मनोरञ्जन

    Showing 1,301-1,310 of 1,681 items.
  • अदालत पुगे सगै प्रसाद-२ लाई प्रदर्शनको बाटो खुल्यो

    काठमाडौँ  ।   चैत २४ गते रिलिज मिति तोकिएको 'प्रसाद-२' लाई प्रदर्शनको बाटो खुलेको छ । लेनदेन विवादका कारण अदालतमा मुद्दा पुगी चलचित्रको प्रदर्शन रोकिएको थियो । निर्माता केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न निवेदन दिएपछि उच्च अदालत पाटनले गत चैत २० गते अन्तरिम आदेश दिएको थियो ।उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले सोमबार यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछी प्रसाद२ को प्रदर्शन हुनेभएको छ।

    • प्रकाशित मितिः चैत २७, २०७९
    • 153 पटक पढिएको
  • दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

    काठमाडौं - मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् ।दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको उनले जानकारी दिए । ‘उजुरी परेको हो, सत्यतथ्य के हो भोलि दुवै पक्ष उपस्थित भएपछि थाहा होला,’ डीएसपी जीसीले भने ।

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 148 पटक पढिएको
  • कि मलाई सफाइ देऊ कि सजाय, तर जे गर्छौ छिटो गर : कुञ्जना घिमिरे

    कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको बताएकी छिन् । उनले आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात भएको भन्दै आफ्नो मन दुखेको बताएकी छिन् । कुञ्जनाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘अबको हरेक वार्ता खुलेआम रङ्गशाला मैदानमा गरियोस् नाकी बन्द कोठामा । मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ । विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ ।’उनले राज्यसँग चित्त दुखाउँदै भनेकी छिन्, ‘म पनि मान्छे हुँ । धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’उनले धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन् । उनी लेख्छिन्, ‘धुर्मुस जीले केही समय धैर्य

    • प्रकाशित मितिः चैत १०, २०७९
    • 137 पटक पढिएको
  • चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

    काठमाण्डौ । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । प्रतिष्प्रर्धी रेजिना उप्रेतीलाई २६ मतले हराउँदै निरौला अध्यक्षमा निर्वाचित भएका हुन् ।निरौलाले २ सय ३५ मत पाए भने उप्रेतीले २ सय ९ मत मात्र प्राप्त गरेकी छिन् ।रेजिनाको पक्षमा खसेका करिब डेढ दर्जन मतमा टिक लगाउनुपर्नेमा सिग्नेचर भेटिएको थियो ।यसले गर्दा पनि रेजिनाको केही मत घटेको बताइएको छ । ७ सय सदस्य रहेको संघको निर्वाचनमा ४ सय ६८ जनाले मात्रै मतदान गरेका थिए ।उपाध्यक्षमा कविता गेलाल विजयी भएकी छिन्, भने अर्को उपाध्यक्षमा शिवहरि बैरागी विजयी भएका छन् ।महासचिव पदमा सविन श्रेष्ठले विजयी हुँदा सचिवमा रामेश्वर बुर्लाकोट

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 276 पटक पढिएको
  • सलमानलाई लरेन्स बिश्नोईको धम्की

    एजेन्सी - पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या अभियोगमा सजाय काटिरहेका ग्याङ्स्टर लरेन्स बिश्नोईले भारतीय अभिनेता सलमान खानलाई फेरि एकपटक धम्की दिएका छन् । भटिण्डा जेलमा रहेका लरेन्सले सलमानलाई सन् १९९८ मा कालो हरिण मारेकोमा माफी माग्नुपर्ने वा नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् ।गत वर्ष जुनमा पनि मुम्बई प्रहरीमा सलमान र उनका बुबा सलिम खानलाई अज्ञात व्यक्तिबाट धम्कीको पत्र प्राप्त भएको सम्बन्धमा एफआईआर दर्ता गरेका थिए । भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै लरेन्सले भने कि उनको समुदाय सलमानसँग रिसाएको थियो किनभने सलमानले उनीहरूलाई अपमान गरेका थिए । उनीविरुद्ध मुद्दा दायर भए पनि माफी नमानेको लरेन

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 228 पटक पढिएको
  • अभिनेता खाखरको निधन

    एजेन्सी - भारतीय चर्चित अभिनेता समीर खाखरको निधन भएको छ । खाखरको ७१ वर्षको उमेरमा निधन भएको हो । उनको भारतको बोरिवली-१ स्थित एमएम अस्पतालमा निधन भएको हो । खाखरको शरीरका धेरै अंगहरू काम नलाग्ने भएका कारण निधन भएको समाचारमा उल्लेख छ ।भारतीय सञ्चार माध्यमका अनुसार सास फेर्न समस्या भएपछि खाखरका छोराले उनलाई अस्पतालमा भर्ना गरेका थिए । उनको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो । खाखरको अन्तिम संस्कार बुधबार बोरिवलीको भाभी नाका श्मशान गृहमा गरिने छ । खाखर लामो समयदेखि अभिनयको दुनियाँबाट टाढा थिए । उनी सन् १९९६ मा भारत छोडेर अमेरिका गएका थिए । खाखरले थुप्रै चलचित्र र सिरियलमा काम गरेका थिए ।

    • प्रकाशित मितिः चैत १, २०७९
    • 179 पटक पढिएको
  • ओस्कर अवार्डमा ‘ओरिजिनल सङ’को उपाधि भारतीय ‘नाटु नाटु’ गीतलाई

    काठमाण्डौ – तेलुगु फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ ले ९५ औँ संस्करणको ओस्कर अवार्डमा ‘ओरिजिनल सङ’को उपाधि जितेको छ । यसअघि ‘नाटु–नाटु’ गीतले गोल्डेन ग्लोबको ८० औँ संस्करणमा बेस्ट ओरिजिनलनसङको अवार्ड जितेको थियो ।जुनियर एनटीआर र रामचरण अभिनय रहेको चलचित्रको यो गीत विश्वभर मन पराइएको थियो । चन्द्रबोशको शब्द रहेको तेलुगु भाषाको यस गीतको कम्पोज भने एमएम कीरवणीले गरेका हुन् । राहुल सिपलीगन्ज र काल भैरवले गीतमा स्वर दिएका छन् । ‘आरआरआर’ फिल्म एस एस राजामौलीले निर्देशन गरेका हुन् ।

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 192 पटक पढिएको
  • नाटक लङ टाईम नो सी दमकमा मञ्चन हुने

    झापा । कदम थिएटरले दमकमा नाटक लङ टाईम नो सी मञ्चन गर्ने भएको छ । साहित्यकार नयनराज पाण्डेको कथा महानागरलाई नाट्य रुपान्तरण गरेर बनाईएको नाटक दिपक खरेलले निर्देशन गरेका छन् । पछिल्लो समयमा मानिस मानिस बीचको सम्बन्ध कसरी टाढा हुँदै गईरहेको छ भन्ने अवधारणाको कथालाई दमक कै परिवेशमा रुपान्तरण गरेको कदम थिएटरका उपाध्यक्ष तथा कलाकार चोमु शेर्पा बताउँछिन् ।  दमकमा नियमित रुपमा नाटक मञ्चन गरिरहेको कदम थिएटरले नाटक “लङ टाईम नो सी” फागुन २९ गते सोमबार देखि चैत ६ गते सम्म नियमित रुपमा मञ्चन गर्नेछ । नाटकमा अग्रज रंगकर्मी सुवास खरेल, पासाङ चोमु शेर्पा, मनिक शंकर, नबिन रिजाल, रश्मी

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 176 पटक पढिएको
  • भारतीय अभिनेता सतीश कौशिकको निधन

    काठमाडौं : भारतीय अभिनेता एवं निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ। अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन्। उनले आफूसँगको ४५ वर्षको मित्रतामा पूर्णविराम  लागेको उल्लेख गरेका छन्।दिल्लीको गुरुग्राममा आफन्त भेट्न गएका कौशिलाई ह्दयघात भएको थियो। ह्दयघातभएपछि उनलाई दिल्लीको फोर्टिस अस्पताल लगिएको थियो। उनको त्यहाँ निधन भएको हो। र, पोष्टमार्टमका लागि मुम्बई ल्याइने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए। बलिउडमा आउनुअ

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 42 पटक पढिएको
  • भारतीय अभिनेत्री तमन्ना नेपालमा

    झापा- दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटिया होलीको अवसर पारेर नेपाल आएकी छिन् । तमन्नाले सो कुराको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत दिएकी हुन् । उनले नेपालमा होली मनाएको तस्वीर पोस्ट गर्दै ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै शुभकामना समेत दिएकी छन् ।तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्रीको फिल्म ‘बाहुबली’ मा निकै चर्चामा थियो । ‘बाहुबली’ का दुवै श्रृंखलाले नेपालमा आक्रात्मक कमाइ गरेका थिए । तमन्ना कति समय नेपाल बस्छिन् भन्नेबारे केही खुलाइएको छैन ।

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 180 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा