काठमाडौं – अबको दिनमा नेपाललाई डिजिटल वित्तीय क्रान्तिको केन्द्र भन्न बेर छैन! 'युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५' को भव्य आयोजना हुँदै काठमाडौंले दक्षिण एसियामै ठूलो फिनटेक मञ्चको उपाधि जोगाउने संकेत दिएको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय फिनटेक नेतृत्वदेखि नियामक निकाय, स्टार्टअपहरूदेखि ठूला बैंकहरूसम्म करिब ४०० प्रतिनिधिहरू सहभागी भए। आयोजक काठमाडौं फिनटेक र फिनटेक अलायन्स नेपालको दाबी छ – “नेपाल अब फिनटेक संवादको क्षेत्रीय राजधानी बन्ने दिशामा छ!”
भारतपछिको दोस्रो ठूलो राष्ट्रिय फिनटेक सम्मेलनको उपाधि बोकेको यो फेस्टिवलमा, डिजिटल बैंकिङ, QR प्रणाली, कृत्रिम बौद्धिकता (AI), स्टार्टअप, कार्ड प्रणाली लगायत नविनतम प्रविधिहरूको प्रदर्शनी भयो। कार्यक्रममा सिंगापुरका पूर्व डीबीएस अफिसरदेखि नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरसम्म सम्मानित पात्रको सहभागिता देखिएको थियो।
कार्यक्रममा फिनटेक इकोसिस्टमलाई अझ फराकिलो बनाउने र नेपाललाई ग्लोबल फिनटेक नेटवर्कमा जडान गर्ने 'मास्टर प्लान' प्रस्तुत गरिएको थियो।






































