खोटाङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित हुनुभएको छ ।
रास्वपा खोटाङको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । विसं २०८१ पुस १३ गते भएको प्रथम जिल्ला भेलाबाट सभापतिमा निर्वाचित हुनुभएका थापा पुनः प्रथम जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।
रास्वपा खोटाङको उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन हुनुभएको छ । जिल्ला कार्यसमितिको सचिवमा पर्शुराम थापा र सहसचिवमा राजन अधिकारी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरुमा प्रकाश अधिकारी, केशरबहादुर श्रेष्ठ र चन्द्रबहादुर परियार निर्वाचित हुनुभएको छ । एघार सदस्यीय जिल्ला कार्यसमिति रहने व्यवस्थाअनुसार नवनिर्वाचित जिल्ला कार्यसमितिको पहिलो बैठकले तीन महिला सदस्य चयन गर्ने बताइएको छ ।
त्यसअघि प्रथम जिल्ला अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय सदस्य सरिता ज्ञवालीले गर्नुभएको थियो । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय सदस्य ज्ञवालीले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।
































