मनोरञ्जन

    Showing 841-850 of 2,829 items.
  • पर्वतबाट सुरु भयो ‘ककाकिकी’को छायांकन

    नयाँ फिल्म ‘ककाकिकी’को छायांकन सुरु भएको छ । आज (बिहीबार) बिहान शुभमुर्हुत गर्दै ३५ दिने तालिका तय गरेर निर्माण टिमले पर्वतको भूकदेउरालीबाट छायांकन सुरु गरेको हो । अबको २० दिन पर्वतमा गाउँको परिवेशका दृश्यहरु छायांकन हुनेछ । त्यसपछि काठमाडौंमा छायांकन गरिने फिल्मका निर्देशक बिक्की अगरवालले जानकारी दिएका छन् ।अहिले छायांकनमा फिल्मका सबैजसो कलाकार पुगेका छन् । अभिनेत्री तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकार अहिले छायांकनस्थलमा छन् । साथै अभिनेत्री गौरी मल्ल केहिदिनमा पुग्ने फिल्मकी अर्की निर्देशक श्रृद्धा प्रसाईंले जानकारी दिइन् । प्रसाईंका

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 407 पटक पढिएको
  • दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार

    दसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् ।  चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले असोज २० गते राती ११ बजेर ५५ मिनेटसम्म रु तीन करोड ७५ लाख ५३ हजार २५१ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ । उक्त चलचित्रले एक लाख १९ हजार ५६१ टिकट बिक्री भएवापत उक्त व्यापार गरेको हो । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाक

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 360 पटक पढिएको
  • कस्तो चल्दैछ ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ ?

    फूलपातीको दिनदेखि प्रदर्शनमा आएका फिल्म ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुर’को ८ दिनको व्यापारिक आँकडा सार्वजनिक भएको छ । बुधबार चलचित्र विकास बोर्डले असोज १३ गतेदेखि २० गते राति ११ः५५ बजेसम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो । ८ दिनमा तीन फिल्मले ९ करोडभन्दा बढीको ग्रस कमाइ गरेका छन् ।तीन फिल्ममध्ये सबैभन्दा बढी कमाइ ‘बलिदान’ले गरेको छ । यसले १ लाख १९ हजार ५ सय ६१ वटा टिकट बिक्री गर्दै ३ करोड ७५ लाख ५३ हजार २ सय ५१ रुपैयाँ कमाएको छ । ‘हरिबहादुरको जुत्ता’ कमाइको हिसाबले दोस्रो स्थानमा छ । ९० हजार ९ सय ४७ वटा टिकट बिक्री गर्दै यो फिल्मले ३ करोड २१ लाख ७० हजार १ सय ६० रुपैयाँ कमाइ गरेको छ ।त्

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 483 पटक पढिएको
  • कमेडियन भारती सिंह फेरि आमा बन्दै

    नयाँ दिल्ली । भारतीय कमेडियन भारती सिंह र उनको श्रीमान् हर्ष लिम्बाचिया छिट्टै दोस्रो सन्तानको माता–पिता बन्न लागेको खबर बाहिरिएको छ । यो जोडीको यसअघि एक छोरा छन् । यसैबिच भारती सिंहले सामाजिक सञ्जालमा हर्ष लिम्बाचियासँगको एउटा सुन्दर तस्बिर सेयर गर्दै आफू फेरि आमा बन्न लागेको बताएकी छिन् ।फोटोमा हर्षले भारतीलाई अँगालो हालेको देखिन्छ । फोटोमा भारतीको ‘बेबी बम्प’ पनि प्रस्टै देखिन्छ । उनको यो पोस्टमा परिणति चोपडा, दिव्या अग्रवाल, नीति टेलर दृष्टि धामी, जेमी लिभर लगायत कयौँ सेलिब्रेटी र फ्यानहरूले बधाई दिइरहेका छन् ।भारती र हर्षले २०१७ मा विवाह गरेका थिए । २०२२ को अप्रिलमा जोडीको पहिलो सन्तान जन

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 498 पटक पढिएको
  • गीतकार विदुरराज गिरीको गीत 'राष्ट्रसेवक सिपाही' सार्वजनिक

    गीतकार विदुरराज गिरीको नेपाली सेनाप्रति समर्पित गीत ‘राष्ट्रसेवक सिपाही’ सार्वजनिक भएको छ।गीतमा नेपाली सेना कसरी निस्वार्थ सेवामा समर्पित छ भन्ने सन्देश छ । जहाँ जस्तोसुकै परिस्थिति आउँदासमेत नेपाली सेना सधैँ  घर–परिवारको मायालाई मनमा राख्दै, दिनरात देश र जनताको सेवामा समर्पित छ भन्न खोजिएको छ ।गीतमा राजकुमार आलेमगर र प्रमिला बानियाँको स्वर र विशेष पौडेलको एरेन्ज तथा कम्पोज ,कुमार थापाको मिक्सिङ् छ ।गीतको भिडियोमा दिक्पाल कार्की र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ। भिडियोमा बालकालकारहरू सम्भव राज गिरी र वैभव राज गिरीको समेत अभिनय छ । गीतको भिडियो उमेश गुरुङले निर्देशन गरेका हुन् ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 331 पटक पढिएको
  • बक्स अफिस : सबैभन्दा धेरै बलिदानले कमायो

    चलचित्र विकास बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । बोर्डले हाल प्रदर्शनरत तीन फिल्म बलिदान, माइतीघर र हरिबहादुरको जुत्ताको कारोबार विवरण सार्वजनिक गरेको हो । असोज १३ गतेदेखि असोज २० गते मध्यरातसम्मको बक्स अफिस विवरणअनुसार सर्वाधिक कमाइ बलिदानले गरेको छ । उक्त फिल्मले ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ कलेक्सन गरेको छ । यसैगरी हरिबहादुरको जुत्ताले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कलेक्सन गरेको छ भने माइतीघरले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ सङ्कलन गरेको बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ।दसैँका लागि भन्दै फूलपातीदेखि ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिद

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 402 पटक पढिएको
  • खगेन्द्र लामिछाने मनाए ७८ वर्षमा बाको जन्मदिन

    अभिनेता खगेन्द्र लामिछानेले बुबा ७८ वर्षको भएपछि जन्मदिन पहिलो पटक जन्मदिन मनाएका छन् । उनले बुबाको जन्मदिन पत्ता लगाएर पहिलो पटक मनाउन पाउनुलाई जीवनकै सबैभन्दा ठूलो सफलता हात परेको झै महसुस भएको छ। उनले असोज २२ गते बुबालाई ७८ वर्षको हुँदा पहिलो पटक जन्मदिनको शुभकामना भन्न पाएको भन्दै सामाजिक सञ्जालबाट खुसी साटेका छन् । दशैंमा घरको सफाइ गर्दा किराले खाएर धुमिल भएको चिना भेटिएको र सोही चिनाबाट बुबाको जन्मदिन असोज २२ भन्ने पत्ता लागेको पनि उनले उल्लेख गरेका छन् । अझै आमाको जन्मदिन यकीन मितिमा मनाउन नपाएका उनले आमाको जन्मदिन भने उनले खोजी नै रहेका छन् । खगेन्द्रले फेसबुकमा लेखेका छ

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 525 पटक पढिएको
  • ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा हो : दयाहाङ राई

    अभिनेता दयाहाङ राईले ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा भएको बताएका छन् ।आफ्नो इज्जत र प्रतिष्ठा बचाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबीचको कथा चलचित्र ‘वरिष्ठ बलराम’मा रहेको उनले बताए ।‘वरिष्ठ बलराम’मा स्थापित भइसकेको पात्र दयाहाङ हुन् भने उनलाई टक्कर दिन उदाउँदै गरेको अर्का पात्र विजय बराल हुन् ।मान्छेको भित्री रुप जे भए पनि आवरणमा भने प्रतिष्ठित र वरिष्ठ भनाउन र देखाउन रुचाउने चरित्र हरेक व्यक्तिमा हुने उनी बताउँछन् । “मान्छे जस्तो सुकै होस् आवरणमा भने समाजमा ऊ वरिष्ठ र प्रतिष्ठित हुन चाहन्छ, यो मानवीय स्वभाव हो

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 367 पटक पढिएको
  • 'डिल डे'मा ‘बलिदान’को रफ्तार बढ्यो, बुधवार धेरै हल हाउसफुल

    दसैँपछि पनि नेपाली चलचित्र ‘बलिदान’को लोकप्रियता घट्ने सङ्केत देखिएको छैन। बुधवारको ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुट योजनासँगै चलचित्रले देशभरका अधिकांश सिनेमा हलहरूमा हाउसफुल प्रदर्शन गरिरहेको छ।देशका प्रमुख मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमा, आइएनआइ सिनेमा, बिग मुभिज, एफक्युब सिनेमा र वन सिनेमा लगायतमा बुधवार दर्शकको भीड उल्लेखनीय रहेको हल व्यवस्थापकहरूले बताएका छन्। वितरकका अनुसार, बुधवारको धेरै शो प्रायः अघिबाटै बुक भइसकेका थिए। वितरक र हल सञ्चालकहरूले काठमाडौंसहित धनगढी, विराटनगर, बुटवल, पोखरा, चितवन, नेपालगन्ज र झापा सम्मका हलहरूमा राम्रो व्यापार भइरहेको जनाएका छन्।समीर भट्ट, ऋचा शर्मा, स

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 349 पटक पढिएको
  • फिल्म 'सन्तोष' अब डिजिटल प्लेटफर्ममा अक्टोबर १७ मा रिलिज हुँदै

    ओस्कारका लागि बेलायतबाट आधिकारिक प्रवेश पाएको हिन्दी फिल्म ‘सन्तोष’ अन्ततः भारतमा रिलिज हुने भएको छ। करिब एक वर्षसम्म सेन्सरसिपको लडाइँ र अघोषित ‘प्रतिबन्ध’ झेलेपछि यो फिल्म अब डिजिटल प्लेटफर्म लायन्सगेट प्ले मार्फत अक्टोबर १७ मा रिलिज हुने भएको हो।सन् २०२४ को कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको यो फिल्म भारतमा हलमा रिलिज हुन सकेको थिएन। सन्ध्या सूरीले निर्देशन गरेको र शहाना गोस्वामी तथा सुनिता राजवारको मुख्य अभिनय रहेको ‘सन्तोष’ एक युवा विधवाको कथा हो, जसले आफ्नो स्वर्गीय पतिको प्रहरी जागिर विरासतमा पाउँछिन्। तर, दलित किशोरीको बलात्कार र हत्याको अनुसन्धानमा खटिएपछि उनको भूमिका एउटा कडा चुनौत

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 381 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.