काठमाडौं । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको फिल्म ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ ।

उच्च शो सहित फिल्म दोस्रो हप्तामा प्रदर्शन गरेको हो । राम्रो व्यापारसहित फिल्म दोस्रो हप्तामा प्रवेश गरेको निर्माणपक्षले जनाएको छ ।

OM Sai Pathibhara Hospital

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौं उपत्याकामा मात्रै यो फिल्मलाई बिहीबार २१ शो दिइएको छ । देशभर १५० भन्दा बढी शो रहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो फिल्म सफलतासहित दोस्रो हप्तामा प्रवेश गरेको छ,’ निर्माता नवीनले भने, ‘दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् दोस्रो हप्तामा प्रवेश गरेको हो ।’

फिल्ममा महेश त्रिपाठी,  सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

फिल्ममा कुमार कट्टेलको निर्देशन छ । जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।