काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् ।काठमाडौं उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले आज नयाँबसपार्क पुगी सेवा शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले नयाँबसपार्कसहित काठमाडौं उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए ।‘मन्त्रीको हैसियतले पदबहालीका क्रममा गरेको प्रतिबद्धताअनुसार निःशुल्क इन्टरनेट सेवा जडान सुरु गरेका हौँ । यसलाई विस्तारै उपत्यकाबाहिर पनि विस्तार गर्दै लैजानेछौँ । सरक
काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता, एवम् सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार सार्वजनिक गरेका हुन् ।बैठकले वैदेशिक रोजगार न्यायाधिकरणदेखि शहीद घोषणा, क्षतिपूर्ति वितरण, र अस्थायी दरबन्दी स्वीकृति लगायतका विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेलाई
काठमाडौं— अफगानिस्तानको विभिन्न प्रान्तहरूमा सोमबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प स्थानीय समयअनुसार राति १ बजे तिर गएको हो ।प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भूकम्पले देशका उत्तरपश्चिम, मध्य, पश्चिम, उत्तर, उत्तर–पूर्व तथा पूर्वी क्षेत्रमा धक्का दिएको उल्लेख छ । प्रारम्भिक जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु समंगन प्रान्तमा रहेको र त्यहीँ सबैभन्दा धेरै क्षति पुगेको बताइएको छ ।‘समंगन प्रान्त केन्द्रबिन्दु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । हालसम्म
काठमाडौं— अफगानिस्तानको सबैभन्दा ठूला सहरहरूमध्ये एक मजार–ए–शरीफनजिकै भूकम्प गएको छ । अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र खुल्म सहरबाट २२ किलोमिटर पश्चिम–दक्षिण–पश्चिममा थियो । यसको गहिराइ २८ किलोमिटर गहिराइमा मापन गरिएको छ । स्थानीय समयअनुसार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो ।
काठमाडौं— एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा माइकल फोले नियुक्त भएका छन् । उनको यो नियुक्ति कार्तिक १५ गते देखि लागू हुनेछ ।नयाँ सीईओ नियुक्तिसँगै कार्यवाहक सीईओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ) को महत्त्वपूर्ण भूमिकालाई निरन्तरता दिनेछन् ।दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव बोकेका फोलेले यस क्षेत्रका प्रमुख कम्पनीहरूमा कुशल नेतृत्वका साथ सफलता हासिल गरेका उल्लेखनीय रेकर्डहरु रहेका छन् । एनसेलमा आवद्ध हुनु अघि, फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्
काठमाडौं— हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणलाई तिब्रता दिएको छ । देशका सबै जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने केन्द्रीय ट्राफिक कन्ट्रोल रुम बग्गी खाना परिसरको प्राविधिक पुनर्निर्माण लागि झन्डै एक करोड रकम खर्च लाग्ने अनुमान गरिएको छ । सोही अनुसार काम भइरहेको छ । एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार जेनजी आन्दोलनका क्रममा धेरै भौतिक संरचनाहरु ध्वस्त भएको र आफूहरुका तर्फबाट ट्राफिक कन्ट्रोल निर्माण गरिरहेको जानकारी दिए । ‘धेरै अत्यावश्यक संरचनाहरु ध्वस्त भएका थिए । त्
काठमाडौं— टिकटक भिडियो बनाउन खोलामा हाम फालेका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँको शव फेला परेको हो।लगातार परेको अविरल वर्षाका कारण बाराको दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। गोसाइँ असोज १९ गते आइतबार बिहान ८स् ३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए। उनको सशस्त्र प्
काठमाडौं— फिलिपिन्समा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि सुनामीको चेतावनीसमेत जारी गरिएको छ ।भूकम्पको तीव्रता ७.४ म्याग्निच्यूड रहेको जनाइएको छ ।मिन्डानाओ क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्पबाट भएको जनधनको क्षतिबारे विवरण आउन बाँकी छ ।
एजेन्सी । चीनमा रोजगारदाताहरू एआई प्रतिभाको खोजीमा लागेका छन् । बेइजिङमा शरद ऋतु सुरु हुनसाथ रोजगार भर्ती मेलाहरू आयोजना गरिन्छ ।ति मेलाहरूमा यस बर्ष कम्पनीहरूले एआई क्षेत्रहरूमा धेरै रोजगारीका अवसरहरु सिर्जना गरेका छन् । उनीहरुले इन्टरनेट सम्बन्धित पदहरू आवेदन माग गरेका हुन् । एआई इमेजिङ अध्ययन गरेका तन्नेरीहरु मेलामा झुम्मिएका छन् । एआई पृष्ठभूमि भएका नयाँ भर्नाहरू बाहेक, धेरै भन्दा धेरै कम्पनीहरूले मानविकी वा सामाजिक विज्ञानमा स्नातकहरूको पनि खोजी गरेका छन् । किनभने एआई ठूला भाषा मोडेलहरू निर्माण गर्दा, कम्पनीहरूलाई ठूलो मात्रामा डेटा र प्रम्प्टहरू परिभाषित र परिष्कृत गर्न मद्दत च
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.