नायिका नीता ढुंगानाले आफूलाई फिल्ममा अभिनय भन्दा मेकिङमा रुची बढेको बताएकी छिन् । फिल्म ‘ह्रस्व दीर्घ’ निर्माण गरेपछि आफूलाई फिल्मको मेकिङमा रुची बढेको नीताले बताइन् ।
असारको १६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रियाल रिङ्गेट’को प्रचारका क्रममा मेरो फिल्मसँग कुरा गर्दै नीताले भनिन्–‘मलाई बाहिरी ब्यानरसँग खेल्न मन लाग्छ । फिल्मको अफर पनि आएको छ । तर, मलाई महिला पात्र मात्र नायकको नायिका भएर काम गर्न मन छैन । कि त, महिला पात्रलाई पनि बलियो बनाएर अगाडि बढाओस् । मैले, यस्तो विषयवस्तु नपाएपछि आफै लाग्छु, आफै बनाउँछु भन्ने लागेको छ । अहिले मलाई फिल्म मेकिङमा बढी रुची छ । फिल्म बनाउन जानियो भने फाइदा पनि हुने रहेछ ।’
नीताले अगाडि भनिन्–‘फिल्म बनाउँदा आनन्द पनि आउने रहेछ । यही भएर मैले पार्वती र सुख–दुःख’ बनाउन लागेको हो । सुख–दुःख त मैले निर्देशन मात्र गर्ने हो । तर, पार्वती विषयवस्तु केन्द्रित फिल्म भएका कारण मैले काम पनि गर्छु । यसमा महिला पात्र नै केन्द्रित छ । यहीकारणले म यसमा खेल्छु पनि, निर्देशन पनि गर्छु ।’
नीताले आफूले सुरुवातमा बनाउन लागेको फिल्म ‘पार्वती’ भएको बताइन् । उनले अगाडि भनिन्–‘सुख–दुःख’को नाम नाम आएर कथा लेखेको होइन । पहिले कथा दिमागमा आएपछि नाम राखेको हो ।’
नीताले फिल्म ‘सुख–दुःख’लाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने घोषणा गरिसकेकी छिन् ।