राजनीति

    Showing 1,071-1,080 of 10,298 items.
  • रास्वपा खोटाङको सभापतिमा थापा

    खोटाङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित हुनुभएको छ । रास्वपा खोटाङको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । विसं २०८१ पुस १३ गते भएको प्रथम जिल्ला भेलाबाट सभापतिमा निर्वाचित हुनुभएका थापा पुनः प्रथम जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । रास्वपा खोटाङको उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन हुनुभएको छ । जिल्ला कार्यसमितिको सचिवमा पर्शुराम थापा र सहसचिवमा राजन अधिकारी निर्वाचित हुनुभएको छ । 

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 247 पटक पढिएको
  • रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा

    कर्णाली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेत जिल्लाको सभापतिमा रमेशकुमार सापकोटा पुनः निर्वाचित हुनुभएको छ ।पार्टीको आइतबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित जिल्ला भेलाले सापकोटालाई पुनः जिल्ला सभापतिको जिम्मेवारी दिएको हो । पार्टी सङ्गठन विस्तार, जनसम्पर्क तथा स्थानीय तहसम्म सङ्गठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेका कारण उहाँलाई दोस्रो कार्यकालका लागि जिल्लाको नेतृत्व गर्ने जिम्मेवारी दिइएको बताइएको छ ।रास्वापको स्थापनादेखि सुर्खेतको नेतृत्व गर्दै आउनुभएका सापकोटा गएको फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचिनमा सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थ

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 204 पटक पढिएको
  • रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी

    गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिको सभापतिमा सुवर्ण रोकाहा क्षेत्री विजयी हुनुभएको छ । सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट निर्वाचनमार्फत क्षेत्री सभापतिमा विजयी हुनुभएको हो ।पार्टीका गोरखा नगरपार्टी सभापति शिशिर प्रधानका अनुसार अधिवेशनबाट जिल्ला पार्टी उपसभापतिमा सुकबहादुर तामाङ, सचिवमा मिलन लामा र सहसचिवमा योगेन्द्रजङ्ग बस्नेत १५० विजयी हुनुभएको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 322 पटक पढिएको
  • रास्वपाको सर्लाही जिल्ला अधिवेशन स्थगित

    सर्लाही— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सर्लाही जिल्ला अधिवेशन स्थगित भएको छ । मतदाता नामावलीलगायत प्रक्रियागत विषयमा त्रुटि देखिएको जनाउँदै जिल्ला निर्वाचन समितिले अधिवेशन स्थगित गरेको हो ।हरिवनस्थित सरस्वती पार्टी प्यालेसमा आयोजना गरिएको अधिवेशनका लागि जिल्लाभरबाट कार्यकर्ता बिहानैदेखि जम्मा भएका थिए । अधिवेशनको उद्घाटन र नेतृत्व चयन प्रक्रिया अघि बढ्ने अपेक्षामा रहेका कार्यकर्तालाई दिउँसो करिब पौने ४ बजे अधिवेशन स्थगित गरिएको जानकारी गराइएको थियो ।जिल्ला निर्वाचन समितिका संयोजक डा। जयप्रकाश महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा मतदाता नामावलीसहित केही प्रक्रियागत त्रुटि भेटिएकाले अधिव

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 353 पटक पढिएको
  • रास्वपा जुम्लाको सभापतिमा मक्कर बहादुर भण्डारी

    मुगु— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको सभापतिमा मक्कर बहादुर भण्डारी चयन भएका छन् । प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा भण्डारीलाई सभापतिमा चयन गरिएको रास्वपा जुम्लाका नवनिर्वाचित सचिव जगबहादुर खत्रीले जानकारी दिए ।यसै गरी उपसभापतिमा सुनिलबहादुर रोकाय,सचिवमा जगबहादुर खत्री, सहसचिवमा दानबहादुर बुढा चयन भएका छन् । समावेशी सदस्यहरूमा पेमा टाँसी लामा तामाङ, शान्ते कामी, भीमबहादुर बुढा र सीता रोकाय चयन भएको रास्वपा जुम्लाका सचिव खत्रीले बताए ।अधिवेशनले निर्वाचन क्षेत्र स्तरीय समिति पनि गठन गरेको छ । निर्वाचन क्षेत्र नंं.१ को उपसंयोजकमा इन्द्रबहादुर बुढा, सचिवमा फुर्वा छिरिङ ता

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 392 पटक पढिएको
  • दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा नागढुङ्गा—सिस्नेखोला सुरूङ्गमार्ग सम्बन्धमा विभाग र आयोजनासँग छलफल हुने कार्यसूची रहेको छ ।  यसैगरी बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कर्णाली प्रदेशमा भएको स्थलगत अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 350 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं— प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसपछि आ।व। २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन् ।व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न महत्त्वपूर्ण विधेयकहरू सदनम

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 364 पटक पढिएको
  • रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।आज (सोमबार) बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बिहान ९ बजे बस्ने गरी बैठक आह्वान गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।आजको बौठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न हुने महामन्त्री बुर्लाकोटीले बताए ।बैठकमा संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सहभागी हुन अनुरोध गरिएको छ । छलफललाई व्यवस्थित र निर्णयमुखी बनाउनका लागि प्रत्येक राजनीतिक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना नेतालाई सहभागी हुन

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 411 पटक पढिएको
  • विकास र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्छौं :बुर्लाकोटी

    गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक प्रतिस्पर्धाभन्दा विकास र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। गोरखामा आयोजित रास्वपाको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले जनताले दिएको मत द्वन्द्व र आरोप–प्रत्यारोपका लागि नभई परिणाममुखी कामका लागि भएको उल्लेख गरे।उनले विकास निर्माणका परियोजनामा राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको भन्दै साझा प्रयासबाट मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने बताए।बुर्लाकोटीले लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनको पहल भइरहेको जानकारी दिँदै निजी क्षेत्रको लगानीमार्फत उद्योगलाई पुनर

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 96 पटक पढिएको
  • रास्वपाको कलैयामा भएको उपनिर्वचन खारेजको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाराका कार्यकर्ताले कलैया उपमहानगरपालिका अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन् । उनीहरूले अधिवेशन सम्पन्न भइसकेपछि विजयी घोषणा गरिएको नेतृत्वलाई पुनः निर्वाचन गराउनु पार्टी विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको आरोप लगाएका छन् ।कार्यकर्ताहरूका अनुसार २०८३ साल जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रनिया १२४ मत सहित बिजयी भएका थिए । निर्वाचनपछि रनियाको शपथग्रहणसमेत सम्पन्न भएको अवस्थामा दुई दिनपछि सामाजिक सञ्जालको ह्वाट्सएप समूहमार्फत पुनः उपनिर्वाचन हुने सूचना दिइएको समर्थक धिराज पटेलले जानकारी दिए । उनले उक्त सूचना कुनै आधिका

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 344 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.