राजनीति

    Showing 1,691-1,700 of 10,298 items.
  • कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ। आउँदो वैशाख २ गते बुधबार बिहान ११ बजे अनुशासन समितिको बैठक बोलाइएको सचिव दिनेश थापा मगरले जानकारी दिए। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामै अनुशासन समितिको बैठक बोलाइएको हो। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि अनुशासन समितिको बैठक बोलाइएको हो। बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। 

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 503 पटक पढिएको
  • ‘मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन गरोस’

    काठमाडौं । मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले मानव ओसारपसार, बेचबिखन जस्ता अपराधहरु बढिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न प्रतिवेदन लागू गर्नुपर्ने बताएका हुन् ।उनले भने,‘मानव ओसारपसार वा बेचबिखन गर्नु अपराध हो । त्यसैले यस किसिमको अपराधलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा हामीले भन्ने सरकारलाई नै हो । सिफारिस गरेका कुराहरुको कार्यान्वयन सरकारले नै गर्ने हो । सरकाले जसरी पनि कार्यान्वयन गर्न

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 200 पटक पढिएको
  • सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।सोमबार सभामुख अर्यालले उनीहरूसँग भेटवार्ता गरेका हुन् ।भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान–प्रदान, संघीय संसद्को प्रभावकारी सञ्चालन र विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा छलफल गरेका थिए ।

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 178 पटक पढिएको
  • कांग्रेसको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेका हौं : महामन्त्री पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेको जानकारी दिएका छन् ।क्रियाशील सदस्यता खारेजीको प्रश्न उठेपछि उनले सामाजिक संजालमार्फत प्रष्टिकरण दिएका हुन् । उनले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्न लागेको जनाएका हुन् ।‘नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो रु भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु–हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ ।अब अद्यावधिक हुने क्रियाशीलले हामीलाई गाउँगाउँमा जोड्नेछ, नेपाली कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरुको नवीकरणले हामीलाई थप

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 157 पटक पढिएको
  • प्रधानमन्त्रीविरुद्ध गालीगलौजः पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण

    काठमाडौं— गृह मन्त्रालयले सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा ध्यानाकर्षण जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले पक्राउ परेका युवालाई हालका लागि परिवारको जिम्मा लगाइएको जानकारी दिएको छ ।सरकारले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने दोहोरÞ्याउँदै आफ्ना विचार व्यक्त गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ । साथै, समाजमा अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता गतिविधि प्रचलित क

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 408 पटक पढिएको
  • नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नवलपुरका सभापति नरिश्वर लामिछानेसहितको टोलीले नवलपुरमा स्वागत गरेको छ ।भेटका क्रममा स्थानीय टोलीले नवलपुर क्षेत्रमा दूषित पानीका कारण गैँडालगायत वन्यजन्तुहरू धमाधम मृत अवस्थामा भेटिएको विषयमा गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन् ।नवलपुरका सांसद राजन गौतमसहितको टोलीले गृहमन्त्रीसमक्ष यस सम्बन्धमा ज्ञापनपत्र समेत बुझाएको छ ।स्थानीयका अनुसार विभिन्न उद्योगबाट निस्किएको दूषित फोहोर पानी खोलामा मिसिँदा त्यसको प्रभावले वन्यजन्तुहरू प्रभावित भएका छन्। सोही पानी सेवनका कारण कैयौँ जनावरहरू मृत भेटिएको गुनासो गरिएको छ।उक्त समस

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 151 पटक पढिएको
  • कांग्रेस संसदीय दलको चुनाव वैशाख ४ गते हुने

    काठमाडौं— नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि वैशाख ४ गते निर्वाचन हुने भएको छ। वैशाख ४ गते निर्वाचन गर्ने गरी कार्यतालिका ल्याउने तयारी छ।सहमहामन्त्रीसमेत रहेका निर्वाचन समितिका संयोजक प्रकाश रसाइली 'स्नेही'ले वैशाख २ गते संसदीय दल नेता चयनबारे निर्वाचन कार्यतालिका ल्याइने बताए।‘निर्वाचन समितिले वैशाख २ गते निर्वाचन कार्यतालिका ल्याउँछ, ४ गते निर्वाचन हुन्छ,’ उनले भने, ‘सर्वसम्मत नभए प्रतिस्पर्धाद्वारा संसदीय दल नेता चयन हुन्छ।’प्रतिनिधि सभामा कांग्रेसका ३८ जना सांसद छन्।कांग्रेसमा पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, सांसदहरू मोहन आचार्य, निश्कल राई, बासना थापालग

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 434 पटक पढिएको
  • रोशन पोख्रेलको गिरफ्तारीप्रति जेनजी मुभमेन्ट नेपालको आपत्ति, तत्काल रिहाइको माग

    काठमाडौं—  जेनजी मुभमेन्ट नेपालले युट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । संगठनले यस कदमलाई गलत र आपत्तिजनक भन्दै तत्काल रिहाइको माग गरेको छ ।मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार भएको बताइएको छ ।‘युट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गर्नु गलत र आपत्तिजनक कदम हो । अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार हो, जसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार हो,’ प्रेस वक्तव्यमा उल्लेख छ ।वक्तव्यमा

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 443 पटक पढिएको
  • तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

    काठमाडौं— सभामुख डोलप्रसाद (डीपी) अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको पत्रकार भेटमा उनले कानून निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताए ।संविधान संशोधनका साथै नयाँ कानून बनाउन सहजकर्ताका रूपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने उनले बताए । 'विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरी पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु,' उनले भने ।जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’बाट कानून निर्माणको प्रक्रियालाई अघि बढाउने प्

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 412 पटक पढिएको
  • निर्माणाधीन रंगशालाको काम छिटो टुंग्याउन मुख्यमन्त्री कँडेलको निर्देशन

    काठमाडौं— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रंगशालाको काम छिटो टुंग्याएर १०औँ राष्ट्रिय खेलकुदको तयारीमा लाग्न निर्देशन दिएका छन् । आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकमा उनले रंगशालाको काम सकाउन बजेट समेत विनियोजन भइसकेको बताए ।रंगशाला निर्माणको बाँकी काम सम्पन्न गरेर हस्तान्त्रण गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी र सरोकारवाला पक्षलाई सक्रिय हुन उनले आग्रह गरे । “अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन, सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ,” उनले भने ।उनले निर्माण व्यवसायीलाई कार्यतालिकाअनुसार काम अघि बढाउन र निश्चि

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 476 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.