मनोरञ्जन

    Showing 681-690 of 2,829 items.
  • काष्ठकलामा सिपालु भीमबहादुर

    गलको। यहाँस्थित बागलुङ नगरपालिका–३ खहरेका भीमबहादुर विश्वकर्मा विगत तीन वर्षदेखि कालिका मन्दिर क्षेत्र कलात्मक बनाउनमा व्यस्त हुनुहुन्छ । मन्दिर पुनःनिर्माण गर्ने, स–साना मठलाई ताम्रापत्रले छाउने र पुनःनिर्माणमा उहाँलाई भ्याइनभ्याइ छ । कालिका मन्दिर वरपर रहेको सत्तल, सचिवालयसहितका स–साना संरचना, मन्दिर तथा मठका झ्याल, तोरण, टुँडाल र ढोकामा बुट्टा भर्दै भीमबहादुरको तीन वर्ष बितेको हो । “कालिका मन्दिरमा तीन वर्ष पहिला हवन कुण्डलाई कलात्मक बनाउन आएको थिएँ, त्यस यता क्रमश गणेश मन्दिर, सत्तल, सचिवालयका झ्याल तथा ढोकालाई कलात्मक बनाएँ, मन्दिर परिसरमा अकलादेवीको मन्दिर पुनःनिर्माण सकेर अहिल

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • 418 पटक पढिएको
  • दुई दिन हलमा टिक्न नसकेको सुरक्षाको ‘धागो’

    अभिनेत्री सुरक्षा पन्तले करिअरको सुरुवातदेखि फिल्म असफलताको दबाब अलि बढी नै सामना गर्दै आइरहेकी छन् । १० वर्ष लामो करिअरमा उनका हिटभन्दा फ्लप फिल्मको संख्या धेरै छ ।सुरक्षाका फिल्मको असफलताको श्रृंखला यस वर्ष पनि टुटेको छैन । बैशाखदेखि कात्तिकसम्म उनका चारवटा फिल्म प्रदर्शनमा आएका छन्, बैशाख १२ गते ‘खेल’, भदौ १२ गते ‘कोशेढुंगा’, असोज ३१ गते ‘जेरी अन टप’ र कात्तिक २८ गते ‘धागो’ । यसमध्ये ‘जेरी अन टप’ मात्र व्यावसायिक रुपमा सफल भयो । तर, यसमा उनको छोटो भूमिका रहेकाले सफलताको श्रेय पाउन सकिनन् । एकै वर्षमा तीन फिल्म असफल हुँदा सुरक्षाको करिअर थप चुनौतीपूर्ण मोडमा पुगेको छ । उनका फिल्महरू दुई दिन

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 504 पटक पढिएको
  • ‘कुमारी’को सम्पूर्ण छायाङ्कन सम्पन्न

    निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण भइरहेको प्रेम–कथानक नेपाली चलचित्र ‘कुमारी’को सम्पूर्ण छायाङ्कन सम्पन्न भएको छ। गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिबार औपचारिक रूपमा समाप्त भएको निर्माण टिमले जनाएको छ।छायाङ्कन सकिएसँगै चलचित्रको रिलिज मिति अब केही दिनमै सार्वजनिक गरिने निर्देशक राउतले जानकारी दिए। उनका अनुसार पोस्ट–प्रोडक्सनको प्रगतिलाई हेरेर अन्तिम मिति तय गर्ने तयारी भइरहेको छ। छायाङ्कनको बीचमै नै ‘कुमारी’ चर्चामा आएको थियो। सार्वजनिक समारोहमा प्रत्यक्ष प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल बनेपछि चलचित्र प्रति दर्शकको चासो बढेको हो।देशव्यापी कन्सर्ट

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 373 पटक पढिएको
  • निशा, रिमा र एलिजा नयाँ दलमा सक्रिय

    प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते तय भएपछि नयाँ राजनीतिक दल गठनको प्रक्रिया तीव्र बनेको छ। निर्वाचन आयोगमा दिनहुँ नयाँ दल दर्ताका निवेदन परिरहेका छन् भने खुलिरहेका दलमा विभिन्न पृष्ठभूमिका व्यक्तिहरू पनि आबद्ध हुन थालेका छन्। यसै क्रममा नेपाली कलाकारहरू पनि राजनीतिक गतिविधिमा सक्रिय हुन थालेका छन्।अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले हालै दर्ता भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’को केन्द्रीय सदस्यको जिम्मेवारी लिएकी छिन्। यो पार्टी व्यवसायी वीरेन्द्रबहादुर बस्नेत र समाजशास्त्री दिनेश प्रसाईंसहित स्थापित गरिएको हो। निशाले अब अभिनयसँगै राजनीतिमा पनि सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन्।त्यस

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 395 पटक पढिएको
  • ‘लडाइँ पहिचानको’को ट्रेलर सार्वजनिक, मंसिर ५ गतेदेखि प्रदर्शनमा

    आउँदो मंसिर ५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लडाइँ पहिचानको’ को ट्रेलर सार्वजनिक भएको छ। यो चलचित्रले तत्कालीन प्रदेश नम्बर १ (हालको कोशी प्रदेश) मा पहिचानको माग गर्दै भएको ऐतिहासिक र संवेदनशील आन्दोलनलाई केन्द्रविन्दुमा राखेको छ।भीम लामाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले पहिचानको मुद्दा, विद्रोह र राज्यसँगको संघर्षको कथालाई गहिरो रूपमा केलाएको छ। सार्वजनिक ट्रेलरमा आन्दोलनकारीले प्रदेशको नाम ‘किरात लिम्बुवान प्रदेश’ हुनुपर्ने भन्दै गरेको सशक्त आन्दोलन र त्यसको प्रतिउत्तरमा नाम ‘कोशी’ घोषणा भएपछि उत्पन्न भएको तनावपूर्ण स्थिति स्पष्ट देखाइएको छ।नेपाली समाजमा महत्त्वपूर्ण राजनीतिक

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 515 पटक पढिएको
  • ‘झिँगेदाउ २’ छायांकनको अन्तिम तयारीमा

    ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने सिनेमा ‘झिँगेदाउ २’ छायांकनको अन्तिम तयारीमा छ । निर्माता समेत रहेका निर्देशक देउजाले यो सिनेमा आगामी मंसिर १५ गते सोमबार शुभमुहूर्त गर्दै छायांकन सुरु गर्ने भएका हुन् ।यो सिनेमा छायांकनको अन्तिम तयारी भैरहँदा मुख्य कलाकार हेरफेर गरिएको छ । निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले सिनेमाको मुख्य अभिनेता मुकुन भुषालको ठाउँमा अर्का अभिनेता महेश त्रिपाठीलाई अनुबन्धित गरेका छन् । निर्देशक र कलाकारबीच छायांकन सेड्युलाई लिएर विवाद हुँदा सिनेमाबाट मुकुनको विकल्प खोज्नु परेको निर्देशक देउजा बताउँछन् ।निर्देशक देउजाले लामो समयदेखि कलाकारको सेड्युलका कारण भने

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 346 पटक पढिएको
  • ‘यो मन त मेरो नेपाली हो’ लाई अमेरिकामा उत्कृष्ट कथानक फिल्मको अवार्ड

    अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सान फ्रान्सिस्को ईन्टरनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’ मा नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले अवार्ड जितेको छ । बिश्वभरिबाट एक सय अठार फिल्म समाबेश भएको उक्त अवार्डमा यस चलचित्रले उत्कृष्ट कथानक फिल्मको अवार्ड जितेको हो ।चलचित्रका निर्माता तथा निर्देशक मित्र प्रधान (नर)ले अवार्ड लिदै नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले अमेरिकामा उत्कृष्ट कथानक फिल्मको अवार्ड पाउनु आफैमा ठुलो कुरा भएको र नेपाली फिल्मको लागि यो खुसीको कुरा भएको बताउनु भयो ।प्रधानले आफ्नो कथा मन पराउनु भएकोमा सबै जुरिलाई धन्यवाद दिनुभयो ।चलचित्र ‘यो

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 369 पटक पढिएको
  • 'परान'को तेस्रो सातामा ७ करोड ५० लाखभन्दा बढीको व्यापार

    दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्म ‘परान’ आफ्नो अभूतपूर्व रिलिजको तेस्रो सातामा प्रवेश गरेको छ। तेस्रो साता प्रवेश गर्दै गर्दा यो भावनात्मक पारिवारिक सिनेमाले दुई सातामा ७ करोड ५० लाखमाथिको ग्रस व्यापार गर्न सफल भएको छ।आफ्नो प्रदर्शनको तेस्रो सातामा फिल्मले प्राप्त शो सङ्ख्यासमेत बढेको छ । फिल्मले शुक्रबार मात्र देशभर २ सय १० वटा शो प्राप्त गरेको छ। फिल्म हेर्न आउने दर्शकको फुटफलका कारण हलहरूले यो सङ्ख्यामा फिल्मलाई शो उपलब्ध गराएका हुन्। आज (शनिबार) बिदाको दिन पनि यही सङ्ख्याको शो जारी रहने अपेक्षा गरिएको छ।फिल्मले रिलिज हुँदा केबल ६४ शो मात्र पाएको थियो भने पहिलो दिन वक्सअफिसमा

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 477 पटक पढिएको
  • ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक

    काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ ।शुक्रबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन् ।सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी हेर्न सकिन्छ । गीतको भिडियोले दर्शकलाई सिनेमाप्रति उत्साह पैदा गर्न सफल देखिन्छ । एलिस कार्कीले कम्पोज गरेको यो गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर छ । नीरकमल खड्का (मामल)को शब्द रचना रहेको गीतम

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • 244 पटक पढिएको
  • 'ऊनको स्वीटर'को भारत रिलिज: सिक्किम, दार्जिलिङ देखि दिल्लीसम्म प्रदर्शनमा आउने

    नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै उल्लेखनीय सफलता बनाएको चलचित्र 'ऊनको स्वीटर' अब भारतमा रिलिज हुने भएको छ। आर्टमान्डूले निर्माण गरेको यस चलचित्रलाई भारतमा एसली प्रोडक्सनले वितरण गर्ने निर्णय गर्दै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छ। यस अनुसार नोभेम्बर २१ देखि चलचित्र दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीसहितका प्रमुख स्थानहरूका सिनेमा हलहरूमा पहिलो चरणमा प्रदर्शन गरिने निर्देशक नवीन चौहानले बताए।हालै मात्र भारतको चलचित्र प्रमाणीकरण बोर्डबाट सेन्सर पास भएको 'ऊनको स्वीटर' भारत रिलिजका लागि दार्जिलिङस्थित एसभिएफ सिनेमा, कर्स्याङको कर्स्याङ फन्टा

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 336 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.