फिल्म ‘द ब्ल्यू लाइट’ले पहिलो साता ३ लाखको मात्र व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोटमा फिल्मको शनिबारसम्मको आम्दानी ३ लाख १९ हजार ५९५ ग्रस कलेक्सन रहेको हो । यो अवधिमा फिल्मको टिकट ८३२ वटा मात्र बिक्री भएको छ ।

बलिराम चौहानको निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी लगायतको अभिनय छ । चलचित्रमा बालकलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको चलचित्रको–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल हुन् ।