प्रविधि

    Showing ३१-४० of ४७१ items.
  • चीनलाई अमेरिकाको नयाँ झट्का - रोबोट र एआई प्रविधिमाथि कडा नाकाबन्दी

    काठमाडौं । अमेरिका र चीनबीचको प्रविधि युद्ध थप चर्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै चीनमा बनेका नयाँ ह्युमनोइड (मानवजस्तै) रोबोट, चारखुट्टे रोबोट र पावर इन्भर्टरमाथि कडा प्रतिबन्ध लगाएको छ। यो निर्णयसँगै कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटिक्स क्षेत्रमा विश्वका दुई महाशक्तिबीचको प्रतिस्पर्धा नयाँ चरणमा प्रवेश गरेको छ।अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले चीनमा निर्मित नयाँ रोबोट र विद्युत् ग्रिड तथा डाटा सेन्टरमा प्रयोग हुने पावर इन्भर्टर अब अमेरिकामा आयात गर्न नपाइने निर्णय गरेको हो। अमेरिकी अधिकारीहरूका अनुसार यस्ता उपकरणले संवेदनशील डाटा

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १२७ पटक पढिएको
  • न्याय सेवामा डिजिटल क्रान्ति, सर्वोच्चले सुरु गर्‍यो नयाँ प्रणाली

    काठमाडौं । न्यायिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सर्वोच्च अदालतले नयाँ डिजिटल प्रणाली लागू गरेको छ। अबदेखि सर्वोच्च अदालतका इजलासबाट जारी हुने आदेशहरू जारी भएकै दिन विद्युतीय प्रणाली अनलाइन मा अपलोड गरिनेछन्।सोमबारदेखि लागू भएको यो व्यवस्थाअनुसार प्रधानन्यायाधीशसहित सबै इजलासका आदेश तत्काल प्रणालीमा प्रविष्ट हुनेछन्। यसले मुद्दाका पक्ष, कानुन व्यवसायी र सम्बन्धित निकायले अदालत धाइरहनुपर्ने झन्झटबाट ठूलो राहत पाउने अपेक्षा गरिएको छ।नयाँ व्यवस्थाको अर्को महत्वपूर्ण पक्ष भनेको सर्वोच्चका आदेशको प्रमाणित प्रतिलिपि अब देशभरका कुनै पनि अदालतबाट प्राप्त गर्न सकिने सुविधा हो।

    • प्रकाशित मितिः साउन ११, २०८३
    • २२३ पटक पढिएको
  • सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो: मन्त्री लम्साल

    काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य सडक दूरी छोट्याउनु, इन्धनको खपत घटाउनु तथा यात्रालाई सुरक्षित र सहज बनाउनु रहेको बताएका छन् ।सोमबार नागढुंगा सुरुङमार्ग उद्घाटन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले सुरुङमार्ग निर्माणको आवश्यकता सडकको दूरी, सवारीसाधनको चाप भायबिलिटी र भौगोलिक जोखिमका आधारमा निर्धारण हुने बताए । उनले लामो दूरी घुमेर यात्रा गर्दा इन्धनको बढी खपत हुने भएकाले सुरुङमार्गले यात्रा छोट्याएर इन्धन तथा यातायात लागत बचत गर्ने उल्लेख गरे । उनका अनुसार सुरुङमार्गले समयको बचतसँगै यातायातलाई थप प्रभावकारी बन

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ३२६ पटक पढिएको
  • नागढुंगा सुरुङमार्ग सञ्चालनको औपचारिक शुभारम्भ

    काठमाडौं / नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह आज भएको छ । आज सोमवार नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र जापानीज राजदुतले समग्र रुपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन ।लामो समयदेखि प्रतिक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको सडक आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा सरकारी अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको छ । 

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १६१ पटक पढिएको
  • फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु

    काठमाडौं— राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि एआई सीप व्यावसायिक क्षमता अभिवृद्धि कार्यशाला’ आजदेखि काठमाडौंमा सुरु भएको छ।दुईदिने कार्यशाला साउन ९ र १० गते बिहान ७ः०० बजेदेखि १२ः०० बजेसम्म काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलमा सञ्चालन भइरहेको छ। कार्यशालाको प्रायोजन पनि स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलले गरेको छ।कार्यशालामा आईटी विशेषज्ञ अजय शर्माले प्रशिक्षकका रूपमा सहजीकरण गरिरहेका छन्। कार्यशालामा फोटो पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग, अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाचार तस्बिरको क

    • प्रकाशित मितिः साउन ९, २०८३
    • १,२३१ पटक पढिएको
  • बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिएका छन् । पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन समस्या रहेको विषयमा सञ्चारमन्त्री डा तिमिल्सिनाले गम्भीर चाँसो देखाउनुहुँदै तत्काल सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् । त्यहाँ सडक सञ्जालबाट सामान ढुवानी गर्न सक्ने अवस्था नरहेकाले हेलिकप्टरबाट तत्काल सामान ढुवानी गर्ने व्यवस्था गर्न निर्देशन दिएका हुन् । मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल टेलिकमले साउन महिनाभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याइसक्ने प्रतिवद्धता जनाएको छ ।टेलिफोन टावर निर्

    • प्रकाशित मितिः साउन ८, २०८३
    • २६४ पटक पढिएको
  • काठमाडौं प्रहरीको एक वर्ष: एआई क्यामेरा र एआई ड्रोनको प्रयोगबाट उल्लेखनीय उपलब्धि

    काठमाडौं / काठमाडौं जिल्ला प्रहरी परिसरले आर्थिक वर्ष २०८२/८३ मा प्रविधिको प्रयोग बढाउँदै साइबर अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ तथा प्रहरी सेवा सुधारमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । परिसरले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका अधिकांश प्रहरी कार्यालयको पुनःसम्भार पनि सम्पन्न भएको जनाएको छ । आर्थिक वर्ष २०८२/८३ का गतिविधिको समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक एसपी पवन भट्टराईले जेनजी आन्दोलनका बेला जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका १२७ युनिटमध्ये ९७ वटा प्रहरी कार्यालय क्षतिग्रस्त भएको जानकारी दिए।उनले भने, ‘जेनजी आन्दोलनको बेलामा जिल्ला प्रहरी

    • प्रकाशित मितिः साउन ८, २०८३
    • १,२०१ पटक पढिएको
  • राष्ट्र बैंकको नयाँ व्यवस्थास् भारु २ र ५ सयका नोट नेपालमा चल्ने

    काठमाडौं / नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार तथा ओसारपसारसम्बन्धी नयाँ व्यवस्था लागू गर्दै भारतीय २ सय र ५ सय रुपैयाँका नोट नेपालमा प्रयोग गर्न खुला गरेको छ।राष्ट्र बैंकका अनुसार सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय २ सय र ५ सय रुपैयाँका नोट मात्रै नेपालमा वैधानिक रूपमा प्रयोग गर्न पाइनेछ। सो मितिभन्दा अघि जारी भएका त्यस्ता नोट भने अझै प्रतिबन्धित रहनेछन्।नयाँ व्यवस्थाअनुसार नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म ल्याउन, लैजान र सटही गर्न सक्नेछन्। तोकिएको सीमाभन्दा बढी रकम भए भन्सारमा अनिवार्य घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था गरिएक

    • प्रकाशित मितिः साउन ८, २०८३
    • २३५ पटक पढिएको
  • आरसीओडी थपका लागि ३२० जलविद्युत् आयोजना चार समूहमा वर्गीकरण

    काठमाडौं / नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन जलविद्युत् आयोजनाको ‘रिभाइज्ड कमर्सियल अपरेसन डेट’ आरसीओडी थप्ने प्रक्रियालाई पहिलो पटक स्पष्ट मापदण्डमा आधारित बनाएको छ ।अब आयोजनाको भौतिक प्रगति, पीपीएअन्तर्गतका दायित्व पूरा गरेको अवस्था तथा आरसीओडीको स्थितिका आधारमा चार समूहमा वर्गीकरण गरी फरक–फरक व्यवस्था लागू गरिने भएको छ । यसअघि असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ३२० निर्माणाधीन जलविद्युत् आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ समूहमा वर्गीकरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पहिलो चरणमा समूह ‘क’ र ‘ख’ मा परेका आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढाइएको छ । ऊर्जा, जलस

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १८० पटक पढिएको
  • हुम्लालगायत चार जिल्लामा टुजी–फोरजी सेवा विस्तार

    काठमाडौं / नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पु–याउने अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ । भौगोलिक रूपमा अति विकट हुम्ला जिल्लाको नाम्खा गाउँपालिकास्थित केर्मी टावर सञ्चालनमा आएसँगै नाम्खा गाउँपालिका वडा नं. २ र ४ अन्तर्गतका केर्मी, च्यादुक र चालागाउँका साथै सिमकोट–हिल्सा सडक खण्ड, तातोपानी खोला पर्यटकीय क्षेत्र, स्थानीय स्वास्थ्य इकाई, सरकारी का

    • प्रकाशित मितिः साउन ५, २०८३
    • २०३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.