सोझा कार्यकर्तालाई गुटगत भिडन्तको सिकार बनाउन खोजिएको आरोप लगाए । गुरुङले पासाङ शेर्पा सम्बन्धी मुद्दा लगायत महासंघको प्रतिनिधि चयन प्रक्रियामा समेत व्यापक अनियमितता र मनपर

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 360 पटक पढिएको
  • एमाले महाधिवेशन उत्सव र एक जिम्मेवारी वहन गर्ने महत्वपूर्ण अवसर होः सुनिता वराल

    काठमाडौं—  नेकपा एमालेकी केन्द्रीय सदस्य तथा आसन्न महाधिवेशनका लागि अतिथि सत्कार उपसमितिको जिम्मेवारी सम्हालिरहेकी सुनिता बरालले महाधिवेशनलाई केवल पार्टीको कार्यक्रम नभई उत्सव, जिम्मेवारी र संगठन सुदृढीकरणको महत्वपूर्ण क्षणका रूपमा व्याख्या गरेकी छन्। क्षेत्र–क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूको सहभागिता रहने महाधिवेशन पार्टी जीवनकै ठूलो उत्सवजस्तै भएको बरालको भनाइ छ ।बरालका अनुसार महाधिवेशनले नेतृत्व परिवर्तन मात्र होइन, संगठनलाई समन्वय, सहकार्य र सामूहिक नेतृत्वतर्फ लैजाने बाटो खोल्छ । उनी भन्छिन्,,‘व्यक्ति–केन्द्रित बहस पार्टीको सिद्धान्तसँग मेल खाँदैन । सामूहिक नेतृत्वबाट मात्र थप बलिय

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 379 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा