प्रविधि

    Showing ४११-४२० of ४७१ items.
  • यसरी नेपाल बन्नेछ दक्षिण एसियाको डिजिटल केन्द्र

    काठमाडौं – अबको दिनमा नेपाललाई डिजिटल वित्तीय क्रान्तिको केन्द्र भन्न बेर छैन! 'युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५' को भव्य आयोजना हुँदै काठमाडौंले दक्षिण एसियामै ठूलो फिनटेक मञ्चको उपाधि जोगाउने संकेत दिएको छ।कार्यक्रममा अन्तर्राष्ट्रिय फिनटेक नेतृत्वदेखि नियामक निकाय, स्टार्टअपहरूदेखि ठूला बैंकहरूसम्म करिब ४०० प्रतिनिधिहरू सहभागी भए। आयोजक काठमाडौं फिनटेक र फिनटेक अलायन्स नेपालको दाबी छ – “नेपाल अब फिनटेक संवादको क्षेत्रीय राजधानी बन्ने दिशामा छ!”भारतपछिको दोस्रो ठूलो राष्ट्रिय फिनटेक सम्मेलनको उपाधि बोकेको यो फेस्टिवलमा, डिजिटल बैंकिङ, QR प्रणाली, कृत्रिम बौद्धिकता (AI), स्टार्टअप, कार्ड प

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • २९६ पटक पढिएको
  • २१ वटा सामाजिक सञ्जालका एकाउन्ट, २ करोड ६३ लाख ९३ हजार १ सय ९१ रूपैयाँ ८ पैसा कारोबार, ७ जना पक्राउ

    काठमाडौं— सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका–१ बस्ने २३ वर्षीय सुरज साह, क्षिरेश्वरनाथ नगरपालिका–२ बस्ने २२ वर्षीय श्याम सुन्दर महरा, सोही नगरपालिका–१ बस्ने २० वर्षीय राम कुमार महरा, सर्लाही बरहथवा नगरपालिका–७ बस्ने २२ वर्षीय नितेश कुमार साह, महोत्तरी गौशाला नगरपालिका–१ बस्ने २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधिर कुमार महतो र गौशाला नगरपालिका–२ बस्ने १९ वर्षीय अमित साह रहेका छन् ।इन्स्टाग्राम, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत सर्वसाधारण नागरिकहरूलाई अनलाइन माध्यमबाट विभिन्न किसिमका मोबाइल तथा लत्ताकप

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ५१२ पटक पढिएको
  • नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने

    काठमाडौं— गूगलको रिसर्च टुल नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने भएको छ । नोटबुकएलएम आगामी मे २० मा आधिकारिक मोबाइल एपको रूपमा सार्वजनिक हुँदैछ ।अहिले नै एन्ड्रोइड वा आईओएस संस्करणको लागि प्रि(रजिस्टर गर्न सकिने छ । त्यसपछि एप सार्वजनिक भएपछि एप स्वतः डिभाइसमा डाउनलोड हुनेछ । नोटबुकएलएमको वेब संस्करणमा भएका सबै सुविधाहरू मोबाइल एपमा पनि उपब्ध हुनेछन् । पीडीएफ, वेबसाइट युआरएल, युट्युब भिडियो वा टेक्स्ट कपी अपलोड गरेर प्रश्न सोध्न, अध्ययन सामग्री तयार गर्न, ट्रान्सक्राइब गर्न वा पोडकास्ट बनाउन सकिने छ । सन् २०२३ मा सुरू भएको नोटबुकएलएममा सन् २०२४ मा अडियो ओभरभ्यू फिचर थपिएको थियो

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ५३६ पटक पढिएको
  • सेवा प्रदानको मुख्य उपकरण बन्दै नागरिक एप

    काठमाडौं— सरकारले नागरिक एपलाई सरकारी सेवा प्रदानको मुख्य उपकरण बनाउने भएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । ‘राष्ट्रपति पौडेलका अनुसार नागरिक एपलाई सेवा प्रदानको मुख्य डिजिटल उपकरणको रुपमा विकास गरेर सम्भव भएसम्मका सबै सेवा अनलाइन गर्ने व्यवस्था गरिनेछ’। यस्तै,  सार्वजनिक सेवा प्रभावकारी बनाउन फेसलेस सेवाको विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • ३८६ पटक पढिएको
  • मोबाइलमै हुनेछ सबै सवारी विवरण – सरकारको नयाँ कोड प्रणाली सुरु

    काठमाडौँ — बागमती प्रदेश सरकारले अब सवारी साधनको विवरण लिएर कागजका ब्लुबुक बोकेर हिँड्नुपर्ने झन्झट अन्त्य गर्ने नयाँ डिजिटल प्रणाली सुरु गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले तयार पारेको ब्लुबुक क्युआर कोड प्रणालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा एक समारोहमार्फत औपचारिक रूपमा शुभारम्भ गरेका हुन्।नयाँ प्रणाली अन्तर्गत ब्लुबुकमा अब क्युआर  कोड समावेश हुनेछ, जसले गर्दा प्रयोगकर्ताले मोबाइलमार्फत नै सवारी साधनसम्बन्धी सम्पूर्ण विवरण देखाउन सक्नेछन्। कागजी ब्लुबुक बोक्नुपर्ने झन्झट हट्नेछ।यो सेवा नागरिक एपसँग समेत एकीकृत गरिएको छ

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • ४६५ पटक पढिएको
  • नेपालमा फेसबुक प्रतिबन्ध हुँदै

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए ।उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिए । मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • ३७८ पटक पढिएको
  • सञ्चारमन्त्री गुरुङ भन्छन दर्ता नगर्ने भए फेसबुकसहितका सञ्जालमा प्रतिबन्ध लाग्छ

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने स्पष्ट पारेका छन् ।शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सवै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिवन्ध लाग्ने स्पष्ट पारेका हुन् ।सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगाएतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे ।‘एक महिना पुग्न दुई त

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • ४२७ पटक पढिएको
  • नेपाल टेलिकमले नयाँ वर्ष २०८२ को अवसर पारेर अफर सार्वजनिक गर्यो, अफर अरू केके छन् ?

    काठमाडौं— नेपाल टेलिकमले नयाँ वर्ष २०८२ को अवसर पारेर अफर सार्वजनिक गरेको छ । सोमबारदेखि १५ वैशाखसम्म लागु हुनेगरी कम्पनीले डेटा, भ्वाइस र एसएमएस सेवा समेटिएका विभिन्न प्याकेज घोषणा गरेको हो ।यस अफरअन्तर्गत ग्राहकले रु. ३९९ मा ३० जीबी डेटा प्याक लिन सक्नेछन्, जसको अवधि १५ दिन हुनेछ । यसबाहेक एक दिनका लागि रु. ४९ मा १ एमबीपीएस अनलिमिटेड डेटा र १०० मिनेट एनटी–एनटी भ्वाइस सुविधा लिन सकिनेछ ।यस्तै, ६ जीबी डेटा रु.१११ मा (५ दिन), १५ जीबी डेटा रु. १९९ मा (७ दिन) र २० जीबी डेटा रु. २९९ मा (१२ दिन) मा उपलब्ध गराइएको छ ।त्यस्तै कम्पनीले विशेष फेस्टिभ कम्बो प्याक पनि ल्याएको छ । यसअन्तर्गत ३० जीबी डेटा,

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ३६४ पटक पढिएको
  • एन्ड्रोइड प्रयोगकर्ताका लागि ह्वाट्सएपमा नयाँ फिचर आउँदै

    काठमाडौं— मेसेन्जिङ एप ‘ह्वाट्सएप’ले ‘मोसन फोटो’ सेयरको अनुमति दिने नयाँ सुविधा विकास गरिरहेको छ ।मोसन फोटो एक मिडिया ढाँचा हो, जसले स्थिर तस्बिर खिच्नुअघि र पछि दुवै गतिको छोटो क्षण कैद गर्छ । परम्परागत तस्बिरभन्दा फरक, मोसन फोटोहरूमा केही सेकेन्डको भिडियो र अडियो समावेश हुन्छ ।ह्वाट्सएपले मोसन फोटोहरूका लागि एपको मिडिया–सेयरिङ क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ । ह्वाट्सएपमा फोटो र भिडियो ग्यालरी खोल्दा मोसन फोटोहरूका लागि नयाँ बटन देखापर्नेछ । जसले प्रयोगकर्ताहरूलाई छविको स्थिर वा गति संस्करण पठाउने विकल्प प्रदान गर्छ ।मोसन फोटो सुविधा सामान्यतया सामसुङ ग्यालेक्सीसहित विभिन्न स्मार्टफोनहर

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ५१५ पटक पढिएको
  • नेपालमा थ्रिजीभन्दा टुजी चलाउने प्रयोगकर्ता बढी

    काठमाडौं—  नेपालमा थ्रिजीको तुलनामा टुजी चलाउने ग्राहकको सङ्ख्या चार गुणा बढी छ । सेवा प्रदायक कम्पनीहरूले आफ्नो ध्यान फोरजीमा केन्द्रित गरेसँगै थ्रीजी करिब करिब बन्द हुने अवस्थामा पुगेको हो ।नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस रिपोर्ट अनुसार नेपालमा थ्रिजी मोबाइल सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या ९ लाख २३ हजार ६५६ मात्र छ । जब कि टुजी सेवाका प्रयोगकर्ता करिब चार गुणा बढी अर्थात ३३ लाख ६२ हजार २९६ रहेका छन् ।यद्यपि मोबाइल ब्रोडब्यान्डमा फोरजीमा सबैभन्दा बढी ग्राहक रहेका छन् । तथ्याङ्क अनुसार हाल नेपालमा कूल दुई करोड ५० लाख ७५ हजार ४१९ प्रयोगकर्ताले फोरजी मोबाइल सेवा चलाउने

    • प्रकाशित मितिः चैत ४, २०८१
    • ५५५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.