राजनीति

    Showing 1,071-1,080 of 7,501 items.
  • माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे पनि छलफल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको महाविधेशन आयोजक कमिटिको सचिवालय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषित मितिमै निर्वाचन गराउने पक्षमा सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ ।सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचन गराउने वातावरण बनाउन सम्बन्धित पक्षहरूसँग छलफल गरिने जानकारी दिए ।उनले भने, ‘घोषित मितिमा निर्वाचन गर्न सकारात्मक भूमिका खेल्नेछौं । त्यसका लागि सम्बन्धित पक्षसँग छलफल अघि बढाउनेछौं ।’बैठकले समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्यदिशाबारे सामान्य समीक्षा गरेको प्रवक्ता सापकोट

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 153 पटक पढिएको
  • मनाङको प्रदेशसभा–२ को उपनिर्वाचन स्थगित

    मनाङ— मनाङ जिल्ला प्रदेशसभा क्षेत्र नं. २ मा तय गरिएको उपनिर्वाचन स्थगित भएको छ। निर्वाचन आयोगले विभिन्न प्राविधिक र प्रशासनिक कारण देखाउँदै उपनिर्वाचन रोकिएको जानकारी दिएको हो।निर्वाचन आयोग स्रोतका अनुसार, निर्वाचनको तयारीका क्रममा देखा परेका विविध अवरोध, स्थानीय स्तरमा देखिएको असहज परिस्थिति र प्राविधिक तयारी अपुरो भएकाले उपनिर्वाचन स्थगन गर्ने निर्णय गरिएको हो।यसअघि, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछिको समयावधिमा मनाङ–२ मा निर्वाचित सांसदको पद रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको थियो। तर, आवश्यक पूर्वाधार, जनशक्ति तथा सुरक्षा व्यवस्थापनमा चुनौती देखा परेपछि प्रक्रिया अगाडि बढाउ

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 468 पटक पढिएको
  • माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै

    काठमाडौं— नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 409 पटक पढिएको
  • नेपालबाट मनसुन बहिर्गमनको अन्तिम चरणमा पुगेको छ : उपमहानिर्देशक रेग्मी

    काठमाडौं । हाल नेपालमा सक्रिय रहेको मनसुनी वायु पूर्वतर्फ सर्दै गएकाले नेपालबाट बाहिरे अवस्थामा पुगेको मौसमविद्हरुले बताएका छन् । बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणालीका कारणले  गत १७ गतेबाट बागमती, मधेस प्रदेशमा भारीदेखि अति भारी वर्षा र कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा पनि भारी वर्षाहरू भएको थियो ।उक्त मनसुनी वायु बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिने अवस्थामा रहेको जल तथा मौसम विभागका उपमहानिर्देशक सुमन कुमार रेग्मीले बताए ।  उनले भने, ‘बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणाली अब बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बा

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 207 पटक पढिएको
  • पुराना नेताहरू हत्यारा हुन्, तिनीहरूलाई तत्काल पक्राउ गर्नुपर्छ : गणेश चौलागाईं

    काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षका श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले शहीदप्रति इमान्दार अभियान नलिएकाले असन्तुष्टि व्यक्त गरेका छन् । चौलागाईंले नेपाल न्यूज बैंकसँग कुरा गर्दै भागदौड, शव व्यवस्थापनमा कमजोरी र आन्दोलनको नेतृत्व कमजोर भएको आरोप लगाउँदै अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई तत्काल पक्राउ तथा कडा कारवाहीको माग गरेका छन् ।गणेशका अनुसार, श्रीयम विद्यालयबाटै आन्दोलनमा सहभागी भए पनि गोली चलेको खबर आएपछि परिवारले बारम्बार फोन गर्दा जवाफी संचार हुन छाड्यो । ‘मैले २० भन्दा बढी फोन गरेँ, ३ः३० को हाराहारीमा एउटा सन्देश आयो बाबुलाई चोट लागेको छ, सिभि

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 253 पटक पढिएको
  • राजेश महतो भन्छन् : जेनजी आन्दोलनमा भाईलाई गोली लाग्यो, दुईवटै खुट्टा नचल्ने भयो

