झापा— नेपाली कांग्रेस झापाको मातहत रहेको सहकारी विभाग जिल्लास्तरीय सहकारीकर्मीहरूको भेलाबाट विस्तार गरिएको छ।विभागका संयोजक दुर्गाप्रसाद सापकोटाको अध्यक्षता तथा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले विभागको कार्यसमिति र सल्लाहकार चयन गर्दै संगठन विस्तार गरेको हो।भेलाबाट विभागको सहसंयोजकमा लवकुमार चौधरी चयन भएका छन् भने सचिवमा राजेन्द्रप्रसाद रिजाल र सहसचिवमा रोशन विष्ट चयन भएका छन्।यसैगरी, सदस्यहरूमा गोपालप्रसाद चुडाल, भक्तबहादुर तामाङ, मित्र खनाल, गंगाप्रसाद प्रसाई, भगिरथ राई, खगेन्द्रराज बजगाई, पद्मा भटराई, कर्मा शेर्पा, उर्मिला गौतम, पोषक दर्जी, पम्फा वि
काठमाडौं— नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विभिन्न प्रदेशबाट उम्मेदवार टुंगो लगाएको छ ।पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय संसदीय समितिद्वारा सिफारिस गरिएका उम्मेदवारहरूको मनोनयन अनुमोदन गरेको हो ।राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८ अनुसार गरिएको मनोनयन नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३२(९) बमोजिम भएको पार्टीले जनाएको छ ।पार्टीका अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धमेन्द्र पासवा
काठमाडौं— आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनले नेपाली राजनीतिमा नयाँ मोड ल्याएको छ। प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच चुनावी सहकार्य तय भएपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको छ।बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग मिलेर राष्ट्रिय सभा निर्वाचन लड्ने औपचारिक निर्णय गरेको हो। नयाँ त्रिपक्षीय गठबन्धनअनुसार कूल १८ सिटमध्ये कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिट पाउने सहमति भएको कांग्रेस नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए।विभिन्न राजनीतिक मुद्दामा वामपन्थी दलहरूसँग मत नमिल्दा कांग्रेस र एमाल
काठमाडौं— नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रदेशगत रूपमा उम्मेदवार तय गरेको हो।निर्णयअनुसार कोशीबाट सुनिलबहादुर थापा, मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही तथा सुदूरपश्चिमबाट खम्मबहादुर खाती उम्मेदवार रहेका छन्।एक नेताका अनुसार एमाले र जसपा नेपालसँग भएको सहमतिअनुसार कांग्रेसका सबै ९ उम्मेदवारले आजै उम्मेदवारी दर्ता गराउनेछन्।
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पार्टीको कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन्। शर्माले मंगलबार र बुधबार बसेको बैठकमा सहभागिता जनाएनन्।महामन्त्री शर्माले उम्मेदवारी छनोटमा स्पष्ट मापदण्ड नबनाई पुरानै ६०–४० को भागबण्डाका आधारमा निर्णय गर्न खोजिएको भन्दै त्यसको साक्षी बस्न नसक्ने बताएका छन्। उनले आफ्नो असन्तुष्टि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराएका थिए।बैठकमा सहभागी एक पदाधिकारीका अनुसार शर्माको अनुपस्थितिकै बीच कांग्रेसले पार्टीभित्रको भागबण्डाका आधारमा राष्ट्रियसभा सदस्यका उ
काठमाडौं— गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १०–बुँदे निर्देशनात्मक सर्कुलर जारी गरिएको छ।मङ्गलवार गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कानुनले निषेध गरेका त्यसका गैर–कानुनी क्रियाकलापमा लाग्ने जो कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ।यस्तै, बुँदा नम्बर २ मा धार्मिक, सामाजिक, एव
ललितपुर— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकहरुसंग अन्तरक्रिया गरेका छन् ।ज्यापू समाज यलका पदाधिकारीहरुको निमन्त्रणामा मंगलबार दिउँसो बागडोल पुगेर मन्त्री खरेलले जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकसंग अन्तरक्रिया गरेका हुन् ।जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका क्रममा मन्त्री खरेलले जेष्ठ नागरिकको सेवामा ज्यापू समाजले गरेको यो काम प्रसंशनीय भएको बताए ।‘गाँस, बास र कपासको व्यवस्थापन सरकारले गर्नुपर्ने भएपनि कमजोर व्यवस्थाका कारण सरकारले गर्न सकिरहेको छैन, ज्यापू समाजले गर
ललितपुर— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।लुभुको लामाटारस्थित लिङ्देन निवासमा मन्त्री खरेल र अध्यक्ष लिङ्देनबीच भेटवार्ता भएको हो ।आज भएको भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सन्चारमन्त्री खरेलले जानकाकी दिए ।उनलका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्द छ । निर्वाचनको वातावरणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुसँग निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।
काठमाडौं— नेकपा (एमाले)ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।एमालेले अन्य राजनीतिक दलसँगको गठबन्धनमार्फत सात सिट पाएको भए पनि मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको जनाएको छ।एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल भएको छ। सोही तालमेलअनुसार एमालेले सात सिटमा दाबी गरेको छ ।एमालेले प्रदेशगत रूपमा कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णा
जनकपुर— जनकपुरधाममा नेपाली कांग्रेसका नेता गगन थापाको पुतला दहन गरिएको छ ।नेपाली कांग्रेसका नेता विमलेन्द्र नीधि पक्षधरका नेता तथा कार्यकर्ताहरुले मंगलबार साँझ जनकपुरधाममा गगन थापा विरुद्ध नारावाजी गर्नुका साथै पुतला दहनसमेत गरेका छन् ।उनीहरुले गगन थापा मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा जनकपुरधामको पिडारी चोक ठप्प बनेको थियो । दुबै तर्फबाट आवत जावत गर्ने सवारी साधनहरु बन्द भएको थियो ।नेता नीधिमाथि सञ्चालित रुपमा केही व्यक्तिहरुले आज दुव्र्यवहार गरेकोले त्यस्ता व्यक्तिहरुको विरुद्धमा आज जनकपुरधामका नीधि पक्षधर कांग्रेसका नेता कार्यक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.