राजनीति

    Showing 1,271-1,280 of 7,501 items.
  • राष्ट्रपतिको अपिल: लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रयास गर्दैछु

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले देशमा देखिएको वर्तमान विषम परिस्थितिबाट मुलुकलाई संवैधानिक दायराभित्र रही निकास दिन प्रयासरत रहेको बताएका छन् ।उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समस्याको दीर्घ समाधान खोजी भइरहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।राष्ट्रपतिले जारी गरेको वक्तव्यमा लोकतन्त्रको संरक्षण र मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न सबै पक्षको सहकार्य अत्यावश्यक रहेको उल्लेख गरिएको छ ।उनले भने,‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 419 पटक पढिएको
  • अस्थिर राजनीतिक परिस्थितिप्रति एमाले चिन्तित, निष्पक्ष छानबिन र संवादको माग

    काठमाडौं – मुलुकमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गहिरो चिन्ता व्यक्त गर्दै यस संकटको लोकतान्त्रिक र संवैधानिक माध्यमबाट निकास खोज्न आग्रह गरेको छ । पार्टीको केन्द्रीय सचिवालयद्वारा जारी वक्तव्यमा हालैका हिंसात्मक घटनाक्रम, जनधनको क्षति र सुरक्षाको कमजोर अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ ।एमालेका महासचिव शंकर पोखरेलले जारी गरेको वक्तव्यमा भदौ २३ गते न्भल–श् युवाहरूले सामाजिक सञ्जालको स्वतन्त्रता, भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै गरेको प्रदर्शनप्रति सहानुभूति प्रकट गर्दै उक्त दिन भएको जनधनको क्षतिबाट पार्टी स्तब्ध भएको उल्लेख छ । प्रदर्शनका

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 351 पटक पढिएको
  • अहिलेको सङ्क्रमणकालीन अवस्थाको निकास संविधानसम्मत तरिकाबाट खोजिनुपर्छः अध्यक्ष दाहाल

    काठमाडौँ, २६ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संसद्को शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई नै फाइदा पु¥याउने भएकाले अहिलेको सङ्क्रमणकालीन अवस्थाको हल संविधानसम्मत तरिकाबाट खोजिनुपर्ने बताउए  ।  पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष दाहालले संविधान कार्यान्वयनमा देखिएका चुनौतीको गम्भीर समीक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सकेमात्रै समुन्नत लोकतन्त्रको विकास गर्न सकिने बताए । “यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीर रुपमा लिएर आन्दोलन

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 172 पटक पढिएको
  • कहाँ के गर्दैछन् कांग्रेस, एमाले, माओवादीका शीर्ष नेताहरु ?

    जेनजीको दुई दिने आन्दोलनले सत्ता ढालेपछि सबै दलका शीर्ष नेता भूमिगत भएका छन् । कामचलाउ प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सम्पर्कविहीन छन् ।एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने श्रीमती रविलक्ष्मी चित्रकारको उपचारमा छन् । आन्दोलनकारीले घरमै आगो लगाइदिएपछि जलेर घाइते भएकी उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्निङ अस्पतालमा राखिएको छ । नेता खनाल पनि अहिले अस्पतालमै छन् । उनी श्

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 225 पटक पढिएको
  • विध्वंश मच्चाउने सबै जेन–जी नै हुन् ? : डा.रुद्रनाथ अधिकारी

    काठमाडौँ । देश जलिरहेको हेर्दा,जताततै बाट आकाशमा फैलिएको धुवाँको कालो मुस्लो देख्दा र ती अबोध बच्चाहरुको मृत्युु र हत्याको विभत्स तस्बिर र दृश्यहरु देख्दा मेरो हृदय त्यो देश जलेको ताप भन्दा र त्यो दृश्यले देखाएको क्रूरताको पराकाष्ठा सम्झिदा एकहजार गुना बढी मेरो मुटु जलिरहेको थियो । सन्तापको अग्निको ज्वाला दन्किरहेको थियो। म अवाक, जिउँदो लाससरि भएर यो देशको नागरिक हुनुमा, जन्मिनुमा अनि हजारौं पटक मरेर केवल जिउनुपरेकोमा आफुलाई असाध्य निरीह, लाचार एवं सँधै आफ्नै माटो, बाटो र आगनमा असुरक्षित महसुस गर्दै, धिक्कार्दै केवल काल कुर्न विवश हुनुपरेको र यो भन्दा अरु कुनै विकल्प पनि नभएको महसुस गरिरहेको थ

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 356 पटक पढिएको
  • जेन–जी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको छ : प्रचण्ड

    काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको बताएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले लोकतन्त्रको विकल्प अझ बढी सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हुने भन्दै जेन–जी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको बताएका हुन् । ‘जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गण

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 464 पटक पढिएको
  • अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    काठमाडौं । जेनजी पुस्ताका नाममा भएको आन्दोलन हिंस्रक बनेपछि वार्ता र संवादको प्रक्रिया अन्यौलमा छ । राष्ट्रपति र प्रधानसेनापतिबाट आन्दोलनकारीलाई वार्ताका लागि आब्हान गरेपनि जेनजी पुस्ता नेतृत्वविहीन जस्तै देखिएको छ र वार्ताका लागि प्रतिनिधिको नाम पठाउन सकेका छैनन् । आन्दोलनका क्रममा प्रधानमन्त्री एवम मन्त्रीदेखि सांसदहरुको समेत राजीनामा आइसकेकाले अब मुलुक कसरी अगाडि बढ्छ भन्नेमा अन्यौलता छाएको छ । जेनजीहरुले संसद विघटनदेखि अन्तरिम नागरिक सरकारको परिकल्पना गरेका छन् । यस्तो परिस्थितिमा सरकार निर्माणबारे विभिन्नखाले बहसहरु भइरहेका छन् । संविधानविद् डा.विपिन अधिकारी सरकार बनाउने फरक फरक

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 227 पटक पढिएको
  • लोकतन्त्रको विकल्पमा अरू कुनै विकल्प हुन सक्दैन : शिव लम्साल

    काठमाडौं । नेपाल प्रेस युनियनले वर्तमान संसद र संविधानकै परिधिमा रहेर सरकार गठनलगायतका प्रक्रिया अघि बढाई संविधान प्रदत्त नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारका विश्वव्यापी मान्यताहरूको अभ्यास गर्न सबै पक्षलाई आग्रह गरेको छ  छ। जेनजीको आन्दोलनपछि उत्पन्न जटिल परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव  लम्सालले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा भएको राज्यको दमन, २३ जनाभन्दा बढी निहत्था नागरिकको मृत्यु, प्रधानमन्त्रीको राजीनामा, र सार्वजनिक तथा निजी सम्पत्तिको व्यापक तोडफोडले देश संकटपूर्ण अवस्थामा पुगेको उल्लेख छ

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 218 पटक पढिएको
  • रामेछापमा कफ्र्यू हट्यो

    रामेछाप । रामेछाप जिल्लामा लगाइएको कफ्र्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको शान्ति–सुरक्षाको अवस्था र उत्पन्न परिस्थिति मूल्याङ्कन गर्दै बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम आदेश जारी गर्दै तोकिएका क्षेत्रमा ५ जनाभन्दा बढी भेला भई जुलुस, हुलदङ्गा, प्रदर्शन, घेराउ वा विरोध कार्यक्रम नगर्न आग्रह गरेका छन्। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।यसअघि मिति २०८२ भदौ

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 160 पटक पढिएको
  • राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राखौः नेपाली सेना

    काठमाडौँ, २५ भदौः नेपाली  सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै देशको जनजीवन सामान्य बनाउने आ–आफ्नो दायित्वलाई हरेक नागरिकले निरन्तरता दिने विश्वास  व्यक्त गरेको छ ।नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही परिस्थितिजन्य जिम्मेवारी बहनमा सक्रिय सुरक्षाकर्मीलाई सहयोग पु¥याउन पुनः अनुरोध गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज ५ः०० बजेसम्म देशभर निरन्तर रहने जनाएको छ । साथै निषेधाज्ञा भोलि भदौ २६ गते बिहान ६

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 446 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा