राजनीति

    Showing 1,281-1,290 of 7,501 items.
  • भुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    काठमाडौँ, २५ भदौः विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार  अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 141 पटक पढिएको
  • काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

    काठमाडौँ, २५ भदौः काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो ।साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल  सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ । हाल यहाँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।  यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्य

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 129 पटक पढिएको
  • नेपालमा भएको हिंसा हृदयविदारक, शान्ति कायम गर्नुहोस्: भारतीय प्रधानमन्त्री

    काठमाडौँ, २५ भदौः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका घटना हृदयविदारक भएका बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत “नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेकोमा मेरो मन अत्यन्तै विचलित छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अनुरोध गर्दछु”, उल्लेख गर्नुभएको छ ।

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 129 पटक पढिएको
  • जेनजी आन्दोलनकारीले राज्यका तीन वटै अङ्ग नियन्त्रणमा लिए

    काठमाडौं— सोमबारबाट सुरु भएको जेनजी आन्दोलनकारीले राज्यका प्रमुख तीन वटै अङ्ग नियन्त्रणमा लिएका छन् ।व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आन्दोलनकारीले नियन्त्रणमा लिएका हुन् । उनीहरुले तीन वटै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन् ।सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि मंगलबार अपिल गरिसकेका छन् ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 479 पटक पढिएको
  • जेनजीहरुको आन्दोलनमा ट्रमाका डाक्टहरुको समर्थन

    काठमाडौं— राष्ट्रिय ट्रमा सेन्टरका डाक्टरहरुले जेनजीहरुको आन्दोलनमा ऐक्यबद्धता एवम समर्थन जनाएका छन् ।मंगलबार भ्रष्टाचारविरुद्ध आन्दोलन गरिरहेको जेनजीहरुलाई साथ दिनको लागि डाक्टरहरुले पनि ऐक्यबद्धता जनाएका हुन् ।सोही क्रममा डाक्टरहरुले नेपाली जनतालाई बचाउनको लागि पाएको बन्दुक नेपालीमाथि नै तेर्साएको भन्दै यस्तो प्रशासन र प्रहरी नचाहिने दाबी गरेका छन् । उनीहरुले भने, ‘नेपाली जनतालाई बचाउनको लागि पाएको बन्दुक नेपालीमाथि नै तेर्साउनु भयो र टाउमा ताकि ताकि हान्नुभयो । तपाईहरु जस्तो प्रशासन र प्रहरी हामीलाई चाहिदैँन् ।’जेनजी आन्दोलनमा सरकारले निर्दोष जनतामाथि दमन गरेको भन्दै उनीहरु पनि आन्दोलन

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 587 पटक पढिएको
  • प्रधानमन्त्री ओली बालुवाटार छाडेर अज्ञात स्थलतर्फ लागे

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिए लगत्तै बालुवाटार छाडेर अज्ञातस्थलतर्फ लागेका छन्।सुरक्षा स्रोतका अनुसार आन्दोलनकारीहरू प्रवेश गर्ने संकेत पाएपछि उनी राजीनामा लगत्तै  बालुवाटार छाडेर अज्ञात क्षेत्रतर्फ लागेका हुन्। उनको बालकोटस्थित घर समेत आगलागी भएको छ ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 462 पटक पढिएको
  • सरकारी वकिलको कार्यालयमा पनि आगजनी

    काठमाडौं— जेनजी युवाहरूले सरकारी वकिलको कार्यालयमा आगजनी गरेका छन्। माइतीघर–भद्रकाली सडकछेउमा रहेको सरकारी वकिलको कार्यालयमा आगजनी भएको हो ।सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि आक्रोशित युवाहरूको समूहले मंगलबार बिहानैबाट सरकारी भवन, मन्त्री निवास तथा नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका छन् ।सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि राज्य प्रशासनले दमन गरेपछि स्थिति नियन्त्रणबाहिर गएको छ ।सोमबारको प्रदर्शनमा १९ जना युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा थप दुई जना युवाको प्रहरीको

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 463 पटक पढिएको
  • प्रहरीको गोली लागेर कालिमाटीमा दुई जनाको मृत्यु

    काठमाडौं—  काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 389 पटक पढिएको
  • ​रास्वपा सभापति लामिछाने कारागारबाट रिहा

     काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका छन्। ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उनलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले जानकारी दिए।सहकारी ठगीसम्बन्धी अभियोगमा उनी सो कारागारमा थुनामा थिए।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 420 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदको सामूहिक राजीनामा

    काठमाडौं— ​जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको ‘बर्बर दमन’को विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सम्पूर्ण प्रतिनिधिसभा सदस्यहरूले सामूहिक रूपमा राजीनामा दिने निर्णय गरेका छन्। रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको उपेक्षा, क्रूर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको छ।' सरकारले जेनजी आन्दोलनमाथि गरेको हस्तक्षेपले संविधान र लोकतान्त्रिक मूल्यको अपमान भएको उल्लेख गरिएको छ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 390 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा