"जहिले पनि भेटको आशामा थिएँ, त्यसपछि मैले चकनाचूर ताराहरू देखे। जहिले पनि डुंगा भुँवरीमा अड्किन्छ, त्यसपछि म टाढाको किनारमा हेर्छु मेरो सासको रक्सीमा, जलिरहेको पश्चात्तापको ज्वाला घाटीबाट कसरी तल झर्ने, मन मन्दिर बन्न सकेन। जहिले पनि खुट्टामा मेहंदी लगाइन्छ, त्यसपछि मैले स्नातक बन्ने सपना देखेँ। जहिले रात बिताउन मन लाग्यो, त्यसपछि दिनमा ताराहरू हेर्नु lबाटो नभएका हामी एक्लो भडकिएका हौं, तिमी त्यो बाटो हौ जसको यात्री हरायो। थाहै नपाई कसरी, हामीले एक अर्कालाई भेट्यौं ! जब जब मुटुको धड्कन जाग्छ,
काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक गरिएको छ । केतन क्षेत्री र मुना ठटालको स्वर, इश्वर कार्कीको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियो कर्णप्रिय छ । उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन् ।सार्वजनिक गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । फिल्मका मुख्य कलाकारहरु नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई गीतको भिडियोमा फिचरिङ गरिएको छ । भक्तपुर दरबार स्क्वायरमा खिचिएको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको गीतको भिडियोमा रामप्रसाद चौधरीको सम्पादन छ ।यो फिल्मको टिजर र ब्रेकअप
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन तत्काल नगर्नू भनि अन्तरकालीन आदेश जारी गरेको छ । फिल्मका बारेमा प्रश्न उठेको भन्दै अदालतले यस्तो आदेश गर्दै यही माघ २२ गते दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । दुवै पक्षको छलफल नभएसम्मका लागि अदालतले अन्तरिम आदेश जारी गरेको हो । सहिद दिवसको अवसर पारेर भोलिदेखि फिल्म रिलिज हुने तयारी भइरहँदा मंगलबार आएको अदालतको अन्तरिम आदेशले फिल्मको प्रदर्शन रोकिने निश्चित भएको छ ।नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फका कानुन व्यवसायी यज्ञमणी न्यौपानेले अदालतले अन्तरकालीन आदेश दिँदै दुवै पक्षालाई छलफलका लागि बोलाएको बता
काठमाडौंँ । लोकप्रिय गायक बिमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रम नेपाल सांस्कृतिक महासंघले आयोजना गर्न लागेको हो ।सोमबार महासंघले बुढानिलकण्डस्थित लेवन ट्री होटलमा एक कार्यक्रमको आयोजना सहित अभियानको बिभिन्न पक्षबारे जानकारी दियो । कार्यक्रममा महासंघका अध्यक्ष तीर्थ बहादुर थापाले नेपाली कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरका महत्वपुर्ण घटनाहरु र भावी योजना देभरका जनतासमक्ष पुर्याउन ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ सुरु गर्न लागेको बताए ।‘नेपाली कांग्रेसले यो देश
काठमाडौं । फिल्म ‘एक्टरः टेक वन’को ग्रान्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ । प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो ।फिल्मका अभिनेताद्वय प्रदिप खड्का र राजबल्लभ कोइराला साथै अभिनेत्रीद्वय अन्ना शर्मा र दिव्या रायमाझीको प्रिमियर प्रवेशले सबैको ध्यान खिचेको थियो । सहिद दिवसको विशेष अवसर पारेर माघ १६ गते, बुधवार सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको प्रिमियरको लागि अभिनेता कोइराला अमेरिकादेखि दुई दिनअघि मात्र नेपाल आएका थिए ।फिल्म हेरेपछि उपस्थितले यसको विषयवस्तु, प्रस्तुतिमा नयाँपन तथा कलाकारहरूको उत्कृष्ट अभिनयको खुलेर प्रशंसा गरेका छ
काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को अफिसियल रिलिज घोषणा गरिएको छ । निर्माण ब्यानर फेरी टेल पिक्चर्सले पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी बैशाख २६ (मे ९) मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो ।यो फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार खरिद गरेको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमा अनुबन्ध भएको छ । यसै साता वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति तय गरेको हो ।पोस्टरमा प्रमुख तीन पात्रलाई क्यारेक्टर लूक्समा देखाइएको छ । फिल्मको शीर्ष भूमिकामा अभिने
काठमाडौं । अनुसन्धानमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक सार्वजनिक गरिएको छ। सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्याउने तयारी गरिएको छ।गत शनिबार सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य पात्र प्रार्थना पाठकलाई प्रस्तुत गरिएको छ। फिल्ममा सरोज खनाल र हिउँवाला गौतमलगायतको पनि अभिनय छ । निर्माण पक्षले अन्य कलाकारहरुको पोस्टर विस्तारै सार्वजनिक गर्ने जनाएको छ । फिल्मका निर्देशक तथा निर्माता रामजी ज्ञवाली हुन् ।फिल्मको कथा निर्देशक रामशरण पाठकले लेखेका हुन्। सिनेमाटोग्राफी संकल्प भुजेल, सहायक निर्देशन वसन्त अधिकारी तथा प
काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्मको ट्रेलर राजधानीमा सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा जीवन सेञ्चुरीको निर्देशन छ ।ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा बालिका भूमिकामा देखिएकी अस्मिता ढकालको विवाहदेखि गर्भवती अवस्थासम्मको पीडालाई देखाइएको छ । केटी माग्न गएको दृश्यदेखि सुरु ट्रेलरमा विवाह पछि बालिकालाई पति, सासुले दिएको दुःख र पीडालाई देखाइएको छ । गाउँका खलपात्रले उन
काठमाडौँ। फिल्म ‘वीर विक्रम’, ‘लिली बिली’, ‘ब्लाइण्ड रक्स’, ‘गोर्खा वारियर’ जस्ता फरक–फरक जनराको फिल्म निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरेका निर्देशक मिलन चाम्सको निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्म लभस्टोरी जनरामा बन्नेछ। राजीव थापाको लेखनमा बन्न लागेको फिल्मको अर्को साता टाइटल रिभिल गरिने निर्माण टिमले बताएको छ। फिल्मको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुनेछ। फिल्मको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। चाम्सद्वारा निर्देशित ‘अञ्जिला’ आगामी फागुन २९ गतेबा
काठमाडौं । कहीँ कतै हिँडिरहँदा बिरालोले बाटो काट्यो भने त्यसलाई नराम्रो मान्ने नेपाली समाजको पुरानै परम्परा हो । कतिले यसलाई रुढीवादी मान्छन् त कतिले सत्यवादी । नेपाली फिल्मकी नायिका प्रियंका कार्की बिरालोले बाटो काट्नुलाई आफूले सामान्य रुपले लिने बताउँछिन् । ‘बिरालोले बाटो काट्दा नराम्रो हुन्छ भन्नु अन्धविश्वास हो । बाटो काट्नु बिरालोको अधिकार हो’, प्रियंका भन्छिन् । प्रियंका यही माघ २५ गते फिल्म ‘ममी’ लिएर दर्शकमाझ आउँदैछिन् । हरर फ्यामिली ड्रामा ‘ममी’ले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवारमा निम्तिने काला विपत्तिको
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.