मनोरञ्जन

    Showing 2,051-2,060 of 2,829 items.
  • फेरि रेशम फिलिलीको फेरी जालमा

    काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘फेरि रेशम फिलिली’को दोस्रो गीत ‘फेरी जालमा’ सार्वजनिक गरिएको छ । करिब १० वर्ष अघि २०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो । यही गीतका कारण त्यो बेला फिल्म  ‘रेशम फिलिली’ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको थियो । तर, फिल्म प्रदर्शनको दोस्रो दिन नै भुइचालो गएपछि फिल्मको प्रदर्शन रोकिएको थियो । त्यसबेला प्राकृतीक विपत्तीका बाबजुद पनि राम्रो व्यापार गरेको फिल्मको सिक्वेल निर्माण गरिएको छ ।फिल्मको मात्रै नभई त्यतिवेला भाइरल भएको गीत ‘जालमा’को समेत दोस्रो भाग अर्थात् रि–क्रियट गरिएको छ । सोही गीत बिहीबार

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 330 पटक पढिएको
  • गरिबी र पीडा देखाउने लाज शरणम् टिजर

    काठमाडौं । फिल्म ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा फिल्मका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ ।वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस भनेर बुवाले गरेको कामनासँगै टिजर सुरु हुन्छ । विदेश गएको छोरो कफिनमा फर्किएपछिको तनावसँगै टिजर अगाडि बढ्छ ।गरिबी र बरोजगारी नागरिकको दुःख यो फिल्मले भन्ने टिजरले संकेत गरेको छ । क्यामेरा वर्क र सुन्दर लोकेसनले दर्शकको मन लोभ्याउँछ । लङ सटले टिजरको सुन्दरता बढाएको छ ।फिल्म हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो फिल्ममा ‘सक्किगोनि’ टिमक

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 322 पटक पढिएको
  • महिला उद्यमीले हेरे मिसिङः केटी हराएको सूचना

    काठमाडौं । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ प्रति दर्शकको चासो बढ्दै गएको छ । यही क्रममा मंगलबार महिला उद्यमी संघ नेपालको टोलीले राजधानीको जमलस्थित विश्वज्योती सिनेप्लेक्सको हल बुक गरी फिल्म हेरेका छन् ।संस्थाका दुई सय महिला सदस्यले हल बुक गरी फिल्म हेरेका हुन् । फिल्म हेरेपछि उनीहरुले फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय र लोकेसन मनपरेको प्रतिक्रिया दिए ।ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ ।फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 237 पटक पढिएको
  • दिवाकर भन्छन्–मायाबी सुन्दर जाल हो

    काठमाडौं । फागुनको १४ गते महाशिवरात्रीको अवसर पारेर फिल्म ‘मायाबी’ रिलिजमा आउँदैछ । यो फिल्मको ३ वटा गीत र केही पोस्टर सार्वजनिक भइसकेका छन् । फिल्ममा दिवाकर भट्टराइको निर्देशन छ । उनले, ‘मेरो जीवन साथी, स्टूपिड मन, ड्रिम्स, क्याप्टेन’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । प्रायः प्रेमकथाका फिल्म बनाउन रुचाउने दिवाकर, यसपटक लभ स्टोरी कथा भएपनि आफ्नो मनको कथा भन्न पाएकोमा खुशी छन् ।‘मायाबी भनेको शाब्दिक अर्थमा सुन्दर जाल हो, आकर्षण हो । मायाबाट दुनियाँ अलग रहन सक्दैन । मायाले नै संसार बाँधेको छ । यसैले, मायाको प्रतिक हो मायाबी । बाबु आमा, छोराछोरी, प्रेमी प्रेमिका नै किन नहोस् ? जो कोहीको पन

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 431 पटक पढिएको
  • दोस्रो पोस्टरमा फेरि रेशम फिलिलि

    काठमाडौं । गीत रिलिजको पूर्वसन्ध्यामा ‘फेरि रेशम फिलिलि’ले दोश्रो पोस्टर रिलिज गरेको छ । फिल्मको पहिलो गीत ‘फेरि जालमा’ भोलि बिहीबार रिलिज गर्दैछ । सो गीतको अडियो भिडियोको सानो झलक निर्माणपक्षले रिलिज गरिसकेको छ ।आज सार्वजनिक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार विनय श्रेष्ठ, कामेश्वर चौरसिया तथा सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ । पोस्टरमा विनयलाई भूँईमा पछारिएको अवस्थामा हातमा पासपोर्ट देखाइरहेको देख्न सकिन्छ भने उनीमाथी अभिनेत्री सुपुष्पाले आक्रोशपूर्ण शैलीमा बन्दुक ताकिरहेको र कामेश्वरले दुई हात जोडेर माफी मागिरहेको देख्न सकिन्छ । पोस्टरको नेपथ्यमा नेपालको धरहरा र अमेरिकाको ‘स्ट्याचु अफ लिब

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 422 पटक पढिएको
  • कविता - 'चाहना

     "जहिले पनि भेटको आशामा थिएँ, त्यसपछि मैले चकनाचूर ताराहरू देखे। जहिले पनि डुंगा भुँवरीमा अड्किन्छ, त्यसपछि म टाढाको किनारमा हेर्छु मेरो सासको रक्सीमा, जलिरहेको पश्चात्तापको ज्वाला घाटीबाट कसरी तल झर्ने, मन  मन्दिर बन्न सकेन। जहिले पनि खुट्टामा मेहंदी लगाइन्छ, त्यसपछि मैले स्नातक बन्ने सपना देखेँ। जहिले रात बिताउन मन लाग्यो, त्यसपछि दिनमा ताराहरू हेर्नु lबाटो नभएका हामी एक्लो भडकिएका हौं, तिमी त्यो बाटो हौ जसको यात्री हरायो। थाहै नपाई कसरी, हामीले एक अर्कालाई भेट्यौं ! जब जब मुटुको धड्कन जाग्छ, 

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 251 पटक पढिएको
  • दुःखी आत्माको जुनी जुनी भरीलाई

    काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक गरिएको छ । केतन क्षेत्री र मुना ठटालको स्वर, इश्वर कार्कीको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियो कर्णप्रिय छ । उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन् ।सार्वजनिक गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । फिल्मका मुख्य कलाकारहरु नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई गीतको भिडियोमा फिचरिङ गरिएको छ । भक्तपुर दरबार स्क्वायरमा खिचिएको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको गीतको भिडियोमा  रामप्रसाद चौधरीको सम्पादन छ ।यो फिल्मको टिजर र ब्रेकअप

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 272 पटक पढिएको
  • एक्टरः टेक वन तत्काल प्रदर्शन नगर्न अदालतको आदेश (आदेशसहित)

    काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन तत्काल नगर्नू भनि अन्तरकालीन आदेश  जारी गरेको छ । फिल्मका बारेमा प्रश्न उठेको भन्दै अदालतले यस्तो आदेश गर्दै यही माघ २२ गते दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । दुवै पक्षको छलफल नभएसम्मका लागि अदालतले अन्तरिम आदेश जारी गरेको हो । सहिद दिवसको अवसर पारेर भोलिदेखि फिल्म रिलिज हुने तयारी भइरहँदा मंगलबार आएको अदालतको अन्तरिम आदेशले फिल्मको प्रदर्शन रोकिने निश्चित भएको छ ।नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फका कानुन व्यवसायी यज्ञमणी न्यौपानेले अदालतले अन्तरकालीन आदेश दिँदै दुवै पक्षालाई छलफलका लागि बोलाएको  बता

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 281 पटक पढिएको
  • देशभर ‘लोकतान्त्रिक सांस्कृतिक अभियान’ गर्दै लोकगायक बिमलराज क्षेत्री

    काठमाडौंँ । लोकप्रिय गायक बिमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रम नेपाल सांस्कृतिक महासंघले आयोजना गर्न लागेको हो ।सोमबार महासंघले बुढानिलकण्डस्थित लेवन ट्री होटलमा एक कार्यक्रमको आयोजना सहित अभियानको बिभिन्न पक्षबारे जानकारी दियो । कार्यक्रममा महासंघका अध्यक्ष  तीर्थ बहादुर थापाले नेपाली कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरका महत्वपुर्ण घटनाहरु र भावी योजना देभरका जनतासमक्ष पुर्याउन ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ सुरु गर्न लागेको बताए ।‘नेपाली कांग्रेसले यो देश

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 317 पटक पढिएको
  • प्रिमियरमा एक्टरःटेक वनको प्रशंसा

    काठमाडौं । फिल्म ‘एक्टरः टेक वन’को ग्रान्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ । प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो ।फिल्मका अभिनेताद्वय प्रदिप खड्का र राजबल्लभ कोइराला साथै अभिनेत्रीद्वय अन्ना शर्मा र दिव्या रायमाझीको प्रिमियर प्रवेशले सबैको ध्यान खिचेको थियो । सहिद दिवसको विशेष अवसर पारेर माघ १६ गते, बुधवार सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको प्रिमियरको लागि अभिनेता कोइराला अमेरिकादेखि दुई दिनअघि मात्र नेपाल आएका थिए ।फिल्म हेरेपछि उपस्थितले यसको विषयवस्तु, प्रस्तुतिमा नयाँपन तथा कलाकारहरूको उत्कृष्ट अभिनयको खुलेर प्रशंसा गरेका छ

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 327 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.