पोखरा / गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तमा भएका छन् ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् ।मुख्यमन्त्री पोखरेलले खड्कालाई हटाएको जानकारीसहित प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक गरेको सूचनामा भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हाल्ने उल्लेख छ ।गण्डकी प्रदेश सभा क्षेत्र नम्बर २ को (ख) मा टिकटको आकांक्षी रहेका खड्काले टिक
झापा / प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला सह- इन्चार्ज रामपृत रामले एमाले परित्याग गरेको घोषणा गरेका छन् । पार्टीले केन्द्रीय कमिटीको निर्णयविपरीत घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राजावादीहरूसँग गठबन्धन गरेको भन्दै मंगलबार सिरहाको गोलबजारमा पत्रकार सम्मेलन गरी पार्टी सदस्यतासमेत नरहने गरी एमाले परित्याग गरेको घोषणा गरेका हुन् । केही नेताहरूको व्यक्तिगत स्वार्थ पूर्ति गर्न पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णयविरुद्ध पार्टी नाकाबन्दी गर्ने र दक्षिणपन्थी दलसँगको गठबन्धन जनता र देशविरोधी रहेको
काठमाडौं / ललितपुर क्षेत्र नम्बर –१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार रहेका डा. सचिन घिमिरे अनशन बसेका छन् बिभिन्न ७ बुँदे माग राख्दै डा. सचिन आज (मंगलबार) देखि गोदावरी नगरपालिकास्थित टाखेलमा अनसन सुरू गरेका हुन् ।डा. सचिनले पहिलो बुँदामा नेकपा एमालेबाट उम्मेदवार नवराज सिलवालले यसअघिको कार्यकालमा के कति खर्च गरेको हो विवरण सार्वजनिक गर्न माग गरेका छन्।गाउँमा बाँदरले दुःख दिएको भन्दै यसको व्यवस्थापन गर्न उनले स्थानीय सरकारसँग माग गरेका छन् । त्यस्तै उनले २ जना विद्यार्थीको पढाइको खर्च व्यहोरिदिन समेत माग गरेका छन् । यसैगरी गोदावरी नगरपालिकाले महिला स
झापा / आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मंसिर २, ४ र ५ गते बिदा दिने निर्णय गरेको हो ।मंसिर २ गते मतदानस्थल भएका विद्यालय तथा ४ र ५ गते सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी दिए । निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन यही मंसिर ४ गते हुँदैछ । अहिले देशभर राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू जनताको घरदैलोमा पुग
मोरङ / मोरङको -३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा सुनिल शर्माले नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वमन्त्री भानुभक्त ढकाल जीवित रहेसम्म यस क्षेत्रमा मेडिकल कलेज नआउने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा .शर्माले आफूले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा मेडिकल कलेज सञ्चालनका लागि लाइसेन्स लिने प्रकृया अगाडि बढाएकोमा तत्कालीन अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका ढकालले असहयोग गरी लाइसेन्स रोकेको बताए । दुई तिहाइ बहुमत सहितको एमाले नेतृ
चितवन / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नक्कली ‘आउट डेटेड’ औषधि भएको आरोप लगाएका छन् । नेकपा एमालेको चितवनको चुनावी सभामा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई एउटा काम गरेको देखाउन चुनौती दिए । उनले भने, ‘देउवाजी पाँच पटक प्रधानमन्त्री हुनुभयो, एउटा काम गरेको देखाइदिनुस् ? मञ्चमा भाषण गर्दा एमाले अध्यक्षले के काम गर्नुभयो भनेर सोध्नुभएको थियो, मैले यो गरेँ भनेर भनिदिनुस् । मञ्चमा भन्न गाह्रो भए टेलिभिजनमा भन्दिए पनि हुन्छ । ’अध्यक्ष ओलीले अहिलेको गठबन्धन चारतिर फर्केका र उनीहरूको फरकफरक
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर –३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने भएको छ । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले डा. कार्कीको उम्मेदवारी कायम रहने आदेश दिएको हो ।डा. तोसिमाले आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् । मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो ।त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिल
इन्दु पूर्वेली/मनोज बस्नेत / चारदशक अघिदेखि प्रजातान्त्रिक आन्दोलनमा होमिएका सक्रिय राजनीतिज्ञ देउकुमार थेवे आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि झापा क्षेत्र नं–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार छन् । नेपाली कांग्रेस झापाका सभापति रहेका थेवे नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एस लगायतका दलहरू सम्मिलित गठबन्धनका साझा उम्मेद्वार हुन् । ताप्लेजुङको तत्कालीन आम्बेगुदिन गा.वि.स मा बसोबास रहेकै बेला २०३६ सालमा नेविसङ्घबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका हुन्–देउमान । सपरिवार बसाइ सरेर २०३८ सालमा झापाको कुमरखोदमा आएपछि २०४२ सालबाट झापा कांग्रेसमा आबद्ध भई प्रजातान्त्रिक आन्दोलनमा
काठमाडौं / पार्टीविरोधी गतिविधिमा गर्ने ५ जनालाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ । आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले महासमिति सदस्य मंगलबहादुर शाही, महाधिवेशन प्रतिनिधिद्वय धर्मेन्द्रप्रसाद यादव र रविन्द्रप्रसाद यादव तथा क्रियाशील सदस्य विरेन्द्रप्रसाद यादवलाई निष्कासन गरेको हो । यस्तै बारा जिल्ला समिति सदस्य रामएकवाल प्रसाद यादवलाई पनि निष्कासन गरिएको संयोजक ढुङ्गानाले जानकारी दिए । आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक
झापा / नेकपा एमालेका तर्फबाट गोरखा क्षेत्र नम्बर -२ मा प्रतिनिधिसभा उम्मेदवार बनेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ । आइतबार राति रिसोर्टमा खाना खाँदै गरेको टीमलाई एक समूहले आक्रमण गरेको अब्दुसले बताएका छन् । आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको तस्बिर अब्दुसले सार्वजनिक गरेका छन् । गोरखामा हाम्रो टिममाथि खाना खाँदै गरेको अवस्थामा आक्रमण भएको छ,’ मियाँले भनेका छन्, ‘प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाँकी ३ जना फरार भएका छन् ।’ गोरखा–२ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रतिनिधिसभा उम्मेदवार छन् ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.