मनोरञ्जन

    Showing 401-410 of 2,081 items.
  • ‘पार्वती’का दुई पोस्टर सार्वजनिक, माघ १ गतेबाट प्रदर्शन हुने

    रक्षा बन्धनको अवसर पारेर निता फिल्म्सको प्रस्तुति नेपाली चलचित्र ‘पार्वती’का दुई फरक मूडका पोस्टर सार्वजनिक भएका छन्। नायिका निता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको यो फिल्मको प्रदर्शन मिति घोषणा सहित २ पोस्टर सार्वजनिक भएका हुन्। निर्माणपक्षले यो फिल्मको प्रदर्शन मिति आगामी माघ १ गतेलाई तोकेको छ।सार्वजनिक पहिलो पोस्टरमा ‘पार्वती’ पहेँलो छातामुनि,सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिन्छिन्। यसले उनको जीवनमा हुने चुनौती, सोचमग्न स्वभाव र भित्रै लुकेको संवेदनशीलता झल्काउँछ। दोस्रो पोस्टरमा भने उनी गाउँले  पोशाकमै हल्का मुस्कान र लजालु अदा सहित प्रस्तुत भएकी छन्, जसले उनको निरा

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 162 पटक पढिएको
  • तीनवटा पोस्टरसहित ‘कोशोढुङ्गा’को लिरिकल कविता सार्वजनिक

    चलचित्र ‘कोशोढुङ्गा’ निर्माण टिमले पब्लिसिटीलाई तीव्र पारेको छ । पब्लिसिटीलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्माण टिमले कविता सार्वजनिक गरेको छ ।निर्माण टिमले सार्वजनिक गरेको कविता वाचन चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्तले गरेकी छन् । कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना, संकल्प छ । लिरिकल भिडियोसहित सार्वजनिक कवितामा सिनेमाका केही फुटेज र स्टिल फोटो प्ले गरिएको छ ।कविताले क्रमशः टुट्दै गएको सपना, सम्झौतामा बाँच्न थालेको जिन्दगी, सम्बधमा गरिने विश्वास, पर्खिएर बस्ने परिवारलाई चित्रण गरेको छ । यसले चलचित्रको कथा संकेत गरेको छ ।लिरिकल भिडियोमा चलचित्रका अधिकांश मुख्य पात्रलाई देखिन्छ ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 174 पटक पढिएको
  • जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा अभाव, सपना र संघर्ष

    चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ । जनै पूर्णिमाको अवसरमा आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि चलचित्रको मुख्य पात्रले गर्ने संघर्ष छ । ट्रेलरमा कोरिया जान मुख्य पात्रले गरेको संघर्ष, काठमाडौंमा आएपछि ठगिएको कथा र त्यसपछि परिवन्धमा परेर गरेका अनेक काम र हन्डर समेटिएको छ ।चलचित्रका मुख्य पात्र विजय बराल बाउले लिएको ऋण चुक्ता गर्न कोरिया जानेभन्दै घरबाट हिँडेपछि कसरी काठमाडौंमा अड्किन्छन्, बाउलाई पक्कि घरको छानामुुनि बास बसाउन देखेको सपना पूरा गर्ने

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 236 पटक पढिएको
  • यी हुन डान्सरबाट हिराे/राेइन भएका ठुला बलिउड कलाकार

    तपाईका मनपर्ने बलिउड कलाकारहरूले हिट हुनु अघि फिल्म सेटहरूमा ब्याकग्राउन्ड डान्सर र एक्स्ट्रा कलाकारको रूपमा काम गरेका थिए भन्दा अचम्म लाग्न सक्छ ।हाे, अहिलेका चर्चित बलिउड कलाकार कुनै समयमा ब्याकग्राउन्ड डान्सर थिए, जसले पछि निकै ठुलै सफलता हासिलसमेत गरे । अाउनुहाेस, उनीहरूका बारेमा जानाैं । शाहिद कपूरः शाहिद कपूरले शिमक दावरको नृत्य कम्पनीबाट आफ्नो बलिउड करियर सुरु गरेका हुन्, जसमा उनले ‘दिल तो पागल है’ (१९९७) र ताल (१९९९) बाट ‘कहीं आग लगे’ जस्ता कल्ट फिल्महरूमा पृष्ठभूमि डान्सरको रूपमा काम गरेका थिए । नृत्य र प्रदर्शनको लागि आफ्नो जुनूनले उनी अभिनयमा फर्कन सक्षम भए र ‘इश्क विश्क’ (२००३

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 200 पटक पढिएको
  • राजमैलीको नयाँ फिल्मको नाम 'जेन ६३' हुने, २०२७ मा रिलिज हुने

    माभेरिक निर्देशक एसएस राजामौलीले अन्ततः आफ्नो सुपरस्टार महेश बाबुसँगको अर्को फिल्मको टिजर नोभेम्बर २०२५ मा सार्वजनिक गरिने बताएका छन् ।उनले वाचा गरे कि विश्वभरका दर्शकहरू यसअघि पहिले कहिल्यै नदेखेको दृश्यहरू देख्नेछन् ।पिपिङमुनको पछिल्लो रिपोर्ट अनुसार, फिल्मको शीर्षक ‘जेन ६३’  राखिएको छ। यो महेश बाबुको चरित्रबाट लिइएको एउटा नाम हो, जसले दुर्लभ र शक्तिशाली कलाकृतिहरूको खोजीमा ६३ औं पुस्ताको एक सम्मानित वंशको व्यक्तिको भूमिका निर्वाह गर्दछ। यसअघि सो फिल्मको नाम ‘एसएसएमबी २९’ भनिदै आएको थियो तर सो नामबारेमा राजामौली र उनको टिमलेले औपचारिक रूपमा यो नै नाम हो भनेर सार्बजनिक गरेका थिएनन् । बिभ

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 252 पटक पढिएको
  • रजनीकान्तको ‘कुली’ले रिलिज अघि नै कमायो २५० करोड

    रजनीकान्तको ‘कुली’ यस वर्षको बहुप्रतिक्षित फिल्म हो ।यो बक्स अफिसमा धमाका गर्न तयार छ जस्तो देखिन्छ। नागार्जुन, आमिर खान, श्रुति हासन र उपेन्द्र स्टारर फिल्म ‘कुली’ १४ अगस्टमा पान इन्डिया स्तरमा रिलिज हुँदैछ।यसले बक्स अफिसमा ऋतिक रोशन र जुनियर एनटीआर स्टारर ‘वार २’ सँग प्रतिस्पर्धा गर्नेछ। दुबै फिल्मको एडभान्स बुकिङ खुलेको छ, अब लोकेश कनागराज निर्देशित यो फिल्मले रिलिज अघि नै २५० करोड कमाइसकेको खबर आएको छ । पिंकभिलाको रिपोर्टलाई मान्ने हो भने रजनीकान्त स्टारर फिल्म ‘कुली’ ३७५ करोडको ठूलो बजेटमा बनेको हो । फिल्मले अन्तर्राष्ट्रिय, डिजिटल, म्युजिक र स्याटेलाइट अधिकारको बिक्रीबाट करिब २५० कर

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 158 पटक पढिएको
  • ‘चरणदास चोर’ साउन ३१ गतेदेखि

    ‘चरणदास चोर’ साउन ३१ गतेदेखि मञ्चन हुने भएको छ । पथरीको शब्द थिएटरले नाटक ‘चरणदास चोर’ मञ्चन गर्ने भएको छ । नाटककार हबिब तनवीरद्वारा लिखित नाटकमा सुमन कुइकेल, अशोक साम्पाङ, प्रेम खतिवडा, सन्तोष राई, पुष्प राई, रबिन रिजाल, रोशन मुर्मु, करुणा तिम्सिना, भूमिका बस्नेत ग्रिष्म लिम्बु, अनिषा श्रेष्ठ लगायतका कलाकारहरुको  अभिनय रहने भएको हो । नाटकको कोरियोग्राफ राम विकले सम्हालेका छन् भने संगीत संयोजन पुष्प राईको रहने नाटकको सहायक निर्देशन सुमन कुइकेल र प्रेम खतिवडाको रहने शब्द थिएटरले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 176 पटक पढिएको
  • को बढी शिक्षित, आमिर कि शाहरुख खान ?

    बलिउडका दुई दिग्गज स्टार शाहरुख खान र आमिर खान आफ्नो फिल्म र अभिनयका लागि विश्वभर चर्चित छन् । तर, जब शिक्षाको कुरा आउँछ, वास्तविक रूपमा कसले पढेको छ ? यी दुई सुपरस्टारको शैक्षिक यात्रा जानौं र कसको शैक्षिक पृष्ठभूमि बलियो छ भन्ने निर्णय गरौं।आमिर खानआमिर खानको जन्म मुम्बईमा भएको थियो । उनको प्रारम्भिक अध्ययन जेबीबाट पेटिट स्कूलबाट स्नातक गरेका छन् । यसपछि उनले सेन्ट एनी हाई स्कूल र त्यसपछि बम्बे स्कटिश स्कूलबाट ९ देखि १० सम्मको पढाइ पूरा गरे। बाल्यकालदेखि नै आमिर पढाइसँगै खेलकुद र नाटकमा निकै सक्रिय थिए ।उनले मुम्बईको नरसी मोन्जी कलेजबाट वाणिज्यमा आफ्नो कलेजको अध्ययन सुरु गरेका थिए तर दुई वर्

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 176 पटक पढिएको
  • स्मृति इरानी बनिन्, सबैभन्दा बढी कमाउने टेलिभिजनकी कलाकार

    स्मृति इरानी ‘क्युंकी सास भी कभी बहू थी २’ बाट टिभीमा कमब्याक गरेकी छिन् । यो शोले फेरि एकपटक सानो पर्दामा हलचल मच्चाएको छ र योसँगै स्मृति इरानी पनि तुलसी विरानीको भूमिकामा दर्शकको मन परेकी छिन् । उनको कीर्तिमानी कमाईको चर्चा पनि भइरहेको छ । कमाईको मामिलामा उनले अहिले दीपिका पादुकोणलाई पछाडि छोडेकी छिन्। गत लोकसभामा पराजित भए पछि उनी पुरानै पेशा अभिनयमा फर्केकी हुन् । रिपोर्टमा विश्वास गर्ने हो भने स्मृति इरानी ‘क्यूंकी सास भी कभी बहू थीः२’ को प्रत्येक एपिसोडबाट १४ लाख भारु पारिश्रमिक लिन्छिन् । जसका कारण उनी भारतीय टेलिभिजनको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छिन् । यस श

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 160 पटक पढिएको
  • ‘शेर्वा–द लाइफ अफ हिमालय’ अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन हुने

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘शेर्वा–द लाइफ अफ हिमालय’ अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन हुने भएको छ । हिमाली भू–भागमा बसोबास गर्दै आएका शेर्पा समुदायको जीवन र सांस्कृतिकलाई देखाउने चलचित्र ‘शेर्वा–द लाइफ अफ हिमालय’ सन् २०२६ मा अन्तर्राष्ट्रिय रूपमा प्रदर्शनमा आउने भएको हो । शेर्पा फिल्म्सको प्रस्तुति र ८ के एक्सपेडिसनको सहकार्यमा निर्माण भइरहेको यो चलचित्र कर्मा शेर्पा र दुर्लव जन्तरेले संयुक्तरुपमा निर्देशन गर्दैछन् । शेर्पा समुदायको जनजीवनलाई भावनात्मक र दृश्यात्मक रूपमा प्रस्तुत गरिने यस चलचित्रको पटकथा सुमन गजमेरले लेखेको हुन् भने छायांकनमा रञ्जित श्रेष्ठ, संगीत संयोजनमा अट

    • प्रकाशित मितिः साउन २४, २०८२
    • 373 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा