राजनीति

    Showing 2,211-2,220 of 7,517 items.
  • पर्साका एसपी मिश्रको ६ महिना कार्यकाल, ३२ करोड बढीको अबैध समान बरामद

    बिरगंज १० असार। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको रूपमा एसपी गौतम मिश्रले कमाण्ड सम्हालेको मात्र ६ महिनाको अवधिमा ३२ करोड भन्दा बढीको अबैध सामान बरामद गर्नुका साथै चौतर्फी उपलब्धी देखिएको छ।एसपी मिश्रले गत माघ १० गते पर्सा जिल्ला प्रहरीको कमाण्ड सम्हाले देखिनै जिल्लामा प्रहरीको सक्रिया बढेको छ ।एसपी मिश्रको कुशल नेतृत्व र जिल्लाका सम्पूर्ण प्रहरीको सक्रियताले मात्र ६ महिनाको अवधिमा ३२करोड भन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ ।अबैध सामान बरामद ६ महिनाको अवधिमा जिल्लाको बिभिन्न नाकाबाट तस्करले अबैध रुपमा भित्र्याएको कुल ३२ करोड ८ लाख ५६ हजार ३४२रुपैयाँ बराबरको अबैध सामान बरामद

    • प्रकाशित मितिः असार १०, २०८२
    • 333 पटक पढिएको
  • गौर नगरसभावाट ६१ करोडको बजेट पारित

    रौतहट १० असार। गौर नगरपालिकाको १६ औं नगर अधिवेशन  सम्पन्न भएको छ ।नगर कार्यालय परिसरमा आयोजित १६ औं नगरअधिवेशनमा मेयर शम्भु साह  अगामी आर्थिक बर्ष २०८२ र २०८३ को लागि कुल ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाको नीति तथा कार्यक्रम  प्रस्तुत गरेका थिए।नीति तथा कार्यक्रममा  युवा, शिक्षा तथा खेलकुद, आधारभुत स्वास्थ्य, कृषि तथा पशुपंक्षी, उद्यमशिलता विकास, रोजगार र पर्यटन, पर्यावरण, वातावरण तथा विपद व्यवस्थापन, पूर्वाधार शहरी विकास तथा भवन निर्माण, खानेपानी तथा सरसफाई, महिला बालबालिका तथा जेष्ठ नागरिक, सहकारी संघ संस्था, कानुन तथा न्याय, सार्वजनिक सेवा, सुशासन र क्षमता विकास, राजस्व

    • प्रकाशित मितिः असार १०, २०८२
    • 322 पटक पढिएको
  • श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म अभियान रोकिदैँनः अध्यक्ष प्रचण्ड

    ललितपुर, १० असार । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताएका छन् ।ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पारेका हुन् । पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारमा रहँदा औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समा

    • प्रकाशित मितिः असार १०, २०८२
    • 177 पटक पढिएको
  • सांसद घिमिरेको प्रश्न : संसद बहिष्कार गरेर कति दिन चल्छ ?

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले प्रतिपक्षी दलहरुले संसद बहिष्कार गरेर कति दिन चलाउने भन्दै प्रश्न गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमाथि विश्वासै नगर्ने हो भने कसरी यो संसदीय अभ्यासमा सामेल हुन सकिन्छ ? भनेर प्रश्न गर्दै समितिले दिने प्रतिवेदन पर्खिन प्रतिपक्षी दलहरू रास्वपा र राप्रपालाई आग्रह समेत गरे । उनले भने, ‘अख्तियारले छानविन गरेर जनतासामु तथ्य प्रमाणसहित ल्याउला । म पूर्ण रुपले विश्वस्त छु । उहाँ बेदाग चरित्र हो । उहाँले यस काममा भित्रैबाट सदाशयताका साथ काम गर्ने विश्वास गर्न सकिने पर्याप्त आधारहरू र ठाउँ पनि&n

    • प्रकाशित मितिः असार १०, २०८२
    • 191 पटक पढिएको
  • सदनमा उठेको सबैको भावनालाई समेटेर समिति गठन भएको छ : मन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गरिएको सदनलाई जानकारी दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको भन्दै समितिले भिजिट भिसाको समस्या पहिचानगरी  दीर्घकालीन रूपमा निराकरण गर्नेगरी बताए । उनले भने, ‘मैले नै प्रस्ताव गरेर निर्णय गरेको छ । सरकारले छानविन समिति गठन गरेको छ । सरकारले समस्या छ, सबैलाई थाहा छ । व्यक्तिगत विषयको कुरा होइन । यो समस्यालाई सबै मिलेर समस्याको पहिचानगरी दीर्घकालीन रूपमा निराकरण गर्नेगरीसमिति गठन गरिएको छ । त्यसका लागि उठेका सबै विषयलाई समेटेर कार्

    • प्रकाशित मितिः असार १०, २०८२
    • 240 पटक पढिएको
  • रास्वपाले गर्‍यो संसद् बैठक बहिष्कार

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबारको संसद् बैठक पनि बहिष्कार गरेको छ । भिजिट भिसा प्रकरण छानबिनका लागि गठन गरिएको समिति अस्वीकार गर्दै रास्वपाले सदन बहिष्कार गरेको हो ।

    • प्रकाशित मितिः असार १०, २०८२
    • 208 पटक पढिएको
  • विपद व्यवस्थापनमा पत्रकारको भूमिका अग्र स्थानमा छ : मन्त्री लेखक

    काठमाडौं  :  गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापनमा पत्रकारको भूमिका सबैभन्दा अग्र स्थानमा रहने बताएका छन् । मंगलबार संचार मन्त्रालयको सहयोगमा विपद पत्रकारिता संजालले काठमाडौमा आयोजना गरेको ‘विपद व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विपदको व्यवस्थापनमा सबैभन्दा ठूलो कुरा सूचना रहेको र सूचनासँग पत्रकार जोडिने भएको कारण विपद व्यवस्थापनमा पत्रकारको भूमिका अग्र स्थानमा रहने बताएका हुन् । उनले भने,‘विपदको व्यवस्थापनमा सबैभन्दा ठूलो कुरा सूचना हो । सूचनासँग पत्रकारहरु जोडिनुभएको छ । त्यसकारण विपद जोखिम न्यूनिकरण गरेर यसको व्यस्थापन गर्न

    • प्रकाशित मितिः असार १०, २०८२
    • 140 पटक पढिएको
  • त्रिविमा १२ दिनदेखि तालाबन्दी, फास्ट ट्र्याक नियुक्तिको विरोधमा प्राध्यापक आन्दोलनमा

    काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, रेक्टर, रजिष्ट्रार तथा सेवा आयोग कार्यालयमा १२ दिनदेखि तालाबन्दी जारी छ। त्रिविका आंशिक प्राध्यापकहरूको केन्द्रीय संघर्ष समितिले ‘फास्ट ट्र्याक’ प्रक्रियाबाट १३० जना प्राध्यापक नियुक्ति गर्न ल्याइएको विज्ञापनको विरोधमा गत जेठ ३० गतेदेखि तालाबन्दी गर्दै आएका हुन्।सेवा आयोगले १०० जना उप–प्राध्यापक र ३० जना सह–प्राध्यापक/प्राध्यापक पदका लागि अनुसन्धानमा आधारित अन्तर्वार्तामार्फत नियुक्तिको प्रक्रिया अघि बढाएको थियो। तर, संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बुका अनुसार यो प्रक्रिया त्रिविको ऐन, नियम र कानुनको उल्लङ्घन हो, र नियुक्तिको नाममा आफ्ना

    • प्रकाशित मितिः असार १०, २०८२
    • 363 पटक पढिएको
  • मुख्यमन्त्री सिंहको छड्के : अवैध असुली भइरहेको ठाउँबाट तीन जना पक्राउ

    जनकपुर -  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरुमाथि तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमनमा निस्किएका हुन् । ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडकखण्डका विभिन्न स्थानमा राखिएको अस्थायी ढाट ९टोल नाका० मा अवैध असुली भइरहेको पाइएपछि सोही स्थानबाट तीन जनालाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्

    • प्रकाशित मितिः असार १०, २०८२
    • 238 पटक पढिएको
  • सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

    काठमाडौं  - सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षी दलका शीर्ष नेताहरु बैठक बसि रहेका छन् ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा। सीके राउतलगायत सहभागी छन् ।

    • प्रकाशित मितिः असार १०, २०८२
    • 221 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा