बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपाल उद्योग वाणिज्य महासङ्घको वर्तमान कार्यसमितिले प्रतिबद्धता जनाएअनुसार आर्थिक रूपान्तरणको मार्गचित्र सार्वजनिक गरेको छ ।मुलुकको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने निजी क्षेत्रले अबको दस वर्षमा के कस्ता गतिविधिमार्पmत थप योगदान र परिणाम निकाल्न सकिन्छ भन्ने लक्ष्यसहित महासङ्घले आफ्नो ५५औँ वार्षिक साधारण सभामा राष्ट्रिय आर्थिक रूपान्तरण–२०३० सार्वजनिक गरेको हो ।वर्तमान विश्वको आर्थिक गतिवधि नेपालको आवश्यकता र भोलिको अवस्थालाई गहन विश्लेषण गर्दै तयार पारिएको यो रूपान्तरणको खाकाले सन् २०३० सम्ममा नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर ब
बिर्तामोड (नागरीक दैनिकबाट) माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापाको पद खारेजीको पत्र संसद सचिवालयमा पठाएको छ। शुक्रबार पठाइएको पत्रमा थापाले दल त्याग गरेर एमालेमा गएका कारण उनलाई स्पष्टीकरण सोधिएकोमा जवाफ नदिएपछि सांसद पद खारेज गरिएको उल्लेख गरिएको छ।संसद् सचिवालयमा पत्र दर्ता गरेपछि राष्ट्रिसभाको अधिवेशन चालु नरहेकाले १५ दिनभित्र सूचना जारी गरी उनको पद खारेज भएको जानकारी गराउनुपर्ने संसद् नियमावलीको व्यवस्था छ। यसअघि माओवादी केन्द्रले प्रतिनिधिसभाका चार सांसदको पद पनि खारेज गर्दै पत्र पठाएको थियो।
बिर्तामोड (नागरीक दैनिकबाट) सुदूरपश्चिममा तस्करले वन मास्दै गएकाप्रति चिन्ता त गरिन्छ नै, अहिले त्योभन्दा ठूलो चिन्ता डढेलोले निम्त्याएको छ । सुदूरपश्चिम प्रदेशमा डढेलोले ३० प्रतिशत वनक्षेत्र सखाप पारेको आँकलन प्रदेश वन निर्देशनालयको छ । अत्यधिक गर्मी, त्यसमाथि हावाहुरी चल्दा यहाँ राष्ट्रिय तथा सामुदायिक वन डढेलोको चपेटामा परेका हुन्। डढेलोका कारण निस्कने धुँवाका कारण वायु प्रदूषण अर्को समस्या बनेर उभिएको छ।धनगढीका प्रदेश वन निर्देशनालय सुदूरपश्चिम निर्देशक हेमराज विष्टका अनुसार अहिले सामुदायिक र राष्ट्रिय वन डढेलोको मारमा पर्दैछ। ‘तराईबाट चुरेतर्फ हेर्दा ठाउँठाउँमा डढेलो लागेको देखिन्छ,’ उनले
बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले आज बेँसीशहर–१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आ–आफ्ना स्वार्थका कारण मिल्न नसक्ने बताउनुभयो ।वर्तमान सरकारलाई हटाउन सजिलो नभएको भन्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ । उनीहरुको अवस्था सजिलो छैन ।” उहाँले गण्डकी प्रदेश सरकार पनि बलियो रहेको बताउनुभयो ।मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत
बिर्तामोड (कान्तिपुर दैनिकबाट) पूर्वसहसचिव बाबुराम गौतमले शुक्रबार दिउँसो ४ बजेर ५ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘सुप्रबल जनसेवाश्री तृतीय । सुशोभन समारोह । राष्ट्रपतिको कार्यालय परिसर ।’ सँगै घाँटीमा सुप्रबल जनसेवाश्री तृतीय’ विभूषण भिरेर राष्ट्रपति भवन शीतल निवास अगाडि उनी उभिएको पूर्ण कदको तस्बिर पोस्ट गरिएको थियो ।संविधानको संरक्षक (राष्ट्रपति) बाटै प्रदान गरिएको उक्त विभूषणलाई नियालेर हेर्दा कालापानीरलिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा नै थिएन । सुनमा डिजाइन गरिएको विभूषणको मध्य भागमा देशको पुरानै नक्सा र त्यसमाथि राष्ट्रिय झन्डा अंकित लोगो छ । यो लोगो संविधानविपरीतसमेत
बिर्तामोड(कान्तिपुर दैनिकबाट) कांग्रेस सभापति शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा अक्सर लामो बोल्दैनन् । शुक्रबार बिहान कांग्रेसनिकट कर्मचारीको कार्यक्रममा भने उनले प्रशिक्षणको शैलीमा चुनाव र आगामी रणनीतिबारे लामै भाषण गरे ।प्रतिनिधिसभाभित्रको गणित र कांग्रेसको अवस्थाबारे उल्लेख गर्दै उनले भने, ‘हामीले हाम्रो धरातल बिर्सनु हुँदैन । अहिले सरकार बनाउन संख्या छैन । जुनसुकै बेला चुनावमा जानुपर्ने अवस्था आउन सक्छ । हामी तयारी अवस्थामा बस्नुपर्छ ।’गत चुनावमा कांग्रेसले किन हार्यो र अब कसरी जित्ने भन्ने विषयमा बोल्दै देउवाले तीन दलको बैठक बोलाउनुको कारण पनि खुलाए, ‘बैठक बोलाएको छैन, शेरबहादुरले वा
बिर्तामोड (गोरखापत्र दैनिकबाट) भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा शनिबारदेखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण हुने खतरा भएको भन्दै औपचारिक पूजामा सीमित गर्ने भनिए पनि सर्वोच्च अदालतको आदेशपछि रथ तानेर नै मनाइँदैछ तर भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालनाका साथ जात्रा मनाइने छ ।आठ रात नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । शनिबार भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिने छ । भैरवनाथको रथ टौमढीबाट पूर्वमा बुलुबुलु हिटी ९सुकुलढोका० र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने तथा तोकिएका आवश्यक व्यक्तिबाहेक अन्यलाई रथमा चढ्न रोक लगाइने भएको छ ।गुठी संस्थान भक्त
बिर्तामोड (गोरखापत्र दैनिकबाट) दिवा खाजा खान पाएका विद्यार्थीहरू बढी समयसम्म विद्यालयमा टिक्ने गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले गरेको अध्ययनले सो तथ्य औँल्याएको हो ।अध्ययनको निष्कर्षअनुसार नेपालको दिवा खाजा कार्यक्रममा भएको प्रत्येक एक अमेरिकी डलर बराबरको लगानीले पाँच दशमलब दुई अमेरिकी डलर बराबरको प्रतिफल दिएको पनि देखाएको छ । दिवा खाजा कार्यक्रमका कारण भर्ना दरमा समेत वृद्धि भएको डब्लूएफपीले प्रकाशन गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।डब्लूएफपीले आगामी सन् २०२३ सम्ममात्र दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सुरुमा २९ जिल्लामा ला
बिर्तामोड ( गोरखापत्र दैनिकबाट) राजधानीमा मेलम्चीको पानी वितरणका क्रममा हुनसक्ने चुहावट नियन्त्रण तथा मर्मत गर्ने क्रममा सडक खन्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० र सडक विभागबीच सहमति भएको छ ।केयूकेएलका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले पानी वितरणको क्रममा पाइनलाइनबाट हुने गरेका चुहावटको नियन्त्रण तथा मर्मतका लागि सडक खन्नुपर्ने भएकाले सोको स्वीकृतिका लागि शुक्रबार केयूकेएल र सडक विभागबीच सहमति भएको जानकारी दिनुभयो । चुहावट नियन्त्रणका लागि सडक विभागले स्वीकृति दिएको बताउँदै उहाँले मर्मतका क्रममा खनिएको सडकलाई सडक विभागले मर्मत गर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘चुहावट
बिर्तामोड (कान्तिपुर दैनिकबाट) कोरोनाको बेलायती भेरिएन्ट (प्रजाति) सँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या मुलुकभर बढिरहेको छ । संकलित नमुनाको विश्लेषण गर्दा सुरुमा बेलायतमा देखिएको प्रजाति (बी.१.१.७) सँग मिल्दोजुल्दो भाइरस बढी मात्रामा फैलिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।‘ब्राजिल र अफ्रिकामा देखिएका कोरोना भाइरसको नयाँ भेरिएन्टबारे पनि थाहा पाउन १५ वटा नमुना हङकङ पठाएका छौं । रिपोर्टको प्रतीक्षामा छौं,’ ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने ।ईडीसीडीका अनुसार कुनै समुदायबाट संकलित नमुनामा संक्रमण पुष्टि भएकामध्ये ७० प
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.