काठमाडौं— काठमाडौंको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

सोलुखुम्बु घर भई कपनमा बस्दै आएका २५ वर्षीय पासाङ मिङ्मा शेर्पाको उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले जानकारी दिए ।