पत्रपत्रिका

    Showing 301-310 of 1,254 items.
  • एमसीसी अनुमोदन गर्न नेपाललाई थप समय

    बिर्तामोड (राजधानी दैनिकबाट)अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ ।१४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिंटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एमसीसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ । एमसीसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायता समीक्षा गरिएको उल्लेख छ ।बोर्ड बैठकमा नेपाल कम्प्याक्ट अनुदानको समीक्षात्मक छलफल भएको जनाइएको छ । नेपालमा एमसीसी अनुमोदन हुने कि नहुने

    • प्रकाशित मितिः पुस २, २०७८
    • 122 पटक पढिएको
  • योजना छनोटप्रति मन्त्री नै असन्तुष्ट

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) वार्षिक बजेटमा आउने सरकारी योजना छनोटप्रति मन्त्री नै असन्तुष्ट रहेको पाइएको छ । संघीय सरकारका प्राथमिकताका भनिएका आयोजनाहरू पहुँचवाला व्यक्तिको कब्जामा परेको र उनीहरूले बजेट किताबमा शब्द हालेर छनिरहेको भन्दै शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असन्तुष्टि जनाएकी हुन् ।‘संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट किताबमा शब्द हालेर छानिरहेका छन् । मुलुक कस्तो बनाउने भन्ने सपना राजनीतिक व्यक्तिको हो राजनीतिक व्यक्तिले नै योजनाको छनोट गर्न पाइरहेको अवस्था छैन,’ बिहीवार विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री झाँक्रीले भनिन् ।मन्त्री झाँक

    • प्रकाशित मितिः पुस २, २०७८
    • 153 पटक पढिएको
  • बुद्ध एयरका जहाजमा निरन्तर समस्या

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) निजीक्षेत्रको सफल र अग्रणी एयरलाइसन्स कम्पनी बुद्ध एयरका जहाजमा पटकपटक समस्या देखिँदै आएको छ । अन्य एयरलाइन्स कम्पनीका भन्दा ३ गुणा बढी यात्रु आवतजावत गराउने बुद्ध एयरमा पटकपटक समस्या देखिँदै आएको छ । यो समस्या बिहीवार पनि दोहोरिएको छ ।बिहीवार दिउँसो भरतपुरबाट काठमाडौंतर्फको उडानका क्रममा इन्जिनमा प्राविधिक समस्या देखिएपछि तुरुन्तै जहाज अवतरण गरिएको थियो । कल साइन ९एन–एईइैको बिचक्राफ्ट जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि जहाजलाई भरतपुर विमानस्थलमै सकुशल अवतरण गरिएको बुद्ध एयरले पे्रस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।उक्त जहाजमा २ जना बालबालिका, १७ जना वय

    • प्रकाशित मितिः पुस २, २०७८
    • 119 पटक पढिएको
  • किन उभिए देउवासँगै सिंह–निधि ?

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) सभापतिमा उम्मेदवारी दिएका विमलेन्द्र निधिको प्रमुख एजेन्डा थियो– कांग्रेसमा नेतृत्व परिवर्तन । कान्तिपुरसँग उनले भनेका थिए, ‘पहिलो चरणमा कसैको पनि बहुमत पुग्दैन, दोस्रो चरणमा हामी तीन जना (शेखर कोइराला, प्रकाशमान सिंह र निधि) एक ठाउँ हुनेछौं ।’कांग्रेसको नेतृत्व छान्न मंगलबार भएको दोस्रो चरणको मतदानमा प्रतिनिधिसँग मत माग्दै सभापतिका उम्मेदवार शेरबहादुर देउवासँग प्रकाशमान सिंह र विमलेन्द्र निधिलगायत ।निधिले भनेझैं सोमबारको मतदानबाट सभापतिको निर्क्योल हुन सकेन । दोस्रो चरणमा जाँदा गठजोड भने उनको भनाइविपरीत बन्यो । पहिलो चरणमा सभापतिमा उम्मेदवारी दिएका सिंह, निधि र

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 136 पटक पढिएको
  • कोइराला धार ‘कमब्याक’

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएका सबै प्रक्रिया सकिएसँगै कांग्रेस राजनीतिभित्रको एउटा पाटो फेरि कोइराला परिवारमै फर्किएको छ । १३औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य बनेका नेता डा। शेखर कोइराला १४औं महाधिवेशनमा सभापतिको रेसमा दोस्रो स्थान प्राप्त गरेसँगै काङ्ग्रेसभित्रको संस्थापन इतर समूहको नेतृत्व उनको हातमा परेको हो ।कांग्रेसको १२ औं महाधिवेशनसम्म नेतृत्वमा कोइराला परिवारकै हाली मुहाली थियो । त्यसबखत सुशील कोइराला सभापति बनेका थिए । कांग्रेसको १२औं महाधिवेशन १ देखि ५ गतेसम्म असोज २०६७ मा काठमाडौंमा भएको थियो । त्यसपछि १३औं

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 128 पटक पढिएको
  • साढे ३३ किलो सुन प्रकरण : मुख्य आरोपी तीन लाख रुपियाँ धरौटीमा छुटे

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) चार वर्षअघिको चर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी ५७ वर्षीय मोहनकुमार अग्रवाल मोरङ जिल्ला अदालतमा सोमबार हाजिर भएर तीन लाख रुपियाँ धरौटीमा छुटेका छन् । अदालतमा उपस्थित भएसंँगै प्रारम्भ भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश भरत लम्सालको इजलासले तीन लाख रुपियाँ धरौटी बुझाएर छाड्न आदेश दिएको थियो ।अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले न्यायाधीश लम्सालको इजलासले दिएको आदेशअनुसार धरौटी बुझाएर मुख्य अभियुक्त अग्रवाल छुटेको बताए। तस्करी गरी नेपाल भित्र्याइएको साढे ३३ किलो सुन गायब भएपछि गोरे भनिने चूडामणि उप्रेती सह

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 122 पटक पढिएको
  • एमाले केन्द्रीय कमिटीको बैठकः ओलीको ‘एलकौटी’ गरेपछि १० बुँदे पक्षधर एकै ठाउँ

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को केन्द्रीय कमिटी बैठकमा पदाधिकारीबीच चर्काचर्की भएको छ । अध्यक्ष केपी शर्मा ओलीको विभिन्न प्रस्तावसँगै पदाधिकारीबीच चर्काचर्की भएको हो ।शनिबार र आइतबार एमालेको केन्द्रीय कमिटी बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बसेको थियो । बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्य मनोनयन गर्ने, पोलिटब्युरो र स्थायी कमिटीको सदस्यसहित नेताहरूको जिम्मेवारी बाँडफाँटलगायतका प्रस्ताव गरेका थिए ।अध्यक्ष ओलीको प्रस्तावप्रति पदाधिकारीले आपत्ति जनाउँदै विरोध गर्न थालेको बैठकमा सहभागी एक नेताले बताए । विवादकै कारण आइतबार नै सम्पन्न भएको बैठकको निर्णय सोमबार

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 117 पटक पढिएको
  • दाहालको अभिव्यक्तिपछि पुँजीबजारमा पहिरोका पहिरो

    बिर्तामोड (राजधानी दैनिकबाट) दैनिकजसो ओरालो लागेर आजित भएका लगानीकर्ता सोमबार पनि प्यानिक अवस्थामा नै रहे ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेपछि लगानीकर्ताहरू आतिँदै बचेको सेयर पनि डुब्ने हो कि भन्ने त्रासमा सस्तोमा बेच्न थाल्दा यो स्थिति आएको हो । जसका कारण सोमबार सेयर बजार खुलेको १० मिनेलगत्तै ६७ अंकको पहिरो गयो । १ बजेसम्ममा १ सय २ अंकसम्म घटेको सोमबारको सेयर बजार ७९ अंकले घटेर थामेको थियो ।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालको शनिबारको अभिव्यक्तिका कारण आइतबार पनि सेयर बजार ८८ अंकले ओरालो लागेको थियो । यद्यपि सोमबार दाहालले ए

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 120 पटक पढिएको
  • कांग्रेस महाधिवेशनः परिणामबारे आम कौतुहलता, कसले मार्ला बाजी?

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रम राति अबेर सकिएसँगै नतिजाबारे आम कौतुहलता बढेको छ ।सभापतिका पाँच दाबेदारमध्ये सबैभन्दा बलियो रहेका अनुमान गरिएका वर्तमान सभापति शेरवहादुर देउवाले पहिलो चरणमै बाजी मार्छन् कि रोकिन्छन् भन्ने प्रमुख चासो रहेको छ । अहिले सम्मको गणना अनुसार देउवा झण्डै ८० मतल अगाडी देखिएका छन् । उनलाई कोईरालाले पछ्याई रहेको अवस्था छ ।कांग्रेस विधानमा सभापतिका लागि दुईभन्दा बढी उम्मेदवार भएमा निर्वाचित हुन कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारको ५०

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 132 पटक पढिएको
  • निफ्राबाट प्रवाहित कर्जा पुनर्तालिकीकरण गर्न पाइने

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट)  अब पूर्वाधार विकास बैंक अर्थात् नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)आफ्नो कर्जा पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने भएको छ । यसअघि पूर्वाधार विकास बैंकबाट प्रवाहित कर्जा पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाइने थिएन । तर, राष्ट्र बैंकले सोमवार पूर्वाधार विकास बैंकको नाममा एक निर्देशन जारी गर्दै यसका लागि बाटो खुला गरिदिएको हो ।हाल नेपालमा निफ्रा मात्र पूर्वाधार विकास बैंकको रूपमा सञ्चालनमा छ । यस्तै, राष्ट्र बैंकले सीमित क्षेत्रका कर्जाको ब्याजदलाई पूँजीकरण गर्न पाइने व्यवस्था पनि गरिदिएको छ । ऋणीले पेश गरेको लिखित कार्य योजनामा आधारमा बैंक कर्जा अस

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 123 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा