काठमाडौं— सरकारले नागरिक एपलाई सरकारी सेवा प्रदानको मुख्य उपकरण बनाउने भएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । 

‘राष्ट्रपति पौडेलका अनुसार नागरिक एपलाई सेवा प्रदानको मुख्य डिजिटल उपकरणको रुपमा विकास गरेर सम्भव भएसम्मका सबै सेवा अनलाइन गर्ने व्यवस्था गरिनेछ’। 

यस्तै,  सार्वजनिक सेवा प्रभावकारी बनाउन फेसलेस सेवाको विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।