पत्रपत्रिका

    Showing 871-880 of 1,254 items.
  • सामुदायिक वनका उपभोक्तालाई बीमा सुविधा

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) सामुदायिक वनका उपभोक्ताले डढेलो र जनावरबाट आक्रमणबापत बीमा सुविधा पाउने भएका छन् ।नेपालको नमुनाका रूपमा रहेको २२ हजार ४१५ सामुदायिक वन उपभोक्ता समूहसँग आबद्ध रहेका डेढ करोड उपभोक्ताले बीमाको सुविधा पाउने भएका हुन् । यो सङ्ख्या भनेको नेपालको कूल जनसङ्ख्याको झण्डै आधा जनसङ्ख्या हो । यीमध्ये ११ सयवटा सामुदायिक वन महिलाको स्वामित्वमा रहेका छन् ।वन संरक्षण गरेर विश्व र देशकै वातावरण संरक्षणमा टेवा पु(याएर योगदान दिइरहेका उपभोक्ताको जीवन रक्षा र उपचारका लागि बीमा कार्यक्रम लागू गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 117 पटक पढिएको
  • भारतबाट मल ल्याउन सम्झौताको तयारी

    बिर्तामोड  (गोरखापत्र दैनिकबाट) कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजी ९सरकार–सरकार० सम्झौतामार्फत रासायनिक मल ल्याउने भएको छ ।सम्झौताका लागि दुवैतर्फबाट कागजात अदानप्रदान भएपछि अन्तिम सम्झौताका लागि तयारी भइरहेको कृषि मन्त्रालयका सचिव डा।योगेन्द्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, भारतसँग पाँच वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर हुन गइरहेको छ, यो सम्झौता भएपछि पाँच वर्षका लागि रासायनिक मलको समस्या हट्ने विश्वास हामीले लिएका छौँ ।सुरुको वर्ष दुई लाख माग गर्ने त्यसपछि वर्षैपिच्छे बढाउँदै जाने र पाँच लाख मेट्रिक टनसम्म मल भारतबाट ल्याउने सम्झौता हुन गइरहेको उहाँले बताउनुभयो

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 99 पटक पढिएको
  • फेरि महँगियो खाने तेल : वाणिज्य विभाग बेखबर

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको छ । बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको भाउ बिनाकारण महँगो भएको हो ।नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो पटक सनफ्लावर, भटमास र तोरीको तेलको भाउ मूल्य लिटरमै १० देखि १५ रुपियाँसम्म बढेको छ । सङ्घले १५ दिनअगाडि प्रतिलिटर २३५ देखि २४० रुपियाँ रहेको सनफ्लावर तेलको मूल्य २५० रुपियाँ पुगेको जनाएको छ । यस्तै यसअघि प्रतिलिटर २२० रुपियाँ रहेको भटमास

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 176 पटक पढिएको
  • ६ खर्ब ८७ अर्ब बढी राजस्व संकलन, कुल लक्ष्यको ६७.९६ प्रतिशत

    बिर्तामोड (राजधानी दैनिकबाट) सरकारले आइतबारसम्ममा कुल ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालू आर्थिक वर्षको कुल लक्ष्यको ६७.९६ प्रतिशत हो ।सरकारले चालू आव २०७७-७८ मा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । हालको अवस्था हेर्दा आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा लक्ष्य भेट्न कठिन हुने देखिएको छ ।सरकारले आइतबारसम्ममा कर राजस्वतर्फ लक्ष्यको ७० प्रतिशत उठाइसकेको छ । ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख लक्ष्य रहेको कर राजस्वमध्ये ६ खर्ब ४० अर्ब २५ करोड ४१ लाख उठेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । गैरकरतर्फ भने ४७।९२ प्र

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 111 पटक पढिएको
  • आठ लाख भूमिहीन

    बिर्तामोड (राजधानी दैनिकबाट) देशभरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ ।सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोगको प्रारम्भिक विवरणअनुसार अव्यवस्थित बसोबास गर्नेको संख्या ४ लाख १४ हजार ४ सय १८ रहेको छ भने भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या ४ लाख ६ हजार ५ सय २ रहेको छ ।आयोगले सातवटै प्रदेश र ७७ वटै जिल्लाबाट भूमिहीनको तथ्यांक संकलन गरेको थियो । जसअनुसार सातवटै प्रदेशका ७७ जिल्लाका २ सय ८७ स्थानीय तहबाट प्राप्त विवरणअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेको जम्मा संख्या

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 111 पटक पढिएको
  • कोरोनाको नयाँ भेरियन्ट : एकै दिन हजार बढी संक्रमित

