पत्रपत्रिका

    Showing १,२५१-१,२६० of १,२६७ items.
  • भटमास तेलले बढायो निर्यात

    बिर्तामोड ( अभियान दैनिकबाट ) भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेलको निर्यात भने करीब २२९ प्रतिशतले बढेको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महीनाको अवधिमा नेपालबाट कुल रू। ६९ अर्ब ९१ करोडको वस्तु निर्यात भएकोमा रू। १९ अर्ब ५९ करोडको भटमासको तेलको निर्यात भएको तथ्यांकले देखाएको छ, जुन कुल निर्यातको २८ प्रतिशत हिस्सा हो ।तेस्रो मुलुकबाट कच्चा पाम आयात गरी व्यवसायीले भारतमा प्रशोधित पाम तेल निर्यात गरेका थिए । तर पाम तेलको निकासीमा भारतले प्रतिबन्ध लगाएपछि तिनै उद्योगब

    • प्रकाशित मितिः फागुन ९, २०७७
    • १४२ पटक पढिएको
  • प्रदेश गौरवको परियोजनालाई नै रकम अभाव

    विराटनगर (अभियान दैनिकबाट ) विराटनगर महानगर पालिकाको वडा नम्बर १ मा पर्ने घिनाघाटदेखि २२ किलोमिटर उत्तर पूर्वपश्चिम राजमार्गमा पर्ने विराटचोक जोड्ने प्रदेश १ कै गौरवको योजना रकम अभावमा निर्माण प्रभावित भएको छ । घिनाघाट–विराटचोक चारलेन सडक आयोजनालाई प्रदेश सरकारले सहलगानी कोषमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाएको छ । आयोजना सम्पन्न हुन चार महीना बाँकी हुँदा करीब ४० प्रतिशत भौतिक र ३७ प्रतिशत मात्रै आर्थिक प्रगति छ ।उक्त सडकको तीनओटा भागमा ठेक्का लागे पनि मिलनचोकदेखि घिनाघाटसम्म २ किलोमिटर सडकमा भने ठेकेदारले भर्खरै काम थालेका छन् । प्रदेश सरकारले समयमा ठेकेदारलाई भुक्तानी नदिएपछि अहिले ठेकेदार क

    • प्रकाशित मितिः फागुन ९, २०७७
    • १४६ पटक पढिएको
  • ओरेन्टलको मुद्दा फेरि सहकारी विभागमा

    बिर्तामोड ( कारोवार दैनिकबाट ) सर्वसाधारणको बचत फिर्ता गर्न नसकेका कारण सरकारले समस्याग्रस्त घोषणा गरेको ओरेन्टल सहकारीको मुद्दा फेरि संघीय सहकारी विभागमा पुगेको छ । ओरेन्टलको सम्पति खोजबिन गरी दायित्व फरफारक गर्नका लागि सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको थियो । समितिले ओरेन्टलको सम्पत्ति लिलामी गर्ने तयारी गरिरहेका बेला सर्वोच्च अदालतले नयाँ ऐनका आधारमा ओरेन्टल सहकारीलाई कारवाही गर्न नसक्ने फैसला गरेपछि काम रोकिएको थियो ।समितिमा सहकारीका अध्यक्ष सुधिर बस्नेतले महालक्ष्मी नगरपालिका—२ स्थित निर्माणाधिन अपार्टमेन्ट पूरा गरी बचतकर्ताको रकम फिर्ता गर्ने योजना पेश गरेक

    • प्रकाशित मितिः फागुन ९, २०७७
    • १४२ पटक पढिएको
  • चौतर्फी दबाबमा निर्वाचन आयोग

    बिर्तामोड ( नेपाल समाचारपत्र दैनिकबाट ) निर्वाचन आयोगको भुमिकालाई लिएर प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुले सार्वजनिकरूपमै प्रश्न तेस्र्याउन थालेका छन् ।आयोगको भुमिकालाई आ–आफ्नो राजनीतिक लाइन र अपेक्षाको हिसाबले राजनीतिक दलका नेताहरुले सार्वजनिकरूपमै आलोचना गर्न थालेका हुन् ।प्रतिनिधिसभाको विघटन गरी आउँदो वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरिएसँगै मुलुकको राजनीति त्यसको पक्ष र विपक्षमा विभाजित छन् । यसै आधारमा आयोगको भुमिकामाथि प्रश्न उठाउन थालिएको हो । त्यसमाथि निर्वाचनअघि नै नेकपाको आधिकारिताको विवाद टुंग्याउनुपर्ने मुख्य जिम्मेवारी रहेको छ । यसले गर्दा पनि विशेषतः नेकपाको पुष्पकमल दाहाल

    • प्रकाशित मितिः फागुन ९, २०७७
    • १५५ पटक पढिएको
  • साताभित्रै संसद विघटनको टुङ्गो लाग्ने

    बिर्तामोड(नेपाल समाचार दैनिकबाट)प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाइ सुन्दा लाग्छ– प्रतिनिधिसभा विघटनविरुद्धको विवादको टुङ्गो यो साताभित्र नै लाग्छ । उहाँको भनाइले सो विवाद यही फागुन ११ गतेदेखि जुनसुकै दिनमा समाधान हुने देखिन्छ ।प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि पक्ष–विपक्ष र एमिकस क्युरीको भनाइ सकिएपछि प्रधानन्यायाधीश राणाले शुक्रबार फागुन ११ वा १२ वा अन्य जुनसुकै दिनमा पनि निर्णय आउने उल्लेख गर्नुभएको छ ।सबै पक्षको बहस सकिएपछि अब सबैको ध्यान सर्वोच्चमा गएको छ । सरकार पक्षले प्रतिनिधिसभा विघटन गरिएको कार्य संविधानसम्मत छ भन्ने जिकिर गरिरहेको छ भने अन्य पक्षले सरकारको कार्य गैरस

    • प्रकाशित मितिः फागुन ९, २०७७
    • १४४ पटक पढिएको
  • पूर्वप्रधानमन्त्री भट्टराईलाई ट्युमर , उचारका लागि भारत जाँदै

    बिर्तामोड ( अन्नपुर्ण पोष्ट दैनिकबाट ) पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाँदै छन्। उनी आइतबार नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जाँदै छन्।उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए। अहिले चिकित्सकहरुले न्युरो (इन्डोक्राइनको ट्युमर) भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन्। दिल्लीमा उनको उपचार इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसुमा हुनेछ।उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्

    • प्रकाशित मितिः फागुन ९, २०७७
    • १५३ पटक पढिएको
  • भागरथीको शव बुझ्न परिवारद्वारा अस्वीकार

    बिर्तामोड ( राजधानी दैनिकबाट )  बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्याका आरोपितलाई प्रहरीले पक्राउ गरे पनि आफन्तले अझै शव बुझेका छैनन् । प्रहरीले अभियुक्त दिनेश भट्टलाई बुधबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकेको छ ।प्रहरीले मृतक भागरथीको आफन्त पर्ने दिनेशलाई पक्राउ गरेको भए पनि प्रमाण देखाउनुपर्ने भन्दै शव बुझ्न अस्वीकार गरेको भागरथीका आफन्तले बताएका छन् ।यसैबीच भागरथीको हत्या गरेको आरोपमा पक्राउ परेका दिनेशले परिवारका सदस्य र आफ्नै बुबासँग समेत आफूले नै हत्या गरेको बताएका छन् ।१८ वर्षीय दिनेशले परिवारका सदस्यसँग भागरथीको हत्या आफूले नै गरे

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • १४० पटक पढिएको
  • कांग्रेसका शीर्ष नेताका एउटै मञ्चमा दुईथरी कुरा

    बिर्तामोड ( नागरिक दैनिकबाट ) प्रतिनिधिसभा विघटन र त्यसविरुद्ध जारी गतिविधिलाई लिएर कांग्रेसका शीर्ष नेताले एउटै मञ्चमा परस्पर विरोधी धारणा व्यक्त गरेका छन्। नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले परस्पर बाझिने अभिव्यक्ति दिएका हुन्।कार्यक्रममा सभापति देउवाले संसद् विघटनसम्बन्धी मुद्दामा अदालतलाई यही गर भनेर राजनीतिक दलले भन्न नहुने बताए। ‘अदालतलाई हामीले यसो गर, उसो गर भन्ने होइन। सडकमा आन्दोलन गर्ने होइन’, उनले अगाडि थपे, ‘संसद् विघटनसम्बन्धी मुद्दा अदालतमा विधाराधीन छ, अदालतको फैसला हामी मान्छौं,

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • १६० पटक पढिएको
  • अमेरिकी अन्तरिक्ष यान मङ्गल ग्रहमा अवतरण

    बिर्तामोड ( नागरिक दैनिकबाट ) अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ। नेपाली समयानुसार शुक्रवार बिहान करिब २ः४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो।सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए। रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको थियो। सर्फेस मिसन म्यानेजर जेसीका स्याम्युएल्सका अनुसार अब पर्सिभिअरन्सका सबै कुरा सञ्चालन गर्न सकिने अवस्थामा छरछैन भनेर हेरिने छ।उक्त रोभरले रातभर आफ्नो ब्याट्री चार्ज गर्ने छ। यो सन् १९७०को दशकको भाइकीङ

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • १४७ पटक पढिएको
  • निषेधको राजनीति सुरु गरियो: पूर्वराजा ज्ञानेन्द्र

    बिर्तामोड ( नागरिक दैनिकबाट ) पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीति सुरु गरिएको भन्दै यसबाट मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा सन्देशमा भनेका छन्, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुन्छ । निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको छ ।’ प्रजातन्त्र भनेको अद्यावधिक निर्वाचन र दल विशेषका नेताहरूको शासन प्रणाली मात्र होइन भन्दै उनले यो सामाजिक जीवन पद्धति पनि भएको र नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्र प्रजातन्त्रका प्राण रहने बताएका छन् ।’

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • १५३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.