    काठमाडौं । जेनजी आन्दोलनका कारण घाइते भएकाहरु देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।गत भदौ २३ गते काठमाडौं बानेश्वरमा कम्मरमा गोली लागेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका महोत्तरीका २५ वर्षीय राकेश महतोको भने दुईवटै खुट्टा चल्न नसक्ने अवस्थामा पुगेको छ ।राकेशका दाजु राजेशका अनुसार गोली लागेका भाइको दुईवटै खुट्टा प्यारालाइसिस हुने संभावना बढेको जानकारी दिए ।‘भाईलाई काठमाडौंमा राखेर पढाइरहेका थियौं । सरकारी जागिरका लागि लोकसेवाको तयारी गरिरहेको थियो । उसको कम्मरमा गोली लागेकाले खुट्टै नचल्ने अवस्था पुगेको डाक्टरहरुले जानकारी दिनुभएको छ । घरमा आमा पनि विरामी हुनुहुन्छ, कमाइ गर्ने म

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 307 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीले भेटिन् जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारहरू, दसैंमा टीका नलगाउने अठोट

    काठमाडौं— यस वर्षको दसैं प्रधानमन्त्री सुशीला कार्कीका लागि उत्सव होइन, सम्झनाको अवसर बन्यो। राज्यको उपेक्षा विरुद्ध उठेको जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूका परिवारलाई भेट्दै उनले दसैंमा टीका नलगाउने अठोट पुनः दोहोर्याइन्।आज विहानैदेखि प्रधानमन्त्री कार्की राजधानीका विभिन्न स्थानमा रहेका मृतकका परिवारसँग व्यक्तिगत रूपमा भेटघाट गर्न निस्किइन्।सबैभन्दा पहिला उनले बागलुङका सौरन किशोर श्रेष्ठका परिवारलाई वनस्थलीस्थित घरमा पुगेर भेटिन्। प्रधानमन्त्रीले शोकाकुल परिवारसँग केहीबेर समय बिताइन्, चुपचाप सुनेर, कहिलेकाहीं समवेदना जनाउँदै।त्यसपछि उनी नागर्जुन–३ की कान्छी नगरकोटीको घर पुगिन्। त्यहाँ

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 464 पटक पढिएको
  • राहदानी रोक्काको निर्णयप्रति कांग्रेसको आपत्ति, सरकारलाई 'राजनीतिक प्रतिशोध' नगर्न चेतावनी

    काठमाडौं— नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएको छ।पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सरकारले पूर्वप्रधानमन्त्रीलगायत नेताहरूको राहदानी रोक्का गर्नु र देशभित्रै पनि आवतजावतमा रोक लगाउनु स्पष्ट राजनीतिक प्रतिशोध हो।'गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भएको घटनाको छानबिनका लागि गठित आयोगको सिफारिसमा सरकारले उक्त निर्णय गरेको हो। राहदानी रोक्का गरिएका अन्य व्यक्तिमा गृहमन्त्रालयका पूर्वसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानक

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 395 पटक पढिएको
  • केपी शर्मा ओली र महेश बस्नेतको आरोपपछि जेनजीको फेरि प्रदर्शनको तयारी

    काठमाडौं— पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेता महेश बस्नेतले जेनजीहरूलाई ‘आतंककारी’ भनेपछि राजनीतिक माहोल फेरि तातिएको छ।यसैबीच, जेनजीहरूले अक्टोबर ९ (असोज २३) मा राजधानीमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। जेनजीहरूको भनाइअनुसार, सहिदको बलिदानबाट आएको परिवर्तनलाई केही शक्तिहरूले हाइज्याक गर्ने प्रयास गरेका छन्।उनीहरूले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, संघीयताको खारेजी र आन्दोलनका क्रममा भएको दमन तथा हत्या घटनामा संलग्नलाई तत्काल कारबाही गर्न माग राखेका छन्। यसअघि ओली सरकारले सामाजिक सञ्जालमा आफ्ना मान्छेहरूलाई प्रभाव नजमाएपछि फेसबुकलगायतका प्लेटफर्मलाई बन्द गराएर दमन गरेको

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 498 पटक पढिएको
  • सरकारी निर्देशनपछि पूर्वपदाधिकारीहरूले सवारीसाधन फिर्ता गरे

    काठमाडौं –  पूर्वसभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूले कानुनमा नभएको सुविधा लिइरहेका सवारीसाधन फिर्ता गरेका छन्।अर्थमन्त्री रामेश्वर खनालका अनुसार पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षले सवारीसाधन फिर्ता गरेका हुन्।पूर्व सभामुख कृष्णबहादुर महरा, उपसभामुख ओनसरी घर्ती र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सवारी साधन फिर्ता गरेका हुन्। ‘कानुनमा सवारी साधनको सुविधा दिने प्रबन्ध नभएको तर लिइरहनु भएका पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूमध्ये कृष्णबहादुर महराज्यू, ओनसरी घर्तिज्यू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारी साधन फिर्ता गर्नुभएको आधिकारिक जानकारी प्राप्त भएको छ,’ अर्थमन्त्

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 418 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा