मुम्बई(एजेन्सी) । अभिनेत्री मनीषा कोइराला सन् ९० को दशककी लोकप्रिय अभिनेत्री हुन् । उनी दशकौंदेखि फिल्ममा काम गरिरहेकी छन् । ५४ वर्षीया अभिनेत्रीले सन् २०२४ मा सञ्जय लीला भन्सालीको सिरिज ‘हीरामण्डी’बाट पुनरागमन गरेकी थिइन् । मल्लिकाजानको उनको चरित्रलाई सबैले मनपराएका थिए । 

मनीषाका अनुसार उमेर बढ्दै गएपछि उनले बलिउडमा निकै समस्या भोग्नु परेको छ । उनले उमेरकै कारण आफूलाई अरुले गिज्याउने गरेको खुलाएकी छन् । हालै उनले उमेरका आधारमा कलाकारलाई गरिने अपमानलाई कसरी ‘डिल’ गर्ने गरेको र महिलालाई यसले कस्तो समस्या ल्याउँछ भन्ने कुरा बताएकी छन् ।

OM Sai Pathibhara Hospital

मनीषाले उमेरकै कारण आफूलाई कैयौं राउण्ड टेबल सम्मेलनबाट हटाउने गरेको र त्यो सम्मेलन विशेष उमेरका लागि मात्र हुने गरेको भन्दै आयोजकले अस्वीकार गर्ने गरेको खुलाएकी छन् ।

‘हामीले विश्वलाई र आफूलाई यो देखाउनका लागि पथप्रदर्शक बन्न जरुरी छ कि ५० वर्षपछि पनि हामी धमाल मच्चाउन सक्छौं । हामी अहिले पनि एउटा कमालको जिन्दगी बाँच्न सक्छौं । हामी अहिले पनि खुशी र स्वस्थ जीवन बाँच्न सक्छौं । जबसम्म जिउँदो छु, तबसम्म काम गर्न चाहन्छु’, उनले भनेकी छन् ।

उनले अगाडि भनेकी छन्, ‘धेरैले सोच्छन् कि यो बुढी भइसकेकी छ । कसरी काम गर्न सक्छे । केहीले यसलाई आमा या बहिनीको भूमिका दिनुपर्छ भन्ने सोच्छन् । तर महिलाहरु दमदार भूमिका पनि निभाउन सक्छन् । मभन्दा अघि पनि कैयौं अभिनेत्रीले यस्तो काम गरे, म पनि त्यस्तै गर्न चाहन्छु । म भित्र पनि जोश र आगो छ । मलाई अझै बढी गर्न भोक छ । म कलाकारका रुपमा अगाडि बढ्न चाहन्छु । उमेर त एउटा नम्बर मात्र हो, जसले मलाई रोक्दैन । कसैलाई पनि उमेरका कारण रोक्नुहुँदैन ।’