मनोरञ्जन

    Showing 1,911-1,920 of 2,829 items.
  • २०८२ को लक्ष्मीपूजामा वरिष्ठ बलराम

    काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज डेट घोषणा गरेको छ । शिवरात्रीको अवसर पारेर बुधबार अबेर साँझ टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो ।निर्देशक सुरेन्द्र पौडेलका अनुसार यो फिल्म तिहारको लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ । फिल्ममा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ ।नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय फिल्म हो । आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । छायांकन एक सातापछ

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 328 पटक पढिएको
  • फिल्म योगमायाको घोषणा

    काठमाडौँं । महाशिवारात्रिको अवसर पारेर फिल्म ‘योगमाया’ निर्माण घोषणा गरिएको छ । पशुपतिनाथ र भोजपुरको योगमाया शक्तिपिठमा एकसाथ पूजा गर्दै फिल्म घोषणा गरिएको हो ।भोजपुरको योगमाया समाधि स्थलमा स्व.पहलमानका छोरा  नवराज बस्नेत, योगमाया शक्तिपिठका अध्यक्ष भुपाल बस्नेत, गुरु दामोदर भण्डारी, फिल्मका लेखक तथा टेक्निकल निर्देशक नेत्र छन्त्याल, उदास बैरागी, योगमाया खेलकुद समितिका अध्यक्ष भुपाल कठेत, टिकाराम भन्डारी, विनोद भट्टराई, मधुसुदन भटराई, जगन्नाथ अधिकारी, जिवनाथ सुवेदी, निलमणि खनाल, सोमनाथ भण्डारी, कृष्णमाया नेपाल होडबहादुर कठेत, बिद्याराज न्यौपाने लगायतले स्कृप्ट तथा पोस्टर पूजा गरेका थिए ।&

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 379 पटक पढिएको
  • एकताको हर्ष मुहुर्त

    काठमाडौं । डेब्यू निर्देशक एकता पौडेलको ‘हर्ष’ फिल्मको शिवरात्रीको अवसर पारेर काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको छ । फिल्ममा खगेन्द्र लामिछाने तथा वर्षा राउतको प्रमुख भुमिका रहनेछ । उनीहरुका अलावा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको पनि अभिनय हुनेछ ।एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा फिल्महरु बन

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 440 पटक पढिएको
  • फेरि रेशम फिलिलीको तारिफ

    काठमाडौं । हिजो मंगलबार ललितपुरको लाबिम मलमा ‘फेरि रेशम फिलिली’को भव्य प्रिमियर सम्पन्न भएको छ। फिल्म हेर्ने अधिकांशले फिल्मको तारिफ गरेका थिए । उनीहरूले क्यामरा अगाडि खुलेरै फिल्मले हँसाएको प्रतिक्रिया दिए ।प्रिमियरमा पुगेका ‘उनको स्वीटर’बाट डेब्यू गर्न लागेका नविन चौहानले आफूलाई फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । कलाकार, निर्माता तथा निर्देशक अशोक शर्माले आफूलाई फिल्म ‘बबाल रमाइलो’ लागेको बताए । ‘ए मेरो हजुर’ सिरिजका निर्माता सुनिल कुमार थापाले फिल्म आफूले सोचेभन्दा धेरै राम्रो बनेको बताए भने फिल्मका ‘हरिया’ कामेश्वर चौरसियाको कामको तारिफ गरे। फिल्म ‘पिताम्बर’की निर्मात्री र निर्देशक

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 375 पटक पढिएको
  • कमेडी किड्सको डिजिटल अडिसन खुला

    काठमाडौँ।  वसन्त पञ्चमीको शुभ अवसरमा रघुजी फिल्म्सले घोषणा गरेको नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को आज महाशिवरात्रीको दिनबाट डिजिटल अडिसन खुला गरिएको छ। रियालिटी शो  ‘कमेडी किड्स’ मा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडियो बनाएर व्हाट्स एप,जिमेल अथवा भाइबरमा पठाउन सक्नेछन्। भिडियो मोबाइलबाट खिचेर पठाउन सकिनेछ। सहभागीले एक्लै अथवा समूहमा भिडियो बनाएर पठाउन सक्नेछन्। डिजिटल अडिसनबाट छानिएकालाई फिजिकल अडिसनमा बोलाइने र उत्कृस्ट छानेर शोको फर्म्याट अनुसार कार्यक्रममा अघि बढाइने निर्देशक सन्तोष खनालले बताए। । भिडियो पठाउँदा आफ्नो नाम ठेगाना र सम्पर्क नम्बर अनिबार्य समाबेश गर्नुपर्न

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 243 पटक पढिएको
  • कोशेढुंगा मुहुर्तसँगै छायांकन सुरु

    काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने फिल्मको आज शुभमुहूर्त गरिएको हो ।निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा मुहूर्त गरिएको हो । च्यासलस्थित सेटमा मुहूर्त सटसँगै फिल्मको छायांकन आजैबाट सुरु भएको निर्देशक पौडेलले जानकारी दिए ।करिब एक हप्ता काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट बाँकी फिल्मको सुटिङका लागि स्याङ्जा जानेछ ।फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, शिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललग

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 219 पटक पढिएको
  • छायांकनमा कुस्ती

    काठमाडौं । कलाकार बुद्धी तामाङको पहिलो निर्माण रहेको फिल्म ‘कुस्ती’ छायाङ्कन सुरू भएको छ । मंगलबार काठमाडौँ मातातीर्थमा मुहुर्त पुजा गर्दै अभिनेता धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन सुरू गरिएको लेखक तथा निर्देशक अनिल योञ्जनले बताए ।‘सहरको कथा भएकाले हामीले काठमाडौँ आसपासमा छायाङ्कन गर्ने छौँ । सम्बन्धमा रहेको एक जोडीको कथा रहेको फिल्ममा उनीहरु एक अर्कालाई धेरै माया गर्छन्, तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ’, निर्देशक  योञ्जनले भने ।उनले काठमाडौँ आसपासमा ४५ दिन

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 523 पटक पढिएको
  • लाज शरणमको आक्रामक बुकिङ

    काठमाडौं । फिल्म ‘लाज शरणम्’को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ । सोमबार साँझबाट हलले अग्रिम बुकिङ खुला गरेको फिल्ममा उत्साहजनक टिकट बुकिङ देखिएको हो ।कतिपय हलका शो मंगलबार दिउँसो नै हाउसफुल भइसकेका छन् । ललितपुरको लाविम महल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स, बानेश्वरको आईएनआईलगायत हलका केही शो हाउसफुल भइसकेका छन् ।काठमाडौंको सिभिल महललगायतका हलमा पनि ठूलो संख्यामा टिकट बिक्री भइरहेको छ । रिलिजको २४ घण्टा अगाडि नै शो हाउसफुल हुनु र धेरै अग्रिम बुकिङ हुनु चलचित्रको राम्रो व्यापार गर्ने संकेत हो ।अग्रिम बुकिङ राम्रो हुँदा मल्टिप्लेक्स सिनेमा हलहरूले शो थप्न थालेका छन् । काठमाडौंमा क्यूएफएक्सले

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 474 पटक पढिएको
  • मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्दै विधि

    काठमाडौँ । कम्बोडिया र थाइल्याण्डमा आयोजना हुने ‘मिस ग्लोबल २०२५’मा नेपालको प्रतिनिधित्व विधि लम्सालले गर्ने भएकी छन् । ‘मिस नेपाल पिस–२०२४’की बिधि कार्यक्रममा सहभागी हुन कम्बोडिया सोमबार साँझ पुगेकी हुन् । उनलाई प्रतियोगीतामा ‘मिस नेपाल पिस’को आयोजक नेक्स्ट मोडल्स नेपालले पठाएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उनलाई नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले विदाई गरेका थिए ।२४ फेब्रुअरीदेखि ९ मार्चसम्म १५ दिन कम्बोडिया र थाइल्याण्डमा आयोजना हुने प्रतियोगीतामा उनी नेपालको एक्लो प्रतिनिधि हुन् । दुई दर्जन बढी देशका नर्सिङ सुन्दरीहरु सहभागी हुने प्रतियोगीतामा उनले नेपालको कलासंस्कृति समेत

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 380 पटक पढिएको
  • नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

    काठमाडौँ । शुक्रबारबाट सुरु भएको ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । यो महोत्सव काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पर्यटन बोर्डमा कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा सम्पन्न भएको हो । महोत्सवमा तीन दिनसम्म चलचित्र प्रदर्शन गरेर उत्कृष्ट चलचित्र एवम् चलचित्रकर्मीलाई पुरस्कृत गरिएको हो । महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र सहभागी थिन् ।महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रको सभापतित्व र संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 346 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.