मनोरञ्जन

    Showing २१-३० of २,८६६ items.
  • ‘खुदा गवाह’देखि अमिताभको कोठासम्म : मुस्ताङको ओम्स होमको कथा

    काठमाडौं। सन् १९९१ बलिउडको बहुचर्चित चलचित्र ‘खुदा गवाह’को कथा अफगानिस्तानको पृष्ठभूमिमा आधारित थियो । चलचित्रको कथाअनुसार अफगानिस्तानमै छायाङ्कन गर्नुपर्ने भए पनि त्यति बेला त्यहाँको आन्तरिक द्वन्द्वका कारण सुटिङ सम्भव भएन। त्यसपछि निर्माण टोलीले वैकल्पिक लोकेसनको खोजी थाल्यो ।लामो लोकेसन हन्टिङपछि निर्देशक मुकुल आनन्दको नजर नेपालको दुर्मुगम क्षेत्र मुस्ताङमा पुग्यो । मुस्ताङको मरुभूमिजस्तो भूगोल, नाङ्गा पहाड र अफगानिस्तानसँग मिल्दोजुल्दो प्राकृतिक दृश्यले चलचित्रका लागि उपयुक्त स्थान भेटियो । अन्ततः जोमसोम, स्याङ, ठिनी लगायतका क्षेत्रलाई छायाङ्कनका लागि रोजियो। उपलब्ध अभिलेखहरूले पनि सन

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १५७ पटक पढिएको
  • भलिबलकै बारेमा बनाइयो पहिलो नेपाली गीत

    काठमाडौं । चलचित्र ‘बुकी’को गीत सार्वजनिक गरिएको छ । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रमा समावेश ‘तनमनमा भलिबल’ बोलको गीत सार्वजनिक गरेको हो ।यसरी भलिबलकै बारेमा सम्भवतः बनाइएको यो पहिलो नेपाली गीत हो ।सार्वजनिक गीतमा मोहन केसीको शब्द, दीपक शमाको संगीत छ । स्वर प्रमोद खरेल र रचना रिमालको छ । भलिबलका लागि सम्पूर्ण जीवन नै समर्पित गरेको कथामा गीत बनेको छ । भलिबल खेलेरै देश चिनाउँछु र आफू पनि चिनिन्छु भन्ने मर्म बोकेको गीत मुख्यतः खेलाडीहरूप्रति समर्पित छ ।खेलका लागि त्याग र तपस्या गर्ने खेलाडीको सम्मानका लागि तयार गीत भलिबलको राष्ट्रिय गीत बनाउन नै योग्य छ ।भिडियोले गी

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • २३२ पटक पढिएको
  • ‘बा: एक योद्धा’को ट्रेलरमा गुन भुल्ने सन्तानको कथा

    हरि लम्साल निर्देशित चलचित्र ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।सार्वजनिक ट्रेलरको केन्द्रमा बुवाको संघर्ष छ । बुवाले सन्तानका लागि गरेको संघर्ष र त्यागको सेरोफेरोमा ट्रेलर घुमेको छ । आफ्नो सन्तानको सुख र खुसीका लागि बुवा जस्तो सुकै त्याग, संघर्ष र बलिदानी दिन तयार हुन्छ भन्ने ट्रेलरले सन्देश दिएको छ ।आफ्ना सन्तानका लागि बलिदान दिन तयार हुने बाबुआमा तर त्यसको गुन भुल्ने समाज निर्माण हुँदै गएको पछिल्लो कालखण्डको यथार्थ हो । यही नै ट्रेलरमा छ ।आफू जन्मिएको र हुर्किएको भूमि र आफूलाई योग्य बनाउने ब

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • २५८ पटक पढिएको
  • चलचित्र ‘पाँच पाण्डव’को स्वरकन सुरु

    काठमाडौं । मल्टी-स्टारकाष्टका कारण चर्चा र प्रतिक्षमा रहेको चलचित्र ‘पाँच पाण्डव’को स्वरकन सुरु गरिएको छ । विहीबार म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को स्वरकनको काम सुरु गरिएको हो ।गौशाला पिंगलास्थानस्थित नेपाल संगीत विद्यालयमा रहेको स्टुडियोमा चलचित्र ‘पाँच पाण्डव’का सम्पूर्ण कास्ट एन्ड क्रूको सहभागिता रहेको थियो । तिहारमा रिलिज हुने चलचित्रको स्वरकनकालागि यस सिनेमाका मुख्य पात्र हरिवंश आचार्यले सुरुवात गरेका छन् ।निर्माणपक्षले पूरै साउन्डको काम डल्बी एटमसमा गराएसँगै ‘पाँच पाण्डव’ हेर्ने दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् ।“हा

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • २६७ पटक पढिएको
  • ‘मायालु’ मा कबीर खड्काको जोडी बन्दै आकृति

    काठमाडौं / प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको सिनेमा ‘मायालु’मा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित भएकी छन् । निर्देशक पौडेलले सिनेमाको मुख्य भूमिकामा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित गरिएको जानकारी दिएका हुन् ।निर्देशक पौडेलले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए । ‘मायालु’ उनको तेस्रो निर्देशकीय फिचर सिनेमा हुनेछ । घोषणा गर्दा सुरुमा सिनेमाको नाम ‘मेरो अधुरो प्रेम’राखिएको थियो । हाललाई यो नाम होल्ड गर्दै ‘मायालु’ को काम अघि बढाइएको हो ।मायालु’ प्रदर्शनपश्चात ‘मेरो अधुरो प्रेम’को नाममा पनि सिनेमा बनाइने निर्देशक पौडेलले बताए । आकृतिको यो दोस्रो सिनेमा हो । यसअघि

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २१८ पटक पढिएको
  • आजदेखि प्रदर्शनमा आयो ‘मास्टर्नी’

    काठमाडौं / आज (शुक्रबार) देखि फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ । आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको फिल्म भदौ ५ अर्थात आजदेखि प्रदर्शनमा आएको हो । आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागि आमाले के सम्म गर्न सक्छिन् भन्ने कथामा तयार भएको फिल्म हो । प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दिपकराज गिरि, दिपाश्री निरौला लगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ ।सुवेन्दु घोषले निर्देशन गरेकोफिल्मलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका छन् । सुरक्षा सिंह मल

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १९२ पटक पढिएको
  • ‘सारथी’ को प्रदर्शन मिति घोषणा

    काठमाडौं / अभिनेत्री निरुता सिंहको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ । कुमार गजुरेल निर्देशित सिनेमा आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो । सार्वजनिक पोस्टरमा अभिनेत्री निरुता सिंहलाई यसअघिका भूमिकाभन्दा फरक र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ ।उनको भावभंगी र पोस्टरको प्रस्तुतिले सिनेमाको कथाप्रति दर्शकमाझ कौतूहल बढाउने देखिन्छ । यो पोस्टरमा अभिनेत्री सिंहको काखमा दुधे बालक लिएर गम्भिर मुद्रामा खुट्टाको पैतलाबाट रगत चुहिँदै गरेको अवस्थामा देखिएकी छन् । प्रदर्शन मिति घोषणा भएसँगै निर्माण टिमले सिनेमाको प्रचारप

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ३०७ पटक पढिएको
  • पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको भन्दै चलचित्र 'तिरिमिरी झ्याइँ' युनिटलाई रामधुनी नगरपालिकाको सम्मान

    काठमाडौं - हास्यव्यङ्ग्यात्मक चलचित्र 'तिरिमिरी झ्याइँ'को छायांकन यतिबेला पूर्वी नेपालका पर्यटकीय स्थलहरूमा भइरहेको छ। यसै क्रममा, चलचित्रमार्फत स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुर्‍याएको भन्दै सुनसरीको रामधुनी नगरपालिकाले चलचित्रको सम्पूर्ण निर्माण टोलीलाई विशेष सम्मान गरेको छ। रामधुनी नगरपालिकामा आयोजित एक विशेष समारोहका बीच नगर प्रमुख (मेयर) शंकर लाल चौधरी, उप-मेयर तारा थापा तथा सबै वडाका वडाध्यक्षहरूको उपस्थितिमा चलचित्र टिमलाई सम्मान पत्रसहित मायाको चिनो प्रदान गरिएको हो।सम्मान कार्यक्रममा बोल्दै रामधुनी नगरपालिकाका नगर प्रमुख शंकर लाल चौधरीले आफ्नो नगरमा चलचित्रको

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २७० पटक पढिएको
  • माघे संक्रान्तिमा प्रदर्शन हुने फिल्म ‘आशा’ को छायांकन सम्पन्न

    काठमाडौं / उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सम्पन्न भएको छ । एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको छायांकन निर्धारित सेड्युलअनुसार नै सम्पन्न भएको निर्मात्री शर्मिला थापाले जानकारी दिइन् । उनको अनुसार फिल्मको छायांकन काठमाडौं उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो ।‘हामी योजना अनुसार नै छायांकन सम्पन्न गरेर पोस्ट प्रोडक्सनको काम जुट्दै छौँ । कलाकार र प्राविधिकहरूको मेहनत र कामको प्रतिफल नै हाम्रो योजना अनुरुप नै सबै काम सम्पन्न भएको छ । हामीले जे सोचेर छायांकनमा निस्किएका थियौँ, त्यो भन्दा राम्रो काम भएको आभाष भएको छ । नेपालीपन बोकेको कथाला

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • २०७ पटक पढिएको
  • ‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश

    काठमाडौं । चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बरालको प्रवेश भएको छ । निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा विजय अनुबन्ध भएका हुन् ।सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनपछि विजय सिनेमाको लाइनअपलाई थप कसिलो बनाउँदै प्रवेश गरेका हुन् ।“सिनेमाको लाइनअपलाई बलियो बनाउने प्रयास जारी छ । यसैक्रममा हामीले विजय बराललाई लिएका छौँ,” निर्देशक सौरभले भने, “हामी दर्शकको रोजाइमा रहेका र कथाले मागेका कलाकारलाई लिइरहेका छौँ ।”डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र मल्टिस्टार बन्ने यो लाइनअपल पुष्टि गर्दै गएको छ ।यो चलचित्रमा उपन्यासकार बुद्धिसागरले कथा र

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • २१७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.