काठमाडौं— गृहमन्त्री ओम प्रकाश अर्यालले काठमाडौं तार्केश्वर नगरपालिका अन्तर्गत काठमाडौं क्षेत्र नं. ६ को मतदान स्थलको अनुगमन गरेका छन् ।बुधबार गरिएको अनुगमनका क्रममा मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका हुन् ।अनुगमनमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललगायत सुरक्षा निकायका अधिकारीहरू सहभागी थिए ।त्यसक्रममा गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सतर्क रहन निर्देशन समेत दिए ।
काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रभावित पार्नेगरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा युट्युबर रतन कार्की पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनलाई बुधबार दिउँसो चितवनबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरिक्षक अबि नारायण काफ्लेले जानकारी दिए ।सोमबार राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा कार्कीले राजनीतिज्ञसँगको अन्तर्वार्ता युट्युब तथा अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले उनले मौन अवधि तोडेको प्रहरीको प्रारम्भिक बुझाइ छ । कार्कीमाथि थप अनुसन्धान भइरहेको र यसबारे
जनकपुरधाम— पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सम्बद्ध चौधरीलाई पर्सागढी नगरपालिका बढनिहारबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।प्रहरीका अनुसार बा १० च १२५० नम्बरको गाडीमा सवार रहेका चौधरीको गाडीमा शंकास्पद वस्तु फेला परेपछि जाँच गर्दा ‘होक्सी बम’ भेटिएको थियो । पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले फेला परेको बम नेपाली सेनाको टोलीमार्फत डिस्पोज गरिसकिएको बताए ।चौधरीसँगै बारा प्रसौनी गाउँपालिकाका २६ वर्षीय सहाव आल
काठमाडौं— वीरगञ्जमा धार्मिक सद्भाव भड्काउन खोज्ने ३ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ । गएराति करिब २ बजे श्रीजंग गण वीरगन्जको नेतृत्वमा वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा सञ्चालन गरिएको विशेष सर्च अपरेसनका क्रममा तीनजनालाई नियन्त्रणमा लिइएको हो ।वीरगन्ज १६ निवासी कृष्ण यादव, सोही ठाउँका रोहित पटेल र अवजित यादव पक्राउ परेका हुन् । उनीहरूको साथबाट सुँगुरको टाउको, नौ थान सुतली बम, सेतो रंगको तार पाँचवटा बरामद गरिएको छ ।अनुसन्धानमा उनीहरूले धार्मिक हिंसा फैलाउन सुँगुरको टाउको मस्जिदमा फाल्ने योजना बनाएको खुलेको छ । सुँगुरलाई इस्लाममा हराम मानिन्छ । त्यसमाथि अहिले रमजानको पवित्र महिना चलिर
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्पर्क कर्मचारीहरू तोकेको जनाएको छ ।मंगलबार सूचना जारी गरी फागुन २१ गते हुने निर्वाचमा घट्न सक्ने सम्वाभित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका निम्न कर्मचारी सम्पर्कमा रहेको मन्त्रालयले जनाकारी दिएको हो ।मन्त्रालयले केन्द्रका लागि ६ जना कर्मचारी र सातै वटा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका लागि जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ ।
सर्लाही— सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका २, निवासी ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन् ।उनलाई गए राती सोही ठाउँमा मतदातालाई रकम वितरण गर्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट २५ हजार नगद रकम बरामद भएको जनाएको छ ।पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा डिएस
काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साकाबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई प्रक्राउ गरेको हो ।चौधरी सवार गाडीबाट शंकास्पद वस्तु समेत फेला परेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको र घटनाबारे थप जानकारी पत्रकार सम्मेलनमार्फत दिइने प्रहरीको भनाइ छ ।
काठमाडौं— फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाएका छन् ।सभापति थापाले आफू लगायत नेपाली कांग्रेस का उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण हो ।थापाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक सामग्री देखिएमा तुरुन्तै सम्बन्धित प्लेटफर्ममा “Report” गर्न अपिल ग
सर्लाही— आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका ३४ जना कैदी बन्दीले मतदान गर्न पाउने भएका छन् । कारागार कार्यालय मलंगवामा कैद भुक्तान गरिरहेका र मतदाता नामावलीमा नाम समावेश भएका उनीहरूलाई समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन् ।निर्वाचन आयोगले गरेको व्यवस्था अनुसार नेपाली सेना, सुरक्षाकर्मी, कर्मचारी तथा कैदी बन्दीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउने प्रावधान छ । सोही प्रावधानअनुसार सर्लाहीमा चार स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ ।कारागार कार्यालय मलंगवा, जिल्ला समन्वय समिति मलंगवास्थित तीनबिघे चौर, सशस्त्र प्रहरी बल नेपालको कविलासी अगर्बा गण अगाडिको गोलघर त
विराटनगर— आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले कोशी प्रदेशभर उच्च सतर्कता अपनाएको छ । श्री पूर्वी पृतना हेडक्वाटर अन्तर्गत प्रदेशका सम्पूर्ण १४ जिल्लामा १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको जनाइएको छ ।यसैक्रममा विराटनगर महानगरपालिका–७ डाँफे चोकमा मंगलबार बिहान कालो प्लास्टिकको पोकाभित्र शङ्कास्पद वस्तु रहेको सूचना प्राप्त भएको थियो । सूचनापछि नेपाली सेनाको विराटनगर विमानस्थलमा तैनाथ बम डिस्पोजल टोलीसहितको फौज तत्काल परिचालन गरिएको थियो ।संयुक्त रूपमा क्षेत्रलाई सुरक्षित बनाउँदै शङ्कास्पद वस्तुलाई निष्क्रिय गरिएको पूर्वी पृतना हेडक्वार्टरकी जनसम्पर्क तथा सूचना अधिकृत
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.