मनोरञ्जन

    Showing 2,121-2,130 of 2,735 items.
  • हङकङमा गुञ्जिँदै मंगोलियन हार्ट

    काठमाडौं । सांगितिक ब्यान्ड ‘मंगोलियन हार्ट’ आठ वर्षपछि हङकङमा गुन्जिने भएको छ । अष्ट्रेलिया, दक्षिण कोरिया, दुबई, अबुधबीपछि मंगोलियन हार्टले हङकङको युन् लोङ थिएटरमा आगामी १५ सेप्टेम्बरमा वृहत कन्सर्ट गर्ने भएको हो ।ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले हङकङमा ८ बर्षपछि फेरि कन्सर्ट गर्ने मौका जुरेकाले विशेष तयारी गरिरहेको बताए । ‘८ वर्षअघि हङकङमा कन्सर्ट गर्दा दर्शकको व्यापक प्रेम पाएका थियौं,’ लामाले भने, ‘फेरि त्यो प्रेमिल माहोलको मौका जुरेको छ । हामी विशेष तयारी गरिरहेका छौं । हङकङवासीलाई पुराना तथा नयाँ गीत गाएर मनोरञ्जन दिलाउन आतुर छौं ।’३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको लोक, स्

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 459 पटक पढिएको
  • राष्ट्रिय नाँचघरमा नाटक महोत्सव

    काठमाडौं । अभिनेता, रंगकर्मी तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले राजधानीमा ‘राष्ट्रिय नाटक महोत्सव २०८१’ आयोजना गर्ने भएको छ । कार्यक्रमबारे जानकारी दिन सोमबार पूरानो वानेश्वरस्थित रिमालको निवास प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा स्व. हरिप्रसाद रिमालको शतवार्षिकीको अवसर पारेर प्रतियोगितात्मक ’राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव एवं अभिनेता, रंगकर्मी तथा स्व. रिमालका चेला सम्राट सापकोटाले बताए । उनका अनुसार महोत्सव राजधानीको जम

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 470 पटक पढिएको
  • रंगी बनाउँदै सलोन

    काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहनेछ ।निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ ।निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।सक्षम स

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 510 पटक पढिएको
  • सिकन्दरमा सलमान ‘न्यू एङ्ग्री यङ म्यान’

    मुम्बई(एजेन्सी) । अभिनेता सलमान खान र निर्माता तथा निर्देशक साजिद नाडियाडवाला एकपटक पुनः फिल्म ‘सिकन्दर’मार्फत दर्शकमाझ आउँदैछन् । उनीहरुको जोडीले कैयौं ब्लकबस्टर फिल्म दिएका छन् । यो अवस्थामा ‘सिकन्दर’ पनि ब्लकबस्टर हुने अनुमान लगाउन थालिएको छ । सलमान र साजिदले ‘सिकन्दर’को सुटिङ सुरु गरिसकेका छन् । एआर मुरुगादासको निर्देशन रहने फिल्ममा सलमान ‘न्यू एङ्ग्री यङ म्यान’का रुपमा देखिँदैछन् ।फिल्ममा सलमानले एक ठूलो सामाजिक गिरोहको सामना गर्नेछन् । ‘सिकन्दरको अर्थ हो शक्ति र सलमान खान समाजसँग जोडिएको एक ठूलो गिरोहलाई परास्त गर्न पुरा शक्ति लगाउनेछन् । यो एक यस्तो प्लट हो, जसले सबैको हृदयलाई छुन्

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 425 पटक पढिएको
  • २५ दिनमा घर नम्बर २ को इन्डक्ल्याप

    काठमाडौं । फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन पुरा भएको छ । निर्माणपक्षले काठमाडौं र ललितपुरमा यो फिल्मलाई २५ दिनसम्म खिचेको थियो ।प्राविधिक, कलाकारहरुको सहयोगमा फिल्मको छायांकन २५ दिनमा नै प्याकअप भएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।यो फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।फिल्मले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा भनेको छ । युवराज कार्की कार्यकारी निर्माता रहेको यो फिल्मलाई माघको ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।ए प

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 584 पटक पढिएको
  • १२ गाउँको सिनेमा हेर्न जाउँ

    काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘१२ गाउँ’को पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ सार्वजनिक भएको छ । रोमान्टिक भावको गीतमा  डेव्यु अभिनेता तथा विराजका छोरा समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् ।गुजराती तथा दक्षिण भारतीय फिल्म र टेलिभिजन सिरियलकी अभिनेत्री सोनु चन्द्रपालले नेपाली फिल्ममा डेव्यु गरेकी हुन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा समीरको डान्स स्टेप हेर्दा उनले फिल्मको लागि निकै मेहनत गरेको देखाउँछ ।गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत र बलिउड गायक नकाश अजिजको स्वर छ । फिल्मको यसअघि सार्वजनिक पोस्टर र एक्सन टिजरले दर्शकमाझ उच्च

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 479 पटक पढिएको
  • मुस्ताङमा ४० लाखको सेटमा एक्लो छायांकन

    काठमाडौँ । नेपाली फिचर फिल्म ‘एक्लो’को टिम यतिबेला अपर मुस्ताङमा छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको छ ।छायांकनस्थलबाट फिल्मका केही तस्बिरहरू प्राप्त भएका छन् । तस्बिरहरूमा फिल्मको सेट निर्माणको काम भइरहेका छ भने फिल्मका निर्देशक प्रदीप शाही, छायाकार बाबु श्रेष्ठ, हलिउड कलाकार जेमी बेकमलगायतको व्यस्ततालाई देखाइएको छ। कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका हुन् । करिब एक हप्ता अघि काठमाडौँको भद्रकालीमा फिल्मको शुभ मुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 523 पटक पढिएको
  • नमराज र सरिताको नगर दोमन

    काठमाडौं । गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन’ दर्शकमाझ आएको छ । गायक नमराज ढुँगानाकै अफिसियल युट्युव च्यानलबाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको छ ।यो गीतलाई नविनबाबु विश्वकर्माले लेखेका हुन् । जसमा नमराजको संगीत रहेको छ । विष्णु तामाङले संगीत संयोजन गरेको यो गीतमा सागर पुनको रेकर्डिङ र कुमार पुनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।यो गीतको भिडियोमा गायिका अभिनेता गजित बिष्ट र गायिका सरिता भारती शिर्ष भूमिकामा छन् । यस अघि पनि अरु म्युजिक भिडियोमा स्क्रिन शेयर गरिसकेका गजित र सरिताको जोडी यो भिडियोमा पनि सुहाएको छ । यो म्युजिक भिडियो निकै रमा

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 491 पटक पढिएको
  • खुस्माको जापान र कोरिया अधिकार बिक्री

    काठमाडौं । संविधान दिवसको अवसर पारे असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’को जापान र कोरिया अधिकार बिक्री भएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सेयर गर्दै फिल्मको यी दुई देशको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको हो ।फिल्मको जापान प्रदर्शन अधिकार खुर्पेटो प्रोडक्सनले किनेको हो भने कोरिया राइट्स कस्ले किनेको भन्ने निर्माण टिमले खुलाउन चाहेन । फिल्मको गीत र टिजर रिलिज पश्चात दर्शकमाझ हाइप उच्च बनेको छ । जसको फाइदा फिल्मको विदेश राइट्मा भैरहेको निर्देशक अशोक थापा मगरले बताए । अन्य थुप्रै देशबाट फिल्म प्रदर्शनको कुरा भैरहेकाले फाइनल भएसँगै जानकारी दिँदै जाने तयारी निर्माण कम्पनिको छ

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 389 पटक पढिएको
  • बिहारको सीतामढीमा अग्निदहन प्रदर्शन

    काठमाडौं । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’ हालै भारतको बिहारस्थित सीतामढीमा प्रदर्शन गरिएको छ । बिहारको सीतामढीस्थित कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा फिल्म प्रदर्शन गरिएको हो । यो फिल्म नेपालमा आगामी मंसिर ७ गते प्रदर्शन हुँदैछ ।कार्यक्रममा नेपाल भारत भातृ मञ्चका संस्थापक अध्यक्ष डा। नवलकिशोर सिंह, कार्यक्रम संयोजक मनोहर मिश्र, फिल्मका परिकल्पनाकार तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविद शर

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 487 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.