बिर्तामोड (सौर्य दैनिकबाट) नेपालको जेलमा रहेका कैदीबन्दीमा सबैभन्दा बढि बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका रहेका छन् । ७२ किसिमको अपराधमा भएको सजायमा कुल कैदीमध्ये २५ प्रतिशत बढि बलात्कार मुद्दामा संलग्न रहेका हुन् । बलात्कारको मुद्दा संलग्नहरु अन्य मुद्दाको तुलनामा धेरै रहेको देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार अपराधमध्ये बलात्कारमा जोडिनेको संख्या २५।६७ प्रतिशत रहेका छन् । चैतको दोस्रो सातासम्म हेर्ने हो भने ७२ किसिमका अपराधमा २५ हजार ५१३ जना कैदीबन्दी जेलमा छन् । अनुपातमा हेर्ने हो भने अपराधगत रूपमा सबैभन्दा बढी ६ हजार ५५१ जना कैदीबन्दी बलात्कारको मुद्दामा कारागार भुक्तान गरिरहेको विभागको तथ्यांकले देखाउँछ । कारागार आईरहेका नयाँ कैदीमध्ये पनि बलात्कार कै मुद्दामा आउनेको संख्या अझै बढ्दो रहेको देखिन्छ ।

बलात्कार मुद्दामा कैद रहेका सबैभन्दा धेरी बन्दी केन्द्रीय कारागार जगन्नाथ देवलमा रहेका छन् । त्यहाँ १ हजार ७१, नख्खु कारागारमा ३७९, डिल्ली बजार कारागारमा ८८, भीमफेदी कारागारमा २१६, सुनसरी झुम्का कारागारमा ६०६ जना रहेका छन् । यस्तै, झापा कारागारमा १८३, कैलाली कारागारमा १५४, कञ्चनपुर कारागारमा ८७, कालिकोट कारागारमा ६ जना रहेको विभागले जानकारी दिएको छ । कास्की कारागारमा २१२ जना, दाङको तुल्सीपुरमा १५६ जना र घोराहीमा ९४ जना, तनहुँमा ७२ जना गरी देशभरमा ६ हजार ५५१ जना रहेको विभागको तथ्यांकले देखाउँछ । विभागका सूचना अधिकारी देवर्षि देवकोटाका अनुसार झण्डै त्यति नै संख्यामा बाल सुधारगृहमा पनि बलात्कारको मुद्दामा १८ वर्षमुनिका किशोर तथा बालकहरूको रहेको जानकारी दिए ।

OM Sai Pathibhara Hospital

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार यो आर्थिक वर्षको पछिल्लो ९ महिनामा १ हजार ४४९ वटा बलात्कारका घटना प्रहरीमा उजुरीका रूपमा दर्ता भएका छन् । जसमा १६ वर्षमुनीका पीडित ७ सय १८ जना रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७६र७७ मा यो उमेर समुहका पीडितले १ हजार ७४ वटा उजुरी दर्ता गराएका थिए । बलात्कारको घटनामा १ वर्ष मूनिका बालिकाहरु पीडित बनेको देखिन्छ । प्रहरीको तथ्यांकलाई हेर्ने हो भने १६ वर्षमुनिका पछि १७ देखि २५ वर्षसम्मका युवतीहरू पीडित भएको देखाउछ । प्रहरीका अनुसार ७५ प्रतिशत आफ्नै आफन्त र चिनजानका मानिस बाट बलात्कार हुने गरेको छ । ‘प्रहरीले गर्ने अनुसन्धानलाई हेर्ने हो भने ७०÷७५ प्रतिशत बलात्कारका घटना नजिकका मान्छेले घटाएको देखिन्छ,’ प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले भने । पछिल्लो समय बलात्कारका घटना सार्वजनिक हुने क्रम बढेको प्रहरी प्रवक्ता एसएसपी कुँवरले बताए ।

उनका अनुसार कानूनको दायरा बढेको, जबरजस्ती करणीको परिभाषा बढेको, उजुरीको हदम्याद १ वर्ष भएको, सामाजिक सञ्जालमा पहुँच बढेको आदिले गर्दा बढी घटना सार्वजनिक हुने गरेको उनले बताए । ‘पछिल्लो समयमा इन्टरनेटको पहुँच बढ्दै गएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पनि बढेको कारणले जबरजस्तीकरणीको बारेमा जानकारी र त्यसको दुरुपयोगले गर्दा पनि बढेको देखिन्छ,’ एसएसपी कुँवरले भने, ‘यसको सकारात्मक पाटो मानिसहरू सचेत भएर पनि उजुरी गर्ने क्रम बढेको हो ।’​

अपराधमा संलग्न महिला पनि बढे

प्रहरी तथ्यांकअनुसार अघिल्ला वर्ष९आर्थिक०मा भएका विभिन्न अपराधमा चार हजारभन्दा बढी नेपाली महिला पक्राउ परेका छन् । यस आर्थिकवर्षको शुरुका ६ महिनाको तथ्यांक अनुसार ८५३ महिला पक्राउ परेका छन् । आर्थिक वर्ष ०७५÷७६ मा मान्छे मारेको आरोपमा एक सय ५८, मान्छे मार्ने प्रयाश गरेको आरोपमा १० जना, आत्महत्या दुरुत्साहनमा १३ जना, साधारण चोरीमा एक सय १ जना, जुवामा ९५ जना, ठगीमा एक सय १ जना, लागु औषधमा दुई सय ४१ जना, बहु विवाहमा ७ सय ४३ जना, मानव बेचबिखन तथा ओसारपसारमा एक सय जना, बाल विवाहमा २९ जना, बलात्कारमा २५ जना, बोक्सीको आरोप लगाउनेमा १६ जना, बैंकिङ कसुरमा एक सय ५१ जनासहित २ हजार ८ सय ५ जना पक्राउ परेका थिए ।

गत आर्थिक वर्षमा २ हजार ३ सय ९८ जना महिला पक्राउ परेका थिए । तीमध्ये मान्छे मारेको आरोपमा एक सय १९, मान्छे मार्ने प्रयास गरेकोमा २७, आत्महत्या गर्न दुरुत्साहन गरेकोमा ३१ जना, साधारण चोरीमा ८४ जना, जुवा तथा सट्टे‍बाजीमा एक सय २७ जना, लागु औषधमा एक सय ९२ जना, अपहरण तथा शरिर बन्धकमा ११ जना, मानव बेचबिखन तथा ओसारप्रसारमा ६२ जना, बहु विवाहमा चार सय १० जना, बाल विवाहमा ३५ जना, बलात्कारमा २४ जना, बोक्सीको आरोप लगाउनेमा १३ जना, संगठित अपराधमा १२ जना, साइबर अपराधमा २ जना, बैंकिङ कसुरमा ३५ जना पक्राउ परेका थिए ।