पत्रपत्रिका

    Showing 1,071-1,080 of 1,254 items.
  • आजदेखि घर–घरमा मेलम्ची

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबारदेखि उपभोक्ताको घरमा पठाइने भएको हो ।मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भन्नुभयो, “सुन्दरीजलको एउटा प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटर पानी काठमाडौँ पठाइन्छ, त्यसमध्ये काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०ले केही पानी पुरानो पाइपलाइनबाट वितरण गर्छ भने केही पानी

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 108 पटक पढिएको
  • चार गुणाभन्दा बढीको आवेदन

    बिर्तामोड (गोरखापत्र दैनिकबाट)  राष्ट्रिय जनगणना २०७८ का लागि खुला गरिएको आवेदनमा झन्डै दुई लाखले आवेदन दिएका छन् ।जनगणनाका लागि सुपरीवेक्षक आठ हजार र गणक ३९ हजार गरी ४७ हजार जनशक्ति माग गरिएकोमा एक लाख ८९ हजार २३ जनाले आवेदन दिएका हुन् । केन्द्रीय तथ्याङ्क विभागले गत माघ ११ गतेदेखि चैत ११ गतेसम्म दुई महिनाका लागि आवेदन खुला गरेको थियो ।माग गरिएभन्दा करिब चार गुणाभन्दा बढीले आवेदन दिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका उपमहानिर्देशक डा। हेमराज रेग्मीले एक लाख ३६ हजार ७०१ जनाले गणक पदमा, १८ हजार ५१३ जनाले सुपरीवेक्षक र दुवै पदमा ३३ हजार ८०९ जनाले आवेदन दिएको जानकारी दिनुभयो ।उ

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 109 पटक पढिएको
  • सरकार र निजी क्षेत्र एकअर्काका सहयात्री : प्रधानमन्त्री

    बिर्तामोड (गोरखापत्र दैनिकबाट)  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्र एकअर्काका सहयोगी बनेर मात्रै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने बताउनुभएको छ ।उद्योग सङ्गठन मोरङको नवनिर्वाचित पदाधिकारी पदस्थापनको अवसर तथा ‘मेरो देश मेरै उत्पादन’ अभियानको शुक्रबार ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले निजी क्षेत्र सरकारको सहयात्रीका रूपमा रहनुपर्ने बताउनुभएको हो । उहाँले मुलुक निर्माणका लागि सबैको सामूहिक पहल आवश्यक रहेको बताउँदै उत्पादनमा जाँगर र उपभोगमा विश्वासप्रेरित कार्यबाट मात्रै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा हुनसक्ने बताउनुभयो ।‘मेरो देश मेरै उ

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 119 पटक पढिएको
  • वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो

    बिर्तामोड (नागरीक दैनिकबाट)  महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा ९गत आवबाट सरिआएका २ सय ८२० रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन्।यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र इङनामले परिवारकै सदस्यबाट भएको अन्यायविरुद्ध लड्ने चेतना जागृत भएकाले सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढेको हुनसक्ने बताए। ‘घर–परिवारमा बेमेल भए पनि अन्याय सहेर बस्ने चलन विस्तारै हटेको देखिन्छ,’ उनले भने, ‘आफूमाथि अ

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 111 पटक पढिएको
  • खोपको दोस्रो मात्रा वैशाख ७ देखि

    बिर्तामोड( कान्तिपुर दैनिकबाट) कोरोनाविरुद्धको दोस्रो मात्रा खोप वैशाख ७ देखि लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा। तारानाथ पोख्रेलले वैशाख ७–११ सम्म दोस्रो मात्रा खोप दिने गरी तयारी भइरहेको बताए ।माघ १४ देखि सुरु पहिलो चरणको खोप अभियानमा सामेल ४ लाख ३८ हजार ८ सय ७९ जनालाई दोस्रो मात्रा दिइन लागिएको हो । पहिलो चरणमा स्वास्थ्यकर्मी, कर्मचारीलगायतले ‘कोभिसिल्ड’ खोप लगाएका थिए ।दोस्रो चरणअन्तर्गत फागुन २३ देखि खोप लगाएका १२ लाख ३४ हजार ३ सय ४८ जनालाई जेठको अन्तिम वा असारको पहिलो सातादेखि दोस्रो मात्रा खोप लगाउने तयारी रहेको डा। पोख्रेलले जनाए । उनका अन

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 109 पटक पढिएको
  • बलात्कृत अपांगलाई न्याय मुस्किल

    बिर्तामोड (कान्तिपुर दैनिकबाट)  छोरीलाई बुबासितै राख्ने र बेला–बेला आमासित भेट गराउने सहमतिमा पति–पत्नीले सम्बन्ध विच्छेद गरे । अलग्गै बसिरहेकी आमाले एक दिन जब ६ वर्षीया छोरीलाई भेटिन्, उनको योनिबाट रगत बगिरहेको चाल पाइन् । उनले फकाइफुल्याइ सोधिन् । बालिका जन्मजात कान सुन्न सक्दिनन् । बोल्न जान्दिनन् । उनले कापीमा चित्र लेखेर आफ्नै बुबाले बलात्कार गरेको खुलाइन् ।छोरीलाई लिएर उजुरी दिन आमा प्रहरीकहाँ पुगिन् । प्रहरीले उजुरी लिन मानेन । अस्पतालको रिपोर्टका आधारमा बलात्कार भएको प्रमाणसहित अधिकारकर्मी र सरोकारवालाको निरन्तर दबाबमा बल्ल जाहेरी दर्ता गर्‍यो । प्रहरीले उनीहरूसँग बालिकालाई सांकेत

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 239 पटक पढिएको
  • निलम्बित चौधरीलाई फकाउन मन्त्रीदेखि सांसदसम्म कारागार पुगे

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निजी सचिवालयबाट बिहीबार बिहान अचानक डिल्लीबजार कारागारका जेलर वसन्त पुरीलाई खबर गयो, ‘मन्त्रीज्यँ, कारागारमा आउँदै हुनुहुन्छ, समय मिलाउनु होला ।’ जेलर पुरी आफ्नै कार्यकक्षमा थिए । उनले हतारहतार कर्मचारीलाई बोलाएर कार्यकक्षका टेबल÷सोफा मिलाउन निर्देशन दिए । त्यसको केहीबेरमा करिब सवा ८ बजेतिर सुरक्षाकर्मीको दलबलसहित मन्त्री भट्ट कारागार प्रवेश गरे। मन्त्रीलाई स्वागत गर्दै जेलर पुरीले सिधै आफ्नो कार्यकक्षमा लगे। केहीबेरमै कैलाली–१ का निलम्बित सांसद रशमलाल चौधरी जेलरको कार्यकक्षमा आए । मन्त्री भट्टले जेलरसँगै

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 155 पटक पढिएको
  • एक्कासि प्रदूषणले ढाक्यो

    बिर्तामोड (राजधानी दैनिकबाट) वायु प्रदूषणको मात्रा शुक्रबार दिउँसो एक्कासि चढेपछि मुलुकका मुख्य सहरमा जनजीवन प्रभावित बन्न पुगेको छ । मुलुकभर वन डढेलोका कारण वायु प्रदूषण बढेपछि जनजीवन प्रभावित भएको हो ।शुक्रबार दिउँसो एक्कासि वायु प्रदूषणका कारण आँखा पोलेको सबैले महसुस गरेका थिए । उपत्यकावासीले धुवाँ र धुलो मिसिएको हावाले भिजिबिलिटी कम भयो । धुवाँ र धुलो मिसिएको हावाले वायुमण्डल ढपक्कै भएको थियो ।दिउँसो ३ बजेपछि त काठमाडौंको भिजिबिलिटी यति कम भयो कि त्रिभुवन विमानस्थलमा जहाज अवतरण र उडान हुनै नसक्ने भयो । साढे १२ बजेसम्म काठमाडौं एयरपोर्टमा भिजिबिलिटी ३ हजार ५ सय मिटर थियो तर ३ बज्दा त्यो १ ह

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 163 पटक पढिएको
  • विभाजनबाट जोगियो एमाले

    बिर्तामोड ( राजधानी दैनिकबाट)  विभाजनको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० अन्ततः विभाजनबाट जोगिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा असन्तुष्ट पक्षका प्रायः सबै सांसद उपस्थित भएपछि एमालेमा देखिएको विवाद बिस्तारै मत्थर हुने अवस्थामा पुगेको छ ।बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका प्रायः सबै सांसद उपस्थित थिए । वरिष्ठ नेता नेपाल र अर्का नेता भीम रावलबाहेक अन्य सबै सांसद संसदीय दलको बैठकमा सहभागी भएर आफ्नो कुरा राखेका थिए । यसअघि अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी र संस

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 139 पटक पढिएको
  • पाँच दिनयता संक्रमित ह्वात्तै बढे

    बिर्तामोड ( राजधानी दैनिकबाट) कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो । मुख्यतः भारतमा संक्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण संक्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा थप ५९ हजार १ सय १८ जनामा संक्रमण देखिएको छ ।भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा संक्रमणबाट २ सय ५७ जनाको मृत्यु भएको छ । भारतमा रहेका नेपाली फर्किनेक्रम समेत बढेको छ । तीमध्ये केहीमा संक्रमण देखिएको छ ।गत सोमबार १ सय ५०, मंगलबार १ सय ८८, बुधबार १ सय ४५, बिहीबार १ सय २

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 156 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा