मनोरञ्जन

    Showing 2,011-2,020 of 2,829 items.
  • ममीलाई एडल्ट सर्टिफिकेट

    काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा ‘ममी’ सेन्सर पास भएको छ । मंगलबार फिल्मले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट एडल्ट सर्टिफिकेट पाएको हो । अब यो फिल्म हेर्न १६ वर्ष मुनिका दर्शकले अनिवार्य रुपमा अभिभावकलाई साथ लिएर हल जानु पर्नेछ ।सेन्सरमा फिल्म हेरेका पदाधिकारीबाट फिल्मले उत्कृष्ट प्रतिक्रिया दिएको निर्मात्री पूर्णिमा जोशीले बताइन् । नेपालमा विरलै निर्माण हुने हरर जनरा त्यसमा पनि समाजमा घट्ने विभिन्न समसामायिक घट्नालाई सुक्ष्म रुपमा उठाएको भन्दै फिल्मको कथावस्तुको तारिफ गरेको निर्मात्री जोशीको भनाई छ । यो फिल्मको आज राजधानीमा भव्य रेडकार्पेट प्रिम

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 363 पटक पढिएको
  • ताण्डवम् गीतमा जुनिम र सरिना

    काठमाडौं । महाशिवरात्रीको पूर्वसन्ध्या पारेर आगामी फागुन ९ गतेबाट रिलिज हुने फिल्म ‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) रिलिज भएको छ । केही दिनअघि सार्वजनिक गरिएको फिल्मको टिजरलाई दर्शकले मनपराएसँगै मंगलबार सिनेमाका मुख्य कलाकार जुनिम गहतराज र सरिना मगर फिचर्ड गीत रिलिज गरिएको हो ।सुशान्त गौतमको शब्द तथा संगीत रहेको गीतमा इन्द्रकला राईको स्वर छ । गायिका राई पछिल्लो समय ‘भ्वाइस अफ नेपालको सिजन ६’मा सहभागी भएसँगै चर्चामा छिन् । उनले स्वर भरेका ‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ र ‘बार्दली’ गीत दर्शकमाझ चर्चित छन् । क्लरिष्ट जुनिम गहतराजको डेव्यु निर्देशनमा निर्माण भएको फिल्ममा पुष्कर गुरुङ

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 366 पटक पढिएको
  • जनकपुरमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

    काठमाडौ । संवाद फाउन्डेसनले जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८१को घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फाउन्डेसनले आगामीफाल्गुन १६ देखि १८ गतेसम्म जनकपुरको मैथिली भवनमा महोत्सव आयोजना हुने जानकारी दिएको हो । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मौथिली भाषाका चलचित्र कम बन्ने गरेको भन्दै महोत्सवमार्फत नयाँ जागरण ल्याएर मिथिला र नेपालको बारे विश्वभर प्रचार गर्ने साधन बन्ने विश्वास व्यक्त गरे । उनले भने,‘चलचित्रको लागि संस्कृतिको लागि नेपालको नामका लागि यो एउटा प्लेटफर्म हुनेछ । जहाँ नेपाली चलचित्रको बाहूल्यता उपस्थिति पनि कम छ । र म

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 326 पटक पढिएको
  • गोर्खाबाट पहाडको छायाङ्कन सुरू

    काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’ को मुहुर्त गर्दै आजदेखि छायाङ्कन सुरू गरिएको छ । आज बिहान गोर्खा दरबारमा पुजा गरेपछि मुहुर्त सट अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले दिएकी थिइन् ।युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको फिल्मको लेखन निर्देशक घिमिरेले नै गरेका हुन् । निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई फिल्ममार्फत दर्शकसमक्ष पुर्याउन लगिएको बताए ।उनले भने,‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई च

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 388 पटक पढिएको
  • दिवंगत प्रस्तोतालाई सम्झँदै पलेँटीको पुनरागमन

    काठमाडौं । कुनै समय आफ्नो मञ्चमा उपस्थित भई आधुनिक नेपाली संगीतको पुनर्जागरण गराएका दिवंगत स्रष्टा एवं कलाकारहरूको सम्झना गर्दै सांगीतिक कार्यक्रम ‘पलेँटी’ फेरि सुरु भएको छ । बितेको २० वर्षदेखि नेपाल, भारत र भुटानमा फैलिएका नेपाली संगीतकर्मीहरूको साझा थलोका रूपमा चिनिँदै आएको यो कार्यक्रम कोभिडको महामारी कालयता बन्द भएको थियो । नेपालयको प्रस्तुतिका रूपमा यसलाई कवि एवं संगीतज्ञ आभासले संयोजन गर्दै आएका छन् ।पलेँटीले आफ्नो पुनरोदयको पहिलो प्रस्तुति कालिकास्थानस्थित नेपालयको ‘आरशाला’मा शुक्रबार र शनिबार दिएको थियो जसमा ११ जना स्रष्टाका सिर्जना एवं गायनहरू समेटिएका थिए । त्यसमा राष्ट्रकवि माधवप्रस

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 367 पटक पढिएको
  • रंगीको शीर्ष गीत सार्वजनिक

    काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को शीर्ष गीत ‘रंगी’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर, आमेशकै शब्द र संगीत, रोमन बज्राचार्यको एरेन्ज तथा अविनाश चौलागाईंको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ छ ।भिडियोमा फिल्मका कलाकारहरु सलोन बस्नेत र मलिका महत फिचर्ड छन् । भ्यालेन्टाइन लक्षित गीत रोमान्टिक फ्लेभरको छ । चिया बेच्दै हिँडेकी मलिकासँग सलोनको भेट र त्यसपछि उनीहरुबीच अंकुराएको प्रेमलाई गीतमा देखाइएको छ । संगीत, शब्द र स्वरको सुन्दर मिश्रण रहेको गीतमा कोरियोग्राफी अब्बल छ । सलोन र मलिकालाई प्रेम, विवाह र सन्तानको अभिभावक बन्ने

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 327 पटक पढिएको
  • फेरि जाललाई सकारात्मक प्रतिक्रिया

    काठमाडौं । फिल्म ‘फेरि रेशम फिलिली’को गीत ‘फेरि जालमा’लाई श्रोता दर्शकले मनपराएका छन् । यो गीत रिलिज हुने बित्तिकै ट्रेन्डिङमा प्रवेश गर्यो । अहिले ट्रेडिङको उकालो यात्रामा छ । गीत दर्शक तथा स्रोताले मन पराइरहेका छन् । गीतमा कालीप्रसाद बास्कोटाको संगीत र स्वर छ । गीतमा उनलाई सोमिया बराइलीले स्वरमा साथ दिएकी छन् । गीतमानसराजको शब्द छ ।गीत १६ लाख ६३ हजार बढि भ्युजसहित युट्युबको ट्रेन्डिङ अर्न्तगत म्युजिक सेक्सनको तेस्रो नम्बरमा छ । गीतले ३१ हजार बढि लाइक र १ हजार ३ सय बढि प्रतिक्रिया बटुलेको छ ।‘काली दाइको आवाजमा साँच्चै नै एक किसिमको जादु छ, मनैदेखि माया छ दाजुप्रति । अनि आँउदै गरेको फिल्म ‘फेर

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 409 पटक पढिएको
  • कथा लेखेको चार वर्षमा बन्यो लाज शरणम्

    काठमाडौं । फिल्म ‘लाज शरणम्’का कलाकार अर्जुन घिमिरे (पाँडे)ले आफूहरूको चार वर्षको मेहनतपछि फिल्म बनेको बताएका छन् । फिल्मको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनेको उनको भनाइ छ ।‘लाज शरणम्’ले कर्णालीका आम नागरिकको कथा भन्ने उनले बताए । उनका अनुसार कर्णालीमा आम नागरिकले भोगिरहेको कथा र उनीहरूको जीवनसँग खेलवाड गर्ने उपल्लो वर्गको कथा ‘लाज शरणम्’मा देख्न पाइने उनी बताउँछन् ।डार्क कमेडी फर्ममा कथा भन्ने उनले प्रष्ट पारेका छन् । ‘डार्क ह्युमर कमेडी फर्मममा कसरी हसाउँदा हसाउँदै गम्भीर कथा भन्न सकिन्छ भनेर हामीले फिल्मको यो कथा भनेका छौँ,’ अर्जुन भन्छन्, ‘हामीले हाम्रो करियरको यो लामो समय

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 331 पटक पढिएको
  • ट्रेन्डिङमा दुखी आत्माको ट्रेलर

    काठमाडौं । सार्वजनिक भएको ३ घन्टामै फिल्म ‘दुखी आत्मा’को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ । युट्युबको सिनेमा सेक्सन अन्तरगतको ट्रेन्डिङमै प्रवेश गरेको यो फिल्मले दर्शकको उत्साहजनक साथ पाएको छ ।हाल यो फिल्मको ट्रेलर युट्युबको मुभी सेक्सन अन्तरगत ४ नम्बर ट्रेन्डिङमा छ । यो फिल्मको कथावस्तु, प्रस्तुति, संवाद र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् ।यस्तै, फिल्मको ट्रेलर जापान, कतार र अष्ट्रेलियामा पनि ट्रेन्डिङमा छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 296 पटक पढिएको
  • वरिष्ठ बलरामको घोषणा

    काठमाडौं । सम्पादक तथा निर्देशक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय फिल्मको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले सोमबार फिल्मको औपचारिक घोषणा गरेका हुन्।फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् भने छायाङ्कन आगामी फागुनको पहिलो साताबाट सुरु गर्ने तयारी गरिएको छ। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहनेछन्।फिल्म २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। हालसम्म दयाहाङ र विजय मात्र फाइनल भएका छन् भने दयाहाङको अपोजिटमा रहने नायिकाको नाम भने निर्माणपक्षले खुलाएको छैन। अन्य कलाकारको चय

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 287 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.