    बिर्तामोड ( राजधानी दैनिकबाट) केही दिनयता नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमै फैलिएपछि यसबाट प्रभावितको संख्या दिनानुदिन हवात्तै बढ्न थालेको छ ।कोरोना भाइरस संक्रमित हुनेको संख्या आइतबार चार अंकमा पुगेको छ । केही दिनयता संक्रमणदर अत्यधिक रूपमा बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशभर ६ हजार २ सय ९० जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ३

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 114 पटक पढिएको
  • उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

    बिर्तामोड (राजधानी दैनिकबाट) निर्वाचन आयोगले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभासहित स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न तयारी थालेको छ । आयोगले उपनिर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा र देशभरका स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको विवरण संकलन थालेको छ ।उपनिर्वाचनको तयारी र मितिका विषयमा आयोगले सरकारसँगसमेत अनौपचारिक छलफल र संवाद गर्दै आएको छ । आयोगले हालसम्म राष्ट्रिय सभातर्फ दुई, प्रतिनिधिसभातर्फ चार तथा प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ४८ पद रिक्त रहेको बारे जानकारी प्राप्त भएको भनेको छ ।आयोगलाई सबैभन्दा सहज राष्ट्रिय सभाको उपनिर्वाचनका लागि छ । कानुनअनुसार आयोगल

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 97 पटक पढिएको
  • चन्द्रागिरी हिल्सले सार्वजनिक गर्‍योे तेस्रो त्रैमासको वित्तीय विवरण : १८ करोडभन्दा बढी खुद नोक्सानीमा

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) चन्द्रागिरी हिल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी रू। १८ करोड ११ लाख २० हजार खुद नोक्सानीमा रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नोक्सानी रकम बढेको छ । गत वर्ष यो अवधिसम्म कम्पनी रू। २ करोड १८ लाख ८ हजार नोक्सानीमा रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन आम्दानी घटेकाले खुद नोक्सानी बढेको देखिन्छ । गत वर्ष तेस्रो त्रैमाससम्म रू। ४१ करोड २२ लाख ११ हजार सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू। १७ करोड ४२ लाख २० हजार मात्र यो आम्दानी गरे

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 98 पटक पढिएको
  • जलविद्युत्मा नयाँ विवाद : पर्फर्मेन्स ग्यारेन्टीमा निजी क्षेत्रको आपत्ति

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) सरकारले जलविद्युत् आयोजनाहरूलाई हालै अनिवार्य गरेको पर्फर्मेन्स ग्यारेन्टीप्रति निजी क्षेत्रले आपत्ति प्रकट गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० ले पर्फर्मेन्सको सर्त उत्पादकका लागि दोहोरो मार भएको बताएको छ । आयोजना सुरु गर्नअघि जलविद्युत् कम्पनीले प्रतिकिलोवाट ६ सय रुपैयाँ अतिरिक्त बैंक जमानत सरकारसमक्ष प्रस्तुत गर्नुपर्ने नयाँ सर्त ऊर्जा मन्त्रालयले अघि सारेको छ । उक्त सर्तअनुसार निर्धारित मितिभन्दा आयोजना एक दिन पनि ढिलो गरी सम्पन्न भए सो जमानत रकम जफत हुनेछ ।निर्धारित समयमा आयोेजना सम्पन्न नभएमा जरिवाना हुने छुट्टै प्रावधान पनि विद्युत्

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 114 पटक पढिएको
  • अटोमोबाइल व्यवसाय ठप्पै

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) बन्दाबन्दी खुलेसँगै अघिल्लो वर्षको साउनयता क्रमशः अटोमोबाइलको माग बढ्दै गएकोमा यस वर्ष व्यवसाय चलायमान हुने अपेक्षा व्यवसायीको थियो । तर, पछिल्लो समय भारतमा बढ्दै गएको कोरोनाको प्रभावस्वरूप आपूर्ति हुन नसक्दा यस वर्ष पनि अटोमोबाइलको विक्री ठप्पै जस्तो छ । नेपालमा हरेक वर्ष दशैंअगाडि प्रायः भदौमा हुने नाडा अटो शोदेखि दशैंसम्म सबैभन्दा बढी गाडी विक्री हुने गरेको छ । त्यसपछि सबैभन्दा बढी विक्री नयाँ वर्षको समयमा हुने गरेको छ । २ वर्ष अघिसम्म फागुन लागेसँगै नेपालमा नयाँ भेरियन्टका गाडी सार्वजनिक हुने गरेको थियोे । पछिल्लो २ वर्ष भने अटोमोबाइल क्षेत्रमा उत्सा

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 104 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा