मुम्बई(एजेन्सी) । विवादसँग बलिउड निर्देशक रामगोपाल बर्माको पुरानो सम्बन्ध छ । उनी कुनै न कुनै कारण चर्चामा रहिरहन्छन् । सात वर्ष पुुरानो एक मुद्धालाई लिएर अदालतले रामगोपालमाथि गैर जमानती वारेन्ट जारी गर्दै तीन महिना जेल सजाय सुनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको एक अदालतले ७ वर्ष पुरानो चेक बाउन्स मामलाको सुनुवाई गर्दै उनलाई तीन महिना जेल सजायसँगै जरिवाना तिर्न आदेश दिएको छ ।

अदालतले आदेश सुनाइरहँदा उनी अदालतमा उपस्थित थिएनन् । जसकारण अदालतले उनीविरुद्ध गैर जमानती वारेन्ट पनि जारी गरेको छ । उनलाई तीन महिना भित्र ३ लाख ७२ हजार २१९ रुपैंयाँ मुआब्जा दिन आदेश दिएको छ ।
उनले मुआब्जा दिएनन् भने उनलाई तीन महिनाको जेल सजाय हुनेछ । उनलाई नेगोशिएबल इन्स्ट्रूमेन्ट्स एक्टको धारा १३१ अन्तर्गत सजाय सुनाइएको हो ।