‘कथा’ लेखन विधालाई प्रवद्र्धन गर्न सघाउ पु¥याउने उद्देश्यले डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगीता, २०८२ घोषणा गरिएको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानलले सो कथा प्रतियोगितामा भाग लिन चाहने कथाकारहरूलाई आगामी कात्तिक ३० गतेभित्र आआफ्नो कृति पठाउन अनुरोध गर्नुभयो । उहाँले यस वर्ष पुरस्कारको राशि वृद्धि गरिएको जानकारी दिँदै अबदेखि प्रथम हुनेले रु दुई लाख, दोस्रोले रु एक लाख र तेस्रो हुनेले रु ६० हजार पुरस्कार प्राप्त गर्ने स्पष्ट गर्नुभयो ।

वरिष्ठ साहित्यकार एवं रङ्गकर्मी अशेष मल्लको संयोजकत्वमा गठित कथा प्रतियोगिताको निर्णायक मण्डलमा कथाकार मञ्जु काँचुली र अभय श्रेष्ठ छनोट हुनुभएको छ । 

छनोट प्रक्रियाअन्तर्गत कथाकारहरूले आफ्ना कथा ‘बाह्रखरी सञ्चार गृह’ मा पठाउनुपर्नेछ । यसरी प्राप्त कथाहरूलाई बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वमा गठित समूहले प्रारम्भिक चरणको छनोट गर्नेछ । 

उक्त आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० वटा उत्कृृष्ट कथा निर्णायक समूहलाई उपलब्ध गराउनुपर्नेछ । उत्कृष्ट ५० भित्र पर्न सफल कथामध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय घोषणा गर्नुपर्ने व्यवस्था गरिएको सो अवसरमा बताइयो । यसैगरी ‘उत्कृष्ट कथा, २०८२’ पुस्तकका लागि थप २२ समेत गरी २५ वटा कथा छनोट गरी पुस्तक प्रकाशन गरिने भएको छ ।

सो अवसरमा प्रा डा अभि सुवेदीले साहित्यमा आख्यान विधाको महत्वमाथि प्रकाश पार्दै समाज रुपान्तरणमा आख्यान विधाको महत्वपूर्ण योगदान हुने बताउनुभयो ।

उहाँले आकर्षक पुरस्कार राशिसहित घोषणा भएको यस किसिमको कथा प्रतियोगिताबाट मुलुकको साहित्य सिर्जनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।