काठमाडौं । फिल्म ‘नमेटिने घाउ’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक एक पोस्टरमा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र अर्को पोस्टरमा सांसद ज्ञानेन्द्र शाहीसगै फिल्मका मुख्य कलाकारहरु समाबेश गरिएको छ। अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको फिल्मको यस अघि ट्रेलरलाई दर्शकले मन पराएका छन् । भदौ ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन
सानफ्रान्सिस्को । अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ गाइसकेपछि सानफ्रान्सिस्कोस्थित विशाल वारफिल्ड हलको दुवै तल्लामा खचाखच भरिएका दर्शक उल्लासमा उफ्रिरहेकै थिए । मञ्चमा भएका कलाकारहरू हातेमालो गर्दै बिदाइ अभिवादनका लागि दर्शक अघिल्तिर बढे । अग्रभागमा रहेको कसैले नेपाली राष्ट्रिय झन्डा हल्लाइरहेको गायक अमृत गुरुङले देखे । साथीहरूलाई यथावत् छाडेर उनी सरासर अघि बढे र त्यो झन्डा समातेर सुरुमा आफूले ओढे अनि बाँकी सदस्यलाई समेत ढाकिदिए । त्यो दृश्यले हजारौँ दर्शकबीच उत्साह र उमंगको भेल बगे जस्तो भयो ।‘यसैगरी खुसी भएर बस्नुस्,’ अमृतले बिदाइको हात हल्लाउँदै भने, ‘नेपाली भाषा र पहिचानलाई जोगाएर बस्नुहोला
काठमाडौं । यस वर्षको दशैंको अवसर पारेर आगामी असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘छक्का पञ्जा ५’ पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको छ । गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर, दीपकराज गिरी र दीपक शर्माको शब्द तथा दीपक शर्मा स्वयंको संगीत छ ।गीतमा फिल्मका प्रमुख अभिनेता दीपकराज गिरी र अभिनेत्री वर्षा शिवाकोटी फिचर्ड छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको अन्तिममा अर्का कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ देखिएका छन् ।दीपाश्री निरौलाको निर्देशित फिल्ममा हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन, दीपकराज स्वयंको पटकथा लेखन, दीपक, केदार घिमिरे र दिलीप तामाङको कथा र संवाद, रो
काठमाडौं । यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ को नयाँ गीत रातले कुर्या चन्द्रमा सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गीतमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता विराज विष्ट फिचर्ड छन् ।गीतमा बाबुल गिरीको संगीतमा स्वर करण परियार र अन्नु चौधरीको स्वर छ । एरेञ्जको काम धनबहादुर गिरी ९बाबुल०कै छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा यो फिल्म तयार भएको हो ।राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्री प्रमुख अभिनयमा छन् ।शिव ढकालको छायांकन रहेको फिल्ममा लक्ष्मी गिरी, स
काठमाडौँ । विवाह संस्कृति र परम्परालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘वर एण्ड वधु’ प्रदर्शनको तयारीमा जुटेको छ । आगामी भदौ १४ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा विवाहको महत्व र परिवारसँग सम्बन्धका कथा प्रस्तुत गरिएको निर्देशक चाम्सले जानकारी दिए ।“पछिल्लो समय विवाहलाई लिएर नयाँ पुस्तामा बनेको धारणा र परम्परा, पारिवारिक महत्वलाई फिल्मभित्र प्रस्तुत गरेको छु । साथै, प्रवासी नेपालीको जीवन र प्रेममा आउने उतारचढावलाई समावेश गरिएको छ । यसले बुवा र छोरा पुस्तालाई एक अर्कासँग नजिक बनाउँछ”, निर्देशक चाम्सले भने । नेपाल र रोमानियामा छायाङ्कन गरिएको चलचित्
मुम्बई(एजेन्सी) । गत वर्ष ब्याक टु ब्याक तीन हिट फिल्म दिएका अभिनेता शाहरुख खानले हालसम्म नयाँ फिल्मको घोषणा गरेका छैनन् । तर उनको आगामी फिल्मबारे विभिन्न समाचार सार्वजनिक भइरहेका छन् । हालैमात्र शाहरुखले नयाँ फिल्म ‘किङ’को आधिकारिक रुपमा कन्फर्म गरेका छन् । हालै आयोजित ७७ औं लोकानी फिल्म फेस्टिभलको लाइभ सेसनको समयमा उनले ‘किङ’ बारे अपडेट गरेका हुन् ।सुजाय घोषद्वारा निर्देशित ‘किङ’ एक एक्न थ्रिलर फिल्म हो, जमा शाहरुख पुनः एकपटक एक्सन अवतारमा देखिँदैछन् । ‘एक्सन गाह्रो विषय हो । यसलाई सिक्नु पर्छ र केही खतरनाक स्टन्ट डबल्स गर्नुपर्छ । मसँग केही राम्रा मान्छे छन् । तर यसलाई वास्तविक रुपमा द
काठमाडौं । गायिक रचना रिमाल र शान्ति श्री परियारले अमेरिकाको बोस्टनका दर्शकलाई आफ्नो धुनमा नचाएका छन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा मोडलहरु करिष्मा ढकाल र गायिक ज्योति मगरले पनि दर्शकलाई धित मर्ने गरी नचाएको आयोजकले जनाएको छ । । ‘अब हाँस्छ अमेरिका’को सफलतापछि आयोजक फ्लाइ नेपाले अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गरेको हो । तीज लक्षित कार्यक्रमको सुरुवात अमेरिकाको बोस्टनबाट शनिबार नेपालको राष्ट्रिय गानसँगै गरिएको थियो । यसपछि मञ्चमा देखा परेका करिष्मा, रचना, शािन्त श्री र ज्योति मगरले बोस्टनका ५ सय बढी दर्शकलाई
काठमाडौं । भदौको १४ गतेबाट रिलिज हुने फिल्म ‘वर एण्ड वधु’को एकसाथ तीन पोस्टर रिलिज गरिएको छ । सार्वजनिक ३ पोस्टरमध्ये दुई वटा पोस्टरमा मुख्य नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ । त्यस्तै अर्को पोस्टरमा भने फिल्मका अधिकांश कलाकारहरु अटाएका छन् । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफ्ले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मालगायतका कलाकारहरुको अभिनय छ ।प्रदीप भारद्धाजको लेखन रहेको यो फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । एलआरके
काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल ८ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो फिल्मका कारण फिल्म क्षेत्र गर्माएको छ ।यही फिल्ममा नायिका निती शाह पनि अनुबन्धित भएकी छन् । निर्माणपक्षले नितीको एउटा लुक्स सार्वजनिक गरेको छ ।सार्वजनिक लुक्समा नितीलाई महंगो पहिरन र महंगा गहनामा सजिएकी सुन्दरीका रुपमा देखाइएको छ । फिल्ममा उनको भूमिका के हुन्छ भन्ने निर्माण पक्षले अहिलेसम्म सस्पेन्स नै राखेको छ ।नरसिंहाको अर्थ( भगवान विष्णुको उग्र अवतार हो। निर्माणपक्षले बिहिबार फिल्मको घोषणा गरिएसँगै थिम पोस्
काठमाडौं । बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ज्वाई साब’को हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ । यो फिल्मको प्रदर्शन मिति चाडै नै तय गर्ने तयारी निर्माणपक्षले गरेको छ ।यसैबिच, फिल्मका लागि एक रोमान्टिक गीतको रेकर्डिङ गरिएको छ । ‘कसम बत्तीको’ बोलको गीतमा गायक निशान भट्टराई र गायिका समिक्षा अधिकारीले स्वर भरेका छन् । यादव लम्सालको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।यो गीतमा फिल्मका मुख्य दुई कलाकार जितु नेपाल र नीति शाहलाई फिचरिङ गरिनेछ । निर्माणपक्षले यही एउटा गीतको छायांकन बाँकी राखेर अन्य छायांकन सबै सकेको हो ।राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा मिनादेवी प
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.