काठमाडौं— भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन्।प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको गम्भीर आरोप लगाउँदै उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग गरेका थिए। उनले संसदमा प्रतिपक्षको आवाज दबाउने काम भइरहेको आरोप पनि लगाएका छन्।रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा माग गर्दै बैठक बहिष्कार गरेका हुन्। उनीहरूले भिजिट भिसा दुरुपयोग प्रकरणको निष्पक्ष र गहिरो छानबिनको माग
पर्सा— लुम्बिनी प्रदेशकी समानुपातिक सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । रायमाझी जनमत पार्टीकी प्रदेशसभा सदस्य हुन् ।पर्सा जिल्ला अदालतले जेठ १६ गते रायमाझीलाई फरार प्रतिवादीका रूपमा देखाउँदै पक्राउ पुर्जी जारी गरेको हो । अदालतको आदेशका आधारमा असार ३ गते पर्सा प्रहरीले बर्दिया प्रहरीलाई रायमाझीको घरठेगाना खानतलासी गरी पक्राउ गर्न पत्राचार गरेको छ ।पर्साको पोखरियाकी आशा कुमारी चौहानले सांसद रायमाझीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गराएकी थिइन् । रायमाझीले चौहानसँग साढे पाँच लाख रुपैयाँ सापटी लिएर चेक दिएकी थिइन् । तर, ती चेक बैंकमा
काठमाडौं— प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिऊँ भनेपछि लफडा भएको छ ।सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए ।सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरीत रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । त्यसपछि सिंहले सभामुख एमालेको मात्रै भन्दै बजेट नजाने बोल्न पनि नपाउने किन भन्दै आक्रोश व्यक्त गरेका थिए ।उनले एमाले देशप्रति गद्दार तपाईँहरू हो भन्दै आक्रोश व्यक्त गरेका थिए । त्य
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । बैठकमा सार्वजनिक सेवालाई सरल, पहुँचयोग्य र झञ्झटरहित बनाउनेलगायत विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए ।गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठन भएको आयोगको पहिलो बैठक यही असार ४ गते भएको थियो । आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संघ
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा मनीष झा नियुक्त भएका छन्। शनिबार बसेको केन्द्रीय समिति बैठकले उनलाई विभाग प्रमुखको जिम्मेवारी दिएको हो। उनी रास्वपा प्रवक्ता समेत हुन्। त्यस्तै प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सहमहामन्त्री विपिनकुमार आचार्यलाई दिइएको छ। अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखको जिम्मेवारी रविकिरण अधिकारीलाई दिइएको छ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेका छन् । शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरूले विरोध जारी राखेका हुन् ।भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको गठनको माग गर्दै रास्वपा र राप्रपाले लामो समयदेखि बैठकमा विरोध जनाउँदै आएका छन् । रास्वपा सांसदहरूले बेल घेराउ गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच संक्रमणकालीन न्यायका विषयमा छलफल भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरूबीच छलफल भएको हो । उनीहरूबीच संक्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एक अर्ब रुपैयाँ संक्रमणकालीन न्यायसम्बन्धी कोषमा राख्ने गरी बजेट आएको र पीडितहरूको उपचार सरकारी अस्पतालबाट गर
काठमाडौं— नेकपा माओवादी केन्द्रले सरकारले सदनलाई हेपेको आरोप लगाएको छ ।प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बजेटमाथि मन्त्रालयगत छलफल हुँदा समेत सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाए ।उनले सदन जारी आन्दोलनप्रति पनि जबाफदेही नभएको बताए ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले शुक्रवारको वैठक वहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुरा नसुनेको तथा आफूलाई बोल्न पनि नदिएको जनाउँदै उनीहरुले बैठक नै वहिष्कार गरेका हुन् ।‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौँ, तर उहाँले त्यो कुरा सुन्न चाहनु भएन। बैठकमा हाम्रो कुरा नसुनेर निस्किनु भयो, रास्वापले भनेको छ– ‘ तसर्थ हामीले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं ।’रास्वपाले जनाए अनुसार शुक्रवार संघीय सदनको प्रतिनिधि स
काठमाडौं, ७ असार । प्रतिनिधिसभाको बैठक सुरू भएको छ।आजको बैठकमा मुख्यतयाः प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यसुची रहेको छ ।बिगत चैत १३ देखी भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा सो सबन्धमा छानबिन समिति बनाउनु पर्ने माग राखेर राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर संसदको बेल घेराउ गर्दै नारावाजी गर्दै आएको छ । जो आज पनि निरन्तरता पाउने बुझिएको छ।सो अघि सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए ।रